• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पर्सामा एक महिनामा जन्मसिद्ध नागरिकका २५ सय बढि सन्तानले लिए बंशजको नागरिकता

  • वीरगंज संजाल
  • Jul 24, 2023, 1:40 pm
  • १२७३

    वीरगन्ज । नयाँ नागरिकता ऐन अनुसार जिल्ला प्रशासन कार्यालय पर्साबाट एक महिनाको अवधीमा जन्मसिंद्ध नागरिकका २ हजार ५८१ जना सन्तानले बंशजको नागरिकता लिएका छन् ।नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ लागु भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले गत असार ८ गतेदेखि जन्मसिंद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता दिने प्रकृया सुरु गरेको थियो । असार ८ देखि प्रकृया सुरु गरि असार १० गतेदेखि नागरिकता वितरण सुरु गरिएकोमा साउन ७ गते आइतबारसम्म २ हजार ५८१ जनाले बंशजको नागरिकता लिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी गराए । तीमध्ये पुरुष १ हजार ९६७ र महिला ६ सय १४ जना रहेको पौडेलले बताए ।

    यस्तै यो एक महिनाको अवधीमा नयाँ नागरिकता ऐन अनुसार बंशजको नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालयमा ७ हजार ७८२ जना आवेदन दिएको नागरिकता वितरण फाँटका अधिकृत विनय श्रीवास्तवले जानकारी दिए । आवेदन दिएका मध्ये आइतबारसम्म नयाँ नागरिकता ऐन अनुसार २ हजार ५८१ जनालाई बंशजको नागरिताका वितरण गरिसकिएको श्रीवास्तवले बताए ।
    उनका अनुसार , सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गरि जिल्ला प्रशासन कार्यालय पर्साले नयाँ नागरिकता ऐन अनुसारको नागरिकता वितरण , सुरु देखि नै अनलाईन टोकन प्रणालीबाट गरिरहेको छ ।

    सेवाग्राहीहरुलाई कार्यालयमै आएर लाईन लागि पालो कुर्नुपर्ने झन्झट नहोस् र सास्ती तथा हैरानी खेप्न नपरोस् भन्नका लागि अनलाइन टोकन प्रणालीबाट सेवा दिइएको श्रीवास्तवले बताए । यो एक महिनाको अवधीमा फर्जि कागजातका आधारमा जन्मको आधारमा नागरिकता लिएर छोराको बंशज नागरिकता बनाउन आएका दुई जना पक्राउ पनि परेको श्रीवास्तवले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय पर्सामा झुटो विवरण पेस गरेर २०६३ सालमा जन्मको आधारमा नेपाली नागरिकता लिएर छोरा समेतको वंशज नागरिकता बनाउन खोजेका वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मा बस्दै आएका दिनेश पटवा र उनकी पत्नि रितादेवी पटवालाई गत असार २४ गते नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको उनले बताए ।

    श्रीवास्तवका अनुसार , पर्सा जिल्लामा २०६३ सालमा खटेको नागरिकता टोलीबाट जन्मका आधारमा करीब १५ हजार ३०० सयभन्दा बढीले नागरिकता लिएका थिए । अहिले उनीहरूको छोराछोरी १७/१८ हजारभन्दा बढी भएको र त्यही संख्यामा उनिहरुलाई बंशजको नागरिकता वितरण हुने अनुमान गरिएको पनि उनले बताए । लामो समयदेखि अड्किएको नागरिकता विद्येयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरणभइ राजपत्रमा प्रकाशीत भएपनि गत जेठ १६ गते सर्वोच्च अदालतमा रिट परेको थियो । रिट परेपछि सर्वोच्चले अन्तरिम आदेश गरेको थियो । त्यसपछि असार ७ मा भएको अन्तिम सुनुवाइमा अन्तरिम आदेश खारेज भएपछि जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गर्ने बाटो खुलेको हो ।अल्पकालिन आदेश जारी नगर्ने अन्तरिम आदेश जारी गरेसँगै उक्त ऐन कार्यन्वयनमा आएको हो ।मधेस खबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन
  • लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन
  • सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते
  • बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    News

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    News

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    News

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑