• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजको मधेस विश्वविद्यालयले भदौ महिनादेखि कानुन र जनप्रशासन संकायमा भर्ना लिने

  • वीरगंज संजाल
  • २४ श्रावण २०८०, बुधबार १९:१०
  • २२१७

    वीरगंज । वीरगंजको मधेस विश्वविद्यालयले आगामी भदौ महिनादेखि कानुन र जनप्रशासन सङ्कायमा पनि भर्ना लिने तयारी गरेको छ । भदौ महिनामा भर्ना प्रक्रिया सुरु गरेर असोजदेखि बिए, एलएलबी र जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने निर्णय भएको विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले जानकारी दिनुभयो । सोका लागि प्रारम्भिक कार्य पूरा गरी गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्व विद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रम पारित गरिसकिएको छ । भर्ना खोल्न करिब करिब तयारी पूरा भइसकेको उनको भनाइ थियो । भर्नासँगै आगामी असोजदेखि दुबै शङ्कायको पठनपाठन सुरु गरिने रजिष्ट्रार यादवले जानकारी दिए ।

    ०७९ वैशाख १४ गते मधेस प्रदेश सभाद्वारा मधेस विश्वविद्यालय ऐन २०७९ जारी भई २०७९ साल भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले वीरगञ्जस्थित नेशनल ट्रेडिङको भवन भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएको छ । पोलिटेक्निक, आइटी, व्यवस्थापन, पारामेडिकल, कृषि इन्जिनियरिङ लगायत प्राविधिक शिक्षाको माध्यमबाट मधेस प्रदेशलाई प्राविधिक शिक्षा हबको रुपमा विकास गर्ने उद्देश्यका साथ अघि बढेको यस विश्वविद्यालयले जग्गा प्राप्तिसँगै आवश्यक भौतिक संरचनाका लागि डिपिआर तयारीमा जुटेको हो । सो कार्यका लागि पर्साको बहुदरमाई नगरपालिका–२ मा ३५ बिघा र पोखरिया नगरपालिकामा १६ बिघा ऐलानी जग्गा प्राप्त भएको छ । भने पर्साको पकाहामैनपुर गाउँपालिकास्थित सुरजाहा कट्टीमठ्ठा (राधाकृष्ण मन्दिर) को २७ बिघा जग्गा पनि प्राप्त भएको छ ।

    बहुदरमाई नगरपालिका–२ मा प्राप्त भएको जग्गालाई सिमाङ्कन गरी पिलर जडान गरिएको भने पोखरिया नगरपालिकाको १६ बिघा जग्गाको स्वामित्व हस्तान्तरणका लागि वडा कार्यालयबाट सिफारिस भई अन्य प्रक्रियामा रहेको विश्वविद्यालयले जनाएको छ । उक्त विश्वविद्यालयले आफूलाई चाहिने विश्वविद्यालय सङ्गठन, शैक्षिक र प्रशासन नियमावली २०७९, शिक्षा, कर्मचारी सेवा नियमावली २०७९, आर्थिक प्रशासन नियमावली २०७९ पनि पारित गरिसकेको छ । आफ्नै केन्द्रीय क्याम्पस खोल्ने दीर्घकालीन सोच बनाएको विश्वविद्यालयको डिपीआर तयार भएपछि भौतिक संरचना निर्माणका लागि विभिन्न दूतावास, राष्ट्रिय योजना आयोग, मन्त्रालय तथा दाताबाट चन्दा सङ्कलन गरी भवन निर्माण गर्ने लक्ष्य लिइएको रजिष्ट्रार यादवले बताउनुभयो । आवश्यकता र औचित्यको आधारमा आवश्यक जनशक्ति भर्ना गर्न सकिने अधिकार पाएको उक्त विश्वविद्यालयमा हाल उपकुलपति र राजिष्ट्रारबाहेक तीन जना प्रशासनमा र चारजना कार्यालय सहयोगीमा कार्यरत छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑