वीरगंज । नेपाली कांग्रेसका पूर्वसभापति एंव पुर्वप्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०० औं जन्मजयन्ति पर्सामा पनि नेपाली कांग्रेसले मनाएको छ । वीरगन्न्जस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्साका सभापति एंव प्रदेशसभा सदस्य जनार्दन सिंहले स्वर्गीय गिरिजाप्रसादकै कारण नेपालमा गणतन्त्र आएको बताए । उनले गणतन्त्र कम्युनिष्टको नारा र विचारधारा भएपनि गिरिजा प्रसादकै जोडबलमा कांग्रेसले विधानत गणतन्त्रलाई अंगालेको बताए ।
सहकार्य , सद्भाव र एकता आजको आवश्यकता भएको भन्दै उनले यसको सुत्राधारपनि गिरिजाप्रसाद नै भएको उनले बताए । गिरिजाप्रसाद जस्तो साहसी , कुशल र अडान भएको नेता अहिलेसम्म कोहि नभएको भन्दै क्षेत्रीले भने,‘ अब फेरि उहाकोे जस्तो चट्टानी अडान र साहसीपूर्ण निर्णय लिन सक्ने नेता नेपालले पाउन शायद मुश्किलै छ । कांग्रेसभित्र अहिले अनुशासनहीनताले प्रश्रय पाउँदै गएको देखिएको भन्दै उनले चिन्ता पनि व्यक्त गरे ।
जिल्ला सभापति क्षेत्रीले भने,‘ अब पार्टीभित्र अनुशासनहिनता सह्य हुदैन , जसले पार्टीको अनुशासनलाई तोड्छ , अराजकता मच्चाउछ उनिहरुलाई पार्टीले बोकेर अब हिड्दैन , कुरा क्लीयर छ । जिल्ला सभापति क्षेत्रीकै अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी , जिल्ला सचिवद्वय दिनेश चौधरी र इम्तियाज आलम , जिल्ला सहसचिव नवीन सिंह , पूर्व जिल्ला उपसभापतिद्वय प्रकाश उपाध्याय र दिना गुप्ता ,जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादव , कांग्रेसका क्षेत्रीय सभापतिहरु , भातृ संगठनका अध्यक्षहरुका साथै नेता कार्यकर्ताहरुको सहभागीता थियो ।