• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कमलामा १२ वर्षमा पनि बनेन पुल, बाँसको पुल टेकेर वारपार

  • वीरगंज संजाल
  • Jul 25, 2023, 10:32 am
  • ५६५

    वीरगंज । वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका । वारिपट्टि घर, पारिपट्टि खेती जग्गा । वारिका नातेदार पारि, पारिका नातेदार वारि, बीचमा कमला नदी । भौगोलिकरूपमा कुनै विकट, दूरदराज वा पिछडिएको क्षेत्र होइन । सुगम स्थान मानिने तराई मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी लोकमार्ग । अझ भनौँ, मधेुस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीकोे राष्ट्रिय गौरवको आयोजना । झन् उदेकलाग्दो कुरा त १२ वर्षदेखि निर्माणाधीन कमलाको पुल अझै कहिले बन्ने हो कुनै अत्तोपत्तो छैन । बर्खायाममा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयलाई नातेदारसँग भेटघाट गर्न र आफूले गरेको खेतीपातीको गोडमेल तथा रेखदेख गर्नका लागि आवतजावत गर्न जुगौँदेखि सास्ती खेपिरहनुपरेको छ । हुलाकी लोकमार्गअन्तर्गत सिराहाको बसपिट्टा र धनुषाको साघारासम्म एक किलोमिटरसम्म कमला नदी फैलिएको छ । नदीमा पुल समयमा नबन्दा सिरहा र धनुषाका कैयौँ गाउँका जनता समस्यामा छन् । स्थानीयवासीहरूलाई आवतजावत गर्नलाई कि त पूर्वपश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर वा सीमावर्ती भारतीय बजार जयनगर पुगेर करिब दुई घन्टा लामो यात्रा गर्नुपर्छ कि नदीमा जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्छ । त्यो पनि त्यति सहज छैन । यही समस्यालाई सम्बोधन गर्न सिरहा नगरपालिकाले अस्थायी प्रकृतिको बाँसको टेका लगाएर काठको पुल बनाएको छ । उक्त पुल आइतबारबाट सञ्चालनमा आएको पनि छ । उक्त पुलमा अब मोटरसाइकल तथा पैदलयात्री निःशुल्क यात्रा गर्न सक्नेछन् ।

    तर उक्त काठको पुलले यो बर्खायाम धान्नेमा शङ्का व्यक्त गर्छन् स्थानीय मोहनकुमार दास । “लामो समयदेखि निर्माणाधीन पक्की पुल नबन्दा यहाँका जनताले सास्ती खेप्नुपरेको हो । काठको यति सामान्य पुल बन्दा पनि खुसी व्यक्त गर्नुपर्ने अवस्था छ । जसोतसो कामचलाउ काठको पुल त बन्यो तर कहिलेसम्मलाई हो भन्न सकिँदैन”, उनी भन्छन्, “नदीमा अलि ठूलो बाढी आयो भने यो बनेको पुल पनि बगाएर लैजान्छ । फेरि समस्या उस्ताको उस्तै ।” सिरहा नगरपालिकासँग समन्वय गरी काठको पुल बनाउनका लागि पहल गर्नुहुने स्थानीय युवा रामचन्द्र यादव भन्छन्, “स्थानीय बासिन्दा र यस हुलाकी लोकमार्गमा आवतजावत गर्ने यात्रीलाई बर्खामास नदीमा बाढी आई कठिनाइ हुने भएकाले आवतजावत गर्नलाई सहज होस् भनी नगरपालिकासँग पहल गरिएको हो । यसमा नगरपालिकाले पनि सकरात्मकरूपमा लिएर पुल बनाउने काम गरेको छ, जुन सराहनीय छ । यसले गर्दा यात्रुको समयको बचत तथा दूरीलाई छोटो बनाएको छ । दैनिक दुई सयभन्दा बढी मोटरसाइकल तथा हजारौँ पैदलयात्रीलाई सहज भएको छ ।” नदी पारिपट्टि आफ्नो खेतीपातीको हेरचाहमा जानलाई अब तत्काललाई भए पनि समस्या टरेको छ सुभकान्त यादवलाई । सिरहा नगरपालिका–६ स्थायी घर भएका उनलाई नदी वारपार गर्न मात्र सहज भएको छैन, कृषि उपजलाई बजारसम्म लैजान पनि सहज भएको छ । “खेतीपाती गर्नका लागि नदीबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थियौँ । काठकै अस्थायी पुल भए पनि हामीलाई सहज भएको छ”, उहाँले खुसीको भाव व्यक्त गर्दै भने, “अब पारिपट्टिको खेतबारीमै तरकारी तथा बालीनाली सडेर नजाने भयो ।”

    बाँसको पुल बनिसकेपछि सिरहा चोहर्वाका मोहम्मद साहिबलाई त्यही बाटो हुँदै धनुषाको कमला–४ स्थित ससुराली घर जानका लागि सहज भएको छ । उनले खुसी हुँदै भने, “पूर्वपश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर जानुपरेको भए मलाई दुई घन्टा बढी लाग्ने थियो । यही काठकै पुल भए पनि ठूलो राहत मिल्यो”, त्यस्तै आफ्ना सात वर्षीय र नौ वर्षीय बच्चा लिएर सिरहा सदरमुकामबाट धनुषाको कमला –९ स्थित माइतीघर हिँडेकी मनिषा मण्डलले हर्षित हुँदै भनिन्, “बालबच्चा लिएर नदी पार गर्न निकै कठिन थियो । अब ढुक्कसँग माइत पुग्न सकिने भयो । उता (माइती)बाट पनि कुनै चिन्ता लिने कुरा भएन ।” हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै डेढ वर्षअघि भासिएको थियो । विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो, तर पटक–पटक म्याद थपेर करिब १० वर्ष लाग्यो । निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि पुनःनिर्माणको काम तत्काललाई अनिश्चित भयो । यही अनिश्चितताका बीच निर्माण कम्पनीले आगामी चैत मसान्तसम्म भासिएको पुल पुनःनिर्माण गर्ने गरी पुनः काम सुरु गरेकोे थियो तर कमला नदीमा बढेको पानीको बहावका कारण पुनःनिर्माणको काम असार नलाग्दै रोकिएको छ । निर्माण कम्पनीका अनुसार आगामी असोजबाट रोकिएको पुल निर्माणको काम पुनः सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन
  • लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन
  • सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते
  • बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    News

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    News

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    News

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑