• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आर्जन बचत तथा ऋण सहकारी संस्थाका १२ सय बचतकर्ता ठगिए

  • वीरगंज संजाल
  • Jul 25, 2023, 2:34 pm
  • ८१३

    काठमाडौं । केन्द्रीय अनुसन्धान विभाग (सीआइबी)का प्रहरी नायब उपरीक्षक (डिएसपी) मदनजीत महराले १२ सय बचतकर्ता ठगेका सामाखुशीस्थित आर्जन बचत तथा ऋण सहकारी संस्थामा सञ्‍चालकहरूलाई ‘भगाएका’ छन्‌ ।बचतकर्ताहरूले दिएको उजुरीबमोजिम बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले जेठ ३ गते र असार १३ गते अनुसन्धान एवम्‌ कारबाही गर्न पठाएको पत्र बमोजिम पक्राउ गरी कारबाही प्रकृया अघि बढाउनुपर्नेमा डीएसपी महराले अध्यक्ष दलबहादुर आले र कार्यालय व्यवस्थापक कविता गुरुङलाई मात्र हिरासतमा राखेर अन्य सबै सञ्चालकलाई सामान्य तारेखमा छाडिदिएकाे थियाे । महराले सहकारी अध्यक्ष आले र कर्मचारी गुरुङलाई मात्र हिरासतमा राखेर अन्य सबै सञ्चालकलाई सामान्य तारेखमा छाडेको प्रहरी स्रोतबाट खबर प्राप्त भएकाे छ । साे विषयमा सिआइबीका प्रवक्ता सञ्जय थापासँग प्रतिक्रिया माग्दा उनले भने, ‘उक्त सहकारीका सञ्चालकहरूमाथि अनुसन्धान शुरु भइसकेको छ ।

    अब कसलाई पक्राउ गर्ने/कसलाई नगर्ने भन्ने विषय अनुसन्धानको प्रक्रियालाई हेरेर हुन्छ ।’ यता डिएसपी महरासँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । सहकारीका अध्यक्ष आलेलाई भने चेक बाउन्स उजुरीका आधारमा गत बिहीबार नै महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जले पक्राउ गरेको थियो । सहकारीका बचतकर्ताको केही सय रुपैयाँ समेत फिर्ता गर्न नमानेका आलेले ती उजुरीकर्ताको रकम भने तत्कालै बुझाएका थिए । प्रकृया पुर्‍याएर प्रहरीले आलेलाई छाडिदिएको थियो । तर, प्रहरी वृत्तले छाड्नासाथ निजलाई सीआइबीको टोलीले पक्राउ गरेको थियो । बचतकर्ताको उजुरीका आधारमा प्रदेश सहकारी मन्त्रालयले पठाइएको पत्रअनुसार आलेलाई सीआइबीको टोलीले पक्राउ गरेको हो । आलेसँगै सबै सञ्चालकलाई नियन्त्रणमा लिएपनि डिएसपी महराले सामान्य सोधपुछमात्रै गरेर आले र गुरुङ बाहेक सबैलाई सामान्य तारेखमा छाडिदिएका हुन्‌ । प्रहरी स्रोतका अनुसार डिएसपी महराले ‘तपाईंहरू घर जानुहोस्‌, यता म मिलाउँछु’ भनेर अन्य सबै सञ्चालकहरूलाई घर जान भनेका थिए ।

    आर्जन सहकारीका सञ्चालकहरूले झण्डै १२ सय बचतकर्ताको करोडौं रकम ठगेका छन्‌ । बचतकर्ता ठगिएकोबारे आर्थिकन्यूजले यसअघि नै विस्तृत समाचार प्रकाशन गरिसकेको छ । गत आइतबार सिआइबीमा उक्त सहकारीका अन्य सञ्चालकहरू पनि उजुरीका कारण प्रहरी कार्यालयमा आएका थिए ।लमजुङको साविक चक्रतीर्थ–५ का आलेले सहकारीका नाममा बचतकर्ताबाट रकम उठाउने र व्यक्तिगत प्रयोजनमा खर्च गर्ने गरेको आरोप छ । सहकारीका पीडितहरूले उजुरी दिएपछि आले लगायत सञ्चालकहरूमाथि अनुसन्धान र कारबाही गर्न सीआइबीलाई यसअघि नै पत्राचार गरिसकेको थियो । सीआइबीको निगरानीमा परेपछि आले लुकेर हिँडेका थिए । सहकारीका सञ्चालकमा अध्यक्ष दलबहादुर आले हुन् । उपाध्यक्ष लीलाधर सापकोटा, सचिव राजकुमार गुरुङ र कोषाध्यक्ष सीता भट्टराई हुन् । अनिल शर्मा, अरुणकुमार खनाल र कोपिला राना सञ्चालक समिति सदस्य हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन
  • लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन
  • सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते
  • बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    News

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    News

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    News

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑