वीरगंज । बर्दियाको राजापुर नगरपालिका-१ मनपरिपुरकी ३ वर्षीया बालिकाको कुलोमा डुबेर मृत्यु भएको छ । राजापुरको नंगापुर कुलोमा डुबेर ३ वर्षीया विहान रोकायको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डीएसपी हिक्मत बहादुर बोहोराका अनुसार छिमेकीको घर आँगनमा खेल्ने क्रममा बालिका कुलोमा डुबेकी थिइन् ।
डुबेर अशक्त भएकी रोकायलाई स्थानीयले उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा पुर्याएका थिए । उपचारको क्रममा स्वास्थ्य केन्द्रमा उनको मृत्यु भएको हो ।