वीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्बर ३० प्रसाेतिपुरस्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेसनरी सामग्री वितरण गरिएको छ । `हैप्पी स्कूल प्रोजेक्ट´ अन्तर्गत रोट्रयाक्ट क्लब अफ वीरगन्ज र रोटरी क्लब अफ ज्ञानेश्वरको संयुक्त आयोजनामा २५० जना विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेसनरी सामग्री वितरण गरिएको हाे ।
आइतबार विद्यालयमै आयाेजित कार्यक्रममा बाल विकास कक्षा देखि ५कक्षासम्मका २५० जना विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेसनरी सामग्री वितरण गरिएको रोट्रयाक्ट क्लबका पूर्व अध्यक्ष आयुष गुप्ताले जानकारी दिए ।
कार्यक्रममा राेटरी क्लबका डिष्ट्रिक्ट गभर्नर राजेन्द्र धोजु, प्रथम महिला समिरा धोजु, निवर्तमान डिस्ट्रिक्ट गभर्नर सञ्जय गिरी,
सहायक डिस्ट्रिक्ट गभर्नर राम प्रसाद, रोटरी क्लब अफ वीरगन्जका अध्यक्ष दिपक तुल्स्यान, सृष्टि त्रिपाठी , रोट्रयाक्ट क्लब अफ वीरगन्जका अध्यक्ष सन्नी सर्राफ, सचिव विवेक कुमार पटेल, उपाध्यक्ष योगेश जैसवाल, नवीन गुप्ता, सोनी गुप्ता, राहुल कुशवाहा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख मणिराम थापा,प्रहरी निरीक्षक आशुतोष शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादव, वडा अध्यक्ष मनोज यादव लयायतको उपस्थिति रहेको थियो।