वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर ५ मा तरकारी पकेट विकास कार्यक्रम अन्तर्गत किसानहरुलाई कृषि उपकरण , जैविक मल र विषादी वितरण गरिएको छ ।
वडा नम्बर ५ निचुटामा आइतबार आयाेजित कार्यक्रममा गाँउपालिकाका अध्यक्ष दिनेश चाैधरीले किसानलाई सिंचाइका लागि विद्युतीय माेटर १० थान, विषादी छर्कने स्प्रे ट्यांकी ३६ थान , जैविक मल र विषादी वितरण गरेका हुन् । तरकारी पकेट विकास कार्यक्रमका लागि गाँउपालिकाले विनियोजन गरेकाे ६ लाख रुपैयाँ बजेटबाट ती सामग्रीहरु खरिद गरि आइतबार वितरण गरिएको गाँउपालिकाकाे कृषि शाखा प्रमुख सिमा चाैधरीले जानकारी दिइन् ।
किसानहरुलाई ती सामग्री प्रदान गर्दै गाँउपालिका अध्यक्ष चाैधरीले कृषकहरुकाे बाहुल्यता रहेकाे आफनाे पालिकाले नयाँ नीति तथा कार्यक्रम र बजेटमा पनि कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएकाे बताए । व्यसायिक कृषिमा लागेका किसानहरुलाई अझ प्राेत्साहित गर्न विभिन्न याेजनाहरु ल्याइएकाे भन्दै उनले किसानकाे साथमा आफुहरु सदैव रहेकाेपनि बताए । त्यसअवसरमा गाँउपालिकाका कर्मचारी , छनाैटमा परेकाे सहकारी संस्थाका कर्मचारी , अगुवा किसान लगायतको पनि उपस्थिति रहेकाे थियाे ।