वीरगंज । सप्तरीमा एक वृद्धको शव फेला परेको छ ।
सप्तरीको कंचनरुप नगरपालिका ८ बेरियर चोक अगाडि पुर्वी बस स्टेन्डको प्रतिक्षालय भित्र नाम थर नखुलेको तराई बासी जस्तो देखिने मागि खाने करिब ६५ वर्षीय मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।