• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आम जनता पार्टीका अध्यक्ष साहलाई पक्राउ गर्न प्रधानमन्त्रीलाई ज्ञापन

  • वीरगंज संजाल
  • Jul 26, 2023, 9:18 am
  • ६६५

    वीरगंज । सत्तासीन गठबन्धनमा सहभागी ६ दलद्वारा मंगलबार आम जनता पार्टी( आजपा)का अध्यक्ष एवं सांसद प्रभु साह विरुद्ध गौरमा प्रदर्शन गरिएको छ । साउन १ गते सांसद साहले गौर राइस मिल हत्याकाण्डका दोषी जनता समाजवादी पार्टी( जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई बताउँदै कारबाहीको माग गरेका थिए ।आजपाका कार्यकर्ता र समर्थकहरुले नगरमा प्रदर्शन गर्दै यादव विरुद्ध मुद्दा लगाउन माग गरेका थिए । गौर हत्याकाण्डलाई ब्यूताउन साहले काठमाण्डुसम्म विरोध प्रदर्शन गरेपछि ६ दलीय गठबन्धनले मंगलबार गौरमा ‘काउण्टर जुलुस’ गरेका छन् । मधेश आन्दोलनको क्रममा १७ वर्ष पूर्व २०६३ साल चैत ७ गते गौर राइस मिलको प्रांगणमा उपेन्द्र यादवको नेतृत्वको तत्कालीन मधेशी जनाधिकार फोरम नेपालले आयोजना गरेको आम सभा विथोल्ने उद्देश्यले तत्कालीन नेकपा माओवादी निकट राष्ट्रिय मधेशी मुक्ति मोर्चाका संयोजक साहले सुनियोजित रुपमा आक्रमण गराएको आरोप प्रदर्शनकारीहरुले लगाएका छन् ।

    प्रदर्शनकारीहरुले आत्मरक्षाका लागि गरेको प्रतिकारमा २७ जना माओवादीको मृत्यु भएको थियो ।सो घटनाको दोषी यादवलाई ठह¥याउदै साहले कारबाहीको माग सहित विरोध कार्यक्रम गर्दै आएका छन् । माओवादीको हाईकमाण्डलाई जानकारी नै नगराई साहले गोप्य रुपमा सो घटना गराएको आरोप माओवादी भित्र लागेको थियो । शान्ति प्रकृयामा आइसकेका माओवादीले सो घटनाको विषयमा ठूलो विरोध जनाएको थिएन् । तत्कालीन इञ्चार्ज साह हाल माओवादी छाडेर एमाले हुँदै हाल आफ्नै नेतृत्वमा आजपा दर्ता गरेका छन् ।तर मूलधारका माओवादीले उनलाई सो घटनाको दोषी मान्दै विरोधमा उत्रेको छ ।माओवादीले गौर राइस मिल घटनाका मुख्यदोषी साहलाई नै मानेर कारबाही गर्न सुरु गरिएको विरोध कार्यक्रमको अग्रमोर्चामा रहेको छ । तर गत आमनिर्वाचनमा साहलाई चुनावमा माओवादीले सघाएको थियो । पराजयको मुखमा पुगेका साहलाई माओवादीले आफ् नो पार्टीमा भित्र्याउने आश गरेर सघाएका थिए ।माओवादीकै सहयोगमा उनी स्वतन्त्र सांसदको रुपमा चुनाव जिते । विगतमा माओवादी केन्द्रबाट नै चुनाव जितेका थिए ।उनकी पत्नी रिना साह लगातार दोस्रो कार्यालयका लागि मौलापुरका मेयर छिन् । सत्तासीन दलहरुले गरेको प्रदर्शनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा) र जनमत पार्टीको सहभागिता रहेको थियो ।जनमत पार्टी मधेश प्रदेश सरकारमा छ ।

    गौर राइस मिल परिसरबाट निस्केको बृहत विरोध रैली गौर हत्याकाण्डका मुख्य योजनाकार प्रभु साहलाई कारबाही गर , हिन्दूवादी नेता काशीनाथ तिवारी , कुश्ती खिलाड़ी उपेन्द्र दास बैरागी ,शिक्षक सुनील यादवको हत्या गराउने हत्यारालाइ कÞानुनी दायरामा ल्याउ भन्दै चर्को नाराबाजी गरेका थिए । विरोध ¥याली जिल्ला प्रशासन कार्यालयको मूलद्वारमा गएर प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापनपत्र बुझाएको संघर्ष समितिका प्रवक्ता रामेश्वर प्रसाद यादवले जनाएका छन् । ज्ञापनपत्र बुझाएपछि आयोजना गरिएको कोण सभामा बोल्दै कांग्रेसका जिल्ला सभापति एवं प्रदेश सांसद सुनील कुमार यादवले रौतहटमा प्रभु साहको निर्देशनमा भएको हत्याको छानबिन हुनु पर्ने मांग गरे । राजनीतिक रुपमा गौर हत्याकाण्डको आरोप लगाएर दर्ता गरिएको मुद्दा खारेज गर्नुपर्ने लगायतका माग गरे । पूर्व प्रदेश सांसद राम किशोर यादवको अध्यक्षतामा सम्पन्न भएको विरोध सभामा पूर्व प्रदेश राज्य मंत्री योगेंद्र यादव , प्रदेश सांसद शोभा देवी साह , नेकपा एकीकृत समाजवादीका बृज किशोर यादव , रेवंत झा , लोसपाका अनिल कुमार सिंह , जनमत पार्टीका अशोक कुमार सिंह, नेकपा माओवादी केन्द्र लगायतका नेताले साह गौर घटनाका मुख्य योजनाकार रहेको आरोप लगाए ।उनलाई कानुनको दायरामा ल्याएर कडा कारबाही गर्नुपर्ने वक्ताहरुले माग गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑