वीरगंज । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति सप्तरीकोराजगढ गाँउपालिका वडा नं.६ जगाई टोल बस्ने ३५ वर्षीय उमेश मण्डलको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोटरबाट पानी तानि खेतमा लगाउने क्रममा मण्डललाई करेन्ट लागेको थियो म
मण्डललाई करेन्ट लागेपछि तत्काल उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज
सप्तरीमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएका छन् ।