• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    खानेपानीको समस्या समाधान गर्न हामी लागेका छौँ : मेयर सिंह

  • वीरगंज संजाल
  • Jul 25, 2023, 12:41 pm
  • ६०५

    वीरगंज । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले वीरगंज १० स्थित आदर्शनगर चोकमा जडान गरेको नि:शुल्क खानेपानी मेसिनको साेमबार उद्घाटन गरिएको छ । रूङ्गटा वेलफेयर सोसाइटीको आर्थिक सहयोग र सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत केन्द्रको सहजीकरणमा आदर्शनगर चोकमा जडित नि:शुल्क चिसो खानेपानी मेसिन, पानी ट्याङ्की, मिटर र मोटरको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका हुन् । सोमबार आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथिसमेत रहेका मेयर सिंहले रिबन काटेर खानेपानी मेसिनको उद्घाटन गरेको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले वीरगंजमा हाल जारी पानी सम्बन्धी समस्याबाट जडित मेसिनले थोरै भए पनि राहत मिल्ने विश्वास व्यक्त गरे । ‘प्रतिकूल मौसम र भू-जल साबिकको सतहभन्दा तल झर्दा वीरगंजसहित तराई-मधेसका अधिकांश स्थानमा देखिएको खानेपानीको समस्यालाई समाधान गर्न हामी लागेका छौँ,’ उनले भने, ‘आज यहाँ जडान गरिएको नि:शुल्क खानेपानी मेसिनबाट थोरै भए पनि स्थानीयहरूलाई राहत मिल्ने मेरो विश्वास छ ।’ आगामी दिनहरूमा वीरगंजका अन्य स्थानमा पनि यस्तै नि:शुल्क खानेपानी मेसिन जडान गरिने उनले प्रतिबद्धता पनि व्यक्त गरे । मेयर सिंहले खानेपानीको समस्यासँग जुधिरहेका नगरवासीका लागि वीरगंज महानगरले ट्याङ्करबाट खानेपानी वितरणको गर्दै आएको बताउँदै भने, ‘हिजोदेखि वीरगंज महानगरपालिकाले अत्यावश्यक स्थानहरूमा ट्याङ्की र धारा जडान गर्ने कार्यलाई तीव्रता दिएका छ ।

    खानेपानी संस्थानको पाइपलाइन विस्तार भएको वडा नम्बर १ देखि १७ र १९ मा धारा जडान गर्नुका साथै पाइपलाइन नपुगेका स्थानमा ट्याङ्कीमार्फत अस्थायी रूपमा पिउने पानीको व्यवस्था मिलाउन सुरु गरिएको हो ।’ महानगरले आइतबार वडा नम्बर १ र १५ को सार्वजनिक स्थानमा १० हजार लिटरको ट्याङ्की राखेर पिउने पानीको प्रबन्ध मिलाएको उनले बताए । यस्तै खानेपानी संस्थानको धारा सार्वजनिक स्थानहरूमा जडान गर्ने कार्य पनि आजदेखि सुरु भएको उनले जानकारी दिए । उनले भने, ‘खानेपानी पाइपको लाइन भएका क्षेत्रमा सार्वजनिक चोक तथा बढी चाँप भएका स्थानमा धारा जडान गर्नुका साथै पाइपलाइनले नछोएका वडा तथा स्थानमा भने ट्याङ्की नै राख्ने प्रबन्ध मिलाइएको छ ।’ उनले केही दिनभित्रै ३२ वटै वडामा आफूहरूले धारा जडान गर्नुका साथै ट्याङ्की राखिसक्ने गरी काम गरिरहेको बताए । केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा भएको कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि पाैडेल, वडा प्रहरी बिर्ताका प्रहरी निरीक्षक विदुर प्रसाद सिवाकोटी, रूङ्गटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रूङ्गटा, वीरगंज महानगरपालिका अन्तर्गतको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदीन मियाँ, ग्रिन सिटी सामुदायिक केन्द्रका मुरली जलान, राकेश अग्रवाल, सुशील काद्म्बीय, कैलाश बजाज लगायातको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन
  • लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन
  • सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते
  • बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    News

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    News

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    News

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑