वीरगंज । वीरगञ्ज मुर्लीका स्थानियहरुले देवघाटबाट ल्याएको जल पुशपतिनाथ मन्दिर तथा हरिहरनाथ मन्दिरमा अपर्ण गरेका छन।
वडा नं. १२ का वडा अध्यक्ष सुरेश प्रसाद गुप्ताको नेतृत्वमा ३१५ जना स्थानिय ८ वटा बसमा वडा अध्यक्षकै निजी लगानिमा देवघाट गएका थिए । धार्मिक स्थालमा जाने मन भएको तर आर्थिक अवस्था कमजोर भएकाहरुको लागि सो व्यवस्था मिलाईएको थियो।
सोमबार बाबा पशुपतिनाथ मन्दिर र मुर्ली स्थित हरिहरनाथ मन्दिरमा जल अर्पण गरेपछि स्थानियले वडा अध्यक्षको प्रशंसा व्यक्त गरेका छन ।