वीरगंज । रामनिवास कुमार पटेल । जनकपुरको रामानन्द चोकमा १ घण्टा हाइवे चक्का जाम गरिएको छ ।
विगत १८ महिना देखि राजर्षि जनक विश्वविद्यालय मानविकी तथा सामाजिक विज्ञान संकाय विश्वविद्यालयको उपकुलपति’ डिन, क्यम्पस प्रमुख विहिन भएकोले यहि विद्यालयमा (वि.ए.एल.एल वि.) को चौथो सेमेस्टरमा अध्यन गर्ने जमसेद आलम द्वारा जनकपुरको रामानन्द चोकमा १ घण्टा हाइवे चक्का जाम गरिएको छ ।
जमसेद आलम : ६ महिनाको सेमेष्टर प्रणाली ९ देखि १० महिना सम्ममा परीक्षा हुँदैछ। दोस्रो पटक उपकुलपतिका लागि खोलिएका आह्वानमा ६ जनाको short list मा नाम आएको र मिति २०८०/०३/०५ गते राखिएको अन्तरवार्ता राजनीतिक भागबन्डा नमिलेको कारण प्रविधिक कारण देखाई अनिश्चित कालको लागि अन्तरवार्ता रोकियो छ । ४ महिना देखि शिक्षक र कर्मचारीहरुको तलब पाएको छैन। बोर्ड मार्कर, पानी सम्म किन्ने पैसा छैन। ५०० जना विद्यार्थीको भविष्यको बारेमा को सुनी दिने। हामी सबै तहको सरकार संग गुहार माग्दै छौं तर कोई पनि हाम्रो समस्यालाई केन्द्र सम्म गम्भीर रूपमा प्रस्तुत गरी रहेको देखिंदैन। । कुनै सुनुवाई न देखिएकोले जनकपुरको रामानन्द चोकमा १ घण्टा हाइवे चक्का जाम गरिएको छ ।