• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आपसी मिलेमतोमा एक सातामा ९६ अर्ब २२ करोड १७ लाख रुपैयाँ निकासा

  • वीरगंज संजाल
  • Jul 18, 2023, 9:04 am
  • ९८१

    वीरगंज । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ लाई धज्जी उडाउँदै अर्थ मन्त्रालय र कोष तथा लेखा नियन्त्रक कार्यालयले आपसी मिलेमतोमा एक सातामा ९६ अर्ब २२ करोड १७ लाख रुपैयाँ निकासा गरेको छ । नियमावलीको दफा ३० ले चालू आर्थिक वर्ष सकिन एक साता बाँकी हुँदा नै सम्पूर्ण भुक्तानी बन्द गर्नुपर्ने भनी गरेको व्यवस्था खिल्ली उडाउँदै सरकारले नियमविपरीत भटाभट भुक्तानी दिएको हो । महालेखा नियन्त्रक कार्यालयले २५ असारअगावै सबै रकम भुक्तानी गर्नु भनेर सरकारलाई पत्राचार गरे पनि विभिन्न छिद्रको प्रयोग गर्दै एक वर्षको कुल खर्चको झन्डै एक सातामा १० प्रतिशत खर्च गरेर सरकारले भ्रष्टाचारमा अर्को रेकर्ड कायम गरेको हो । तर, संघीय सरकारले नियमावलीको छिद्र पत्ता लगाई आपसी मिलेमतोमा सातामै खर्ब हाराहारीमा खर्च गरेको हो ।कोष तथा लेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार एक साताको अवधिमा सबैभन्दा बढी खर्च पुँजीगत शीर्षकमा भएको छ । एक साताको अवधिमा कुल ९६ अर्ब २२ करोड रुपैयाँ निकासा दिएकोमध्ये सबैभन्दा बढी पुँजीगत शीर्षकमा भुक्तानी दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

    एक सातामा पुँजीगत खर्चमा सरकारले ४२ अर्ब ५४ करोड ३ लाख रुपैयाँ खर्च भुक्तानी दिएको छ । चालू खर्चमा भने २३ अर्ब ९१ करोड ९४ लाख रुपैयाँ भुक्तानी दिएको छ भने वित्तीय व्यवस्थापनमा २९ अर्ब ७७ करोड रुपैयाँ खर्च गरेको हो । महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता शम्भुप्रसाद मरासिनीले अति आवश्यक तथा स्रोत परिवर्तन भएका खर्चको भुक्तानी दिइएको जिकिर गरे । कार्यालयका शोध भर्ना शाखाका दिनेश रेग्मीले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीबमोजिम नै भुक्तानी दिइएको बताए । उनले भने, ‘बजेट निकासा २४ गते राति नै भए पनि त्यसपछि भएका भुक्तानी रकमान्तर भएका बजेट, फुकुवा भएका र अति आवश्यक भएका शीर्षकबाट भुक्तानी भएका हुन् ।’ उनका अनुसार कार्यविधिमा भएका सबै प्रक्रिया नै पूरा गरेर निकासा दिइएको छ । आर्थिक कार्यविधिअनुसार नै २५ असारदेखि भुक्तानी सिस्टम बन्द गरे पनि भुक्तानी दिनुपर्ने तथा स्रोत परिवर्तन भएर आएका खर्चको भुक्तानी दिइएको दाबी अर्थ मन्त्रालयको रहेको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले कार्यक्रम संशोधन भई थप बजेट प्राप्त भएमा, खर्चको स्रोत परिवर्तन भएमा वा अति आवश्यक काम परी खर्च गर्नुपरेमा त्यस्तो खर्च पुस्ट्याइँ गर्ने बिल भरपाई, बजेट थप भएको प्रमाणसहित भुक्तानी निकासा गर्न सकिने उल्लेख गरेको छ । त्यसरी भुक्तानी निकासा माग भई आएमा कोष तथा लेखा नियन्त्रक कार्यालयले प्राप्त बिल भरपाई र सोसाथ संलग्न कागजात परीक्षण गर्दा भुक्तानी निकासा दिन आवश्यक देखेमा सम्बन्धित व्यक्ति वा फर्मको नाममा भुक्तानी निकासा दिनुपर्ने प्रावधान रहेको पनि बताइएको छ ।

    नियमावलीले थप बजेट, खर्चको स्रोत परिवर्तन तथा अति आवश्यक कामका लागि खर्च गर्न पाउने व्यवस्था गरिदिएकै कारण अर्थ मन्त्रालयले कानुनी छिद्र प्रयोग गरी कुल वार्षिक खर्चको झन्डै १० प्रतिशत रकम साता दिनमा निकासा दिएको हो । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी खर्च तथ्यांकलाई आधार मान्ने हो भने बजेट निकासा बन्द भएको दिन अर्थात् २५ असारमा मात्रै २ अर्ब रुपैयाँ निकासा भएको छ । यसैगरी, २६ गते मंगलबार ७ अर्ब निकासा दिइएको छ । २७ गते बुधबार २ अर्ब, २८ गते बिहीबार भने ह्वात्तै निकासा रकम बढेर ११ अर्ब पुगेको थियो । त्यस्तै, असार २९ गते शुक्रबार भने अझ बढेर २३ अर्ब रुपैयाँ पुगेको थियो । असार ३० गते शनिबार १० अर्ब रुपैयाँ निकासा दिएको तथ्यांक रहेको छ । यी भुक्तानीमध्ये केही रकम अति आवश्यक शीर्षकमा खर्च भए पनि अधिकांश रकम नियमावलीले व्यवस्था गरेभन्दा बाहिरको शीर्षक मिलाएर भुक्तानी दिएको स्रोतको भनाइ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
  • वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    News

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑