• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मन्त्री परिषदलाई पूर्णता दिने मधेश सरकारको तयारी: मन्त्रालयको संख्या नबढाइने,भएकैबाट मिलाउने

  • वीरगंज संजाल
  • Jul 26, 2023, 2:32 pm
  • ५४१

    वीरगंज । मधेशका मुख्यमन्त्री सारोजकुमार यादवले मन्त्री मण्डललाई पूर्णता दिने तयारी गरेका छन् । आगामी शुक्रबारसम्म मन्त्री मण्डललाई पूर्णता दिने मुख्यमन्त्री यादवले बताए । ११ जेठमा पाँचौ पटक मन्त्री मण्डल विस्तार गरेपनि अझै अपुरो छ । सत्ता गठबन्धनमा भागवण्डा नमिल्दा गृह संचार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री यादव आफै सित राखेका छन् । दुई मन्त्री र दुई राज्यमन्त्री विना विभागीय छन् । जसपाबाट तत्कालिन समाजिक विकास मन्त्री सुरिता साह र राज्यमन्त्री शेख अब्दुल कलाम आजाद छन् भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खोसेर एकीकृत समाजवादीलाई दिएपछि जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजय कुमार यादव विना विभागीय छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोसपा थप एक–एक मन्त्रालय दावी गर्दै आएको छ ।

    दुई मात्र मन्त्रालय खाली छ । हाल सरकारमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय जसपा, दुई मन्त्राल काँग्रेस, जनमत, लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एक–एकवटा मन्त्राय छ । विना विभागीयलाई नै दुई मन्त्रालयमा व्यवस्थापन गर्नु पर्ने र काँग्रेस, लोसपा, नेकपा माओवादी र एकीकृत समाजवादीले थप एक एक मन्त्रालय माग गर्दा मन्त्री परिषद पूर्णता अन्योल छ । तर, मुख्यमन्त्री यादव अब बराबर ९–९ सिटका लोसपा र माओवादीलाई अब थप मन्त्रालय नदिने वातावरण बनाएको बताए । उनका अनुसार माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दहा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसित थप मन्त्रालय दिन नसकिने कुरा निष्कर्श लागेको छ । त्यस अनुसार अब माओवादीकै हैसियतमा रहेको लोसपालाई मन्त्रालय नदिने मनस्थितिमा मुख्यमन्त्री यादव छन् । अब पूर्व सहमति काँग्रेसलाई एक र विना विभागीय दुई मन्त्रीलाई बाँकी रहेको दुई मन्त्रालयबाट कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती मुख्यमन्त्री यादवलाई छन् । सत्ता गठबन्धन दलहरुले थप मन्त्रालय दिनु पर्ने दबाब बनाएपछि मन्त्रालयको संख्या बढाउने विमर्श चलेको थियो । ‘प्रधानमन्त्री प्रचण्डजीले पनि माओवादीलाई थप एकवटा मन्त्रालय दिनु पर्छ भनेर भन्नु भयो । मैले भने उसो भए मन्त्रालयको संख्या बढाउनु पर्छ ।

    तयसपछि उहाँले भन्नु भयो त्यसो नगर्नुस्’ मुख्यमन्त्री यादवले सुनाए । मुख्यमन्त्री यादवले अब मन्त्रालय तोड्ने हिसाबले काम नगर्ने र बाँकी दुईवटै मन्त्रालयमा आपसी सहमति गरी मन्त्री परिषदलाई पूर्णता दिने बताए । काँग्रेसले सभामुखको माग राखेका थिए । सभामुख सुरुकै गठबन्धनमा नेकपा एमालेबाट रामचन्द्र मण्डल बनेका छन् । उनलाई महाअभियोग लगाएर हटाउन मुख्यमन्त्री लगायत गठबन्धनमा कर गरेको थियो । तर बिना कारण सभामुख हटाउनु अनुचित हुने भएकाले नहटाइने निष्कर्शमा मुख्यमन्त्री यादव छन् । ‘सभामुख हटाउने पद होइन । सभामुखले केही गलत काम गर्छ भने महाअभियोग लगाएर हटाउन सकिन्छ । सही र निष्पक्ष काम गर्नेलाई बहुमतको बलमा हटाएर अर्को नियुक्ति गर्न उचित होइन । काँग्रेसबाट यो प्रस्ताव आएको थियो’ मुख्यमन्त्री यादवले थपे । मधेश सरकारमा एक मुख्यमन्त्री कार्यालयसहित ११ मन्त्रालय छ । जसमा तीन राज्यमन्त्रीसहित १४ सदस्य मन्त्री मण्डल छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑