• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कम्पनी खोल्दै हुनुहुन्छ ? : यस्तो छ दर्ता प्रक्रिया

  • वीरगंज संजाल
  • १५ जेष्ठ २०८०, सोमबार १९:१७
  • २१२१

    वीरगंज | नेपालमा मात्र होइन, विश्वका सबैजसो मुलुकमा कुनै पनि उद्यम गर्न कम्पनी दर्ता गर्नुपर्छ । तर नेपालमा धेरैजसोले कम्पनी दर्ता नगरी यत्तिकै चलाइरहेको पाइन्छ । कम्पनी दर्ता गरेर सञ्चालन गरेमा राज्य दिने सुविधा र बंैक तथा वित्तीय संस्थाबाट कर्जा पाउन सकिन्छ । कुनै पनि नेपाली नागरिकले एक्लै वा अरूसँग सामूहिक रूपमा मिलेर कम्पनी खोल्न सक्छन् । कम्पनी प्राइभेट, पब्लिक र मुनाफा वितरण नगर्ने कम्पनी गरेर तीन किसिमका हुन्छन् । यीमध्ये कुनै पनि कम्पनी खोल्न अनिवार्य रूपमा दर्ता गर्नुपर्ने हुन्छ । कम्पनीको किसिमअनुसार दर्ता गर्ने प्रक्रिया फरक हुन्छन् । शेयरधनीको संख्या प्राइभेट कम्पनी बढीमा १०१ जनासम्म शेयरधनी मिलेर खोल्न सकिन्छ । साथै एकल शेयरधनी भएर पनि प्राइभेट कम्पनी खोल्न सकिन्छ । कम्पनी उद्यम–व्यवसाय सञ्चालन गर्ने कानूनी मान्यताप्राप्त संरचना हो । उद्योग व्यवसाय सञ्चालन गर्न चाहने व्यक्ति वा समूहले कम्पनी ऐन, २०६३ अनुसार प्राइभेट लिमिटेड, पब्लिक लिमिटेड, मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा अविच्छिन्न उत्तराधिकारवाला स्वशासित, संगठित संस्था संस्थापना गर्न सक्छन् । यस्ता कम्पनीले व्यक्तिसरह चल–अचल सम्पति प्राप्त गर्न, बेचबिखन गर्न, अन्य व्यवस्था गर्न सक्छन् ।

    साथै कम्पनीले व्यक्तिसरह आफ्नो नामबाट नालिस उजुर गर्ने, करार गर्ने र करारबमोजिम अधिकार प्राप्त गर्ने समेत दायित्व निर्वाह गर्न सक्छन् र कम्पनीउपर पनि उजुर लाग्न सक्छ । कम्पनी दर्ता भएपछि मात्र कम्पनी स्थापना भएको मानिन्छ । दर्ता कहाँ गर्ने ? कुनै पनि कम्पनीको दर्ता कम्पनी रजिस्ट्रारको कार्यालयमा गर्नुपर्छ । कम्पनी रजिस्ट्रार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको संस्था हो । आवश्यक कागजातहरू बुझाएर सम्पूर्ण प्रक्रिया पूरा गरेपछि कम्पनी दर्ता भएको प्रमाणपत्र पाइन्छ । दर्ता प्रक्रिया अहिले कम्पनी दर्ता अनलाइनबाटै गर्न सकिन्छ । १. शुरूमा कम्पनीको नाम ‘रिजर्भ’ गर्नुपर्छ । कम्पनी दर्ता गर्दा सबैभन्दा पहिला प्रस्तावित कम्पनीको नाम प्रयोग भएको छ÷छैन चेकजाँच गर्नुपर्छ र नभएमा अनलाइन रिजर्भ गर्नुपर्छ । यसका लागि कम्पनी रजिस्ट्रार कार्यालयको वेबसाइटमा जानुपर्छ । वेबसाइट खुलेपछि अप्शनहरू देख्न सकिन्छ । ती अप्शनमध्ये तेस्रो अप्शन अर्थात् कम्पनी दर्तामा थिच्नुपर्छ । कम्पनी रजिस्ट्रारको वेबसाइट ओसीआर डट जीओभी डट एनपी नेपाल टेलिकमको थ्रीजी सेवाबाट निःशुल्क प्रयोग गर्न सकिन्छ । कम्पनी दर्तामा दुई अप्शन देख्न सकिन्छ, जसमध्ये कम्पनी दर्ता विधि र कागजात लेखिएको पहिलो अप्शनमा जानुपर्ने हुन्छ ।त्यसपछि चेक नेम लेखिएको अप्शन देख्न सकिन्छ । त्यो अप्शनमा थिचेर फारम भर्नुपर्छ । त्यसपछि फारममा उल्लेख गरेको ईमेल ठेगानामा युजर नेम र पासवर्डसहितको मेल आउँछ । ईमेलमा साइन इन लेखिएको ठाउँका खाली बक्साहरूमा त्यो नेम र पासवर्ड राख्नुपर्छ ।

    त्यसपछि पासवर्ड परिवर्तन गर्न सूचना आउँछ । यति गरिसकेपछि पासवर्ड फेर्नुपर्ने हुन्छ । पासवर्ड आफूलाई याद हुने र अरूले कपी गर्न नसक्नेगरी राख्नुपर्छ । पासवर्ड फेरेपछि नयाँ पासवर्ड राखेर लगइन गर्नुपर्छ । लगइन गरिसकेपछि तपाईंले नेम चेक रिजर्भेशनमा गएर आफूले राख्ने कम्पनीको नाम भर्नुपर्छ । नाम भरेर पठाएपछि कम्पनीको नाम अरू कुनै कम्पनीसँग जुध्न गएमा नाम जुध्यो भनेर ईमेल आउँछ । यसरी नाम जुधेमा फेरि अर्को नाम राखी जाँच गर्नुपर्ने हुन्छ । नाम जुधेन भने फारम भर्न ईमेल आउँछ । यसलगत्तै पठाइएका फारम भरेर बुझाउनुपर्छ । २. प्रबन्धपत्र प्रमाणित कम्पनीको नाम, ठेगाना, अधिकार, जिम्मेवारी, उद्देश्य, शेयर होल्डर आदिका बारेमा विस्तृत रूपमा प्रबन्धपत्र तयार गर्नुपर्छ । प्रबन्धपत्र र नियमावलीलाई वकिल वा कानून व्यवसायीले प्रमाणीकरण गर्छन् । कम्पनीको नाम स्वीकृत प्रक्रिया तथा संस्थापना गर्दा चाहिने आवश्यक कागजात कम्पनीको नाम स्वीकृत भएमा कम्पनीको प्रकृति/ढाँचाअनुसार प्रबन्धपत्र तथा नियमावलीको दुई÷दुई प्रति, संस्थापकहरूको हस्ताक्षर र सहीछापसहित तयार गरी संस्थापकहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एक÷एक प्रति, संस्थापकहरू कालोसूचीमा नपरेको भनी स्वघोषित विवरण, स्वीकृति लिनुपर्ने कार्यका लागि सम्बन्धित निकायको स्वीकृति, संस्थापक संगठित संस्था भए संस्थाको संस्थापनासम्बन्धी निर्णयहरू, सर्वसम्मत सम्झौता भए त्यसको प्रतिलिपि र आफै उपस्थित हुन नसकेमा अख्तियारनामा समेत संलग्न गरी तोकिएको ढाँचामा कम्पनी संस्थापनाका लागि निवेदन दिनुपर्दछ ।

    कार्यालयबाट अनलाइनवाट कागजात प्राप्त गरेपछि स्वीकृत गरी राजस्वबापत लाग्ने रकम कार्यालयमै उपस्थित भई बुझाउन ईमेलबाटै जानकारी गराइन्छ । विदेशी कम्पनीको हकमा उल्लिखित कागजातको अतिरिक्त प्रचलित कानूनअनुसार नेपालमा लगानी वा व्यवसाय वा कारोबार गर्न प्राप्त अनुमतिपत्र, संस्थापक विदेशी नागरिक भए निज कुन मुलुकको नागरिक हो, सो प्रमाणित गर्ने कागजात, संस्थापक विदेशी कम्पनी वा निकाय भए त्यस्तो कम्पनी वा निकायको संस्थापनाको प्रमाणित प्रतिलिपि तथा संस्थापनासम्बन्धी प्रमुख लिखतहरू, संयुक्त लगानीमा स्थापना हुने कम्पनीहरूको हकमा माथिका सबै कागजातहरू चाहिन्छ । प्रबन्धपत्र र नियमावली यो कम्पनीको मुख्य लिखत हो । प्रबन्धपत्रमा कम्पनीको उद्देश्य, पूँजी र कार्यक्षेत्रको बारेमा उल्लेख गरिएको हुन्छ । यो कम्पनीको प्रबन्धपत्रमा उल्लिखित उद्देश्य पूरा गर्न र कम्पनीको आन्तरिक कार्य सञ्चालन गर्न नियमावली बनाइन्छ । यसमा कम्पनीको कार्यप्रक्रियाका बारेमा उल्लेख गरिएको हुन्छ । उद्देश्य कम्पनीको उद्देश्य कम्पनीको नामसँग मिल्दो राख्नुपर्दछ । छोटो र स्पष्ट अर्थ दिने उद्देश्य राख्नुपर्दछ । अस्पष्ट घुमाउरो बहुअर्थी तथा भ्रमपूर्ण भाषाको प्रयोग गर्न हुँदैन । कम्पनीले प्रचलित कानूनले रोक लगाएको कार्य गर्नेगरी उद्देश्य राख्न पाइँदैन । पूँजी कम्पनी सञ्चालन गर्न आवश्यक पूँजीलाई अधिकृत, जारी पूँजी र चुक्तापूँजी गरी उल्लेख गर्ने गरिन्छ ।

    कम्पनीको जारी पूँजी बराबर शेयर बाँडफाँट गर्नुपर्दछ । शयर बाँडफाँट गरी शेयरबापत चुक्ता भएको रकम बराबर चुक्तापूँजी कायम गर्नुपर्दछ । कम्पनीमा चुक्ता भएको रकमको स्रोत खुलाउनुपर्दछ र सो रकम कम्पनीको बैंक खातामा दाखिला भएको स्पष्ट प्रमाण कार्यालयमा पेश गर्नुपर्दछ । ३. कम्पनी रजिस्ट्रारको कार्यालयमा सबै कागजपत्र आवेदनसहित पेश अनलाइन भरेको दर्ता फारम प्रिन्ट गरेर फारममा सो टिकट किनेर टाँस्नुपर्छ । कागजपत्र सबै अनिवार्य रूपमा अनलाइनमार्फत नै पेश गर्नुपर्ने हुन्छ । अनलाइन प्रक्रिया पूरा गरेपछि सबै सक्कल कागजपत्र लिएर प्रमाणित गर्न कार्यालय जानुपर्छ । कम्पनी दर्ता किन ? वैध रूपमा सििमत दायित्वसहित उद्यम व्यवसाय सञ्चालन गर्न, कानूनी संरक्षण र पहिचानसहित व्यावसायिक निरन्तरता तथा व्यावसायिक नाम सुरक्षित राख्न, कर र वित्तीय सुविधामा पहुँच प्राप्त गरी राष्ट्र समृद्धिमा योगदान गर्न कम्पनी दर्ता गरिन्छ । कम्पनीका प्रकार पब्लिक लिमिटेड कम्पनी पब्लिक लिमिटेड कम्पनीका लागि न्यूनतम सातजना संस्थापक र कम्तीमा रू. १ करोड चुक्तापूँजी हुनुपर्छ । यस्ता कम्पनीमा तीन जनादेखि ११ जनासम्म सञ्चालक रहन सक्ने व्यवस्था छ । बैंकिङ तथा वित्तीय कारोबार, बीमा व्यवसाय, धितोपत्र बजारसम्बन्धी व्यवसाय, सामूहिक बचत कोष सञ्चालन गर्ने र दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू अनिवार्य रूपमा पब्लिक कम्पनी हुनुपर्ने व्यवस्था छ ।

    पब्लिक लिमिटेड कम्पनीमा जति पनि संख्यामा शेयरधनी हुन सक्दछन् । पब्लिक लिमिटेड कम्पनीहरूले सर्वसाधारणलाई अनिवार्य रूपमा शेयर जारी गर्नुपर्ने हुन्छ । संस्थापना भएका पब्लिक लिमिटेड कम्पनीले कारोबार शुरू गर्नुपूर्व कम्पनी रजिस्ट्रारको कार्यालयबाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्दछ । प्राइभेट लिमिटेड कम्पनी बढीमा १०१ जनासम्म शेयर सदस्य रहेका कम्पनी प्राइभेट लिमिटेड कम्पनी हुन् । प्राइभेट लिमिटेड कम्पनीले शेयर तथा डिबेन्चर खुलारूपमा विक्री गर्न पाउँदैनन् । प्राइभेट लिमिटेड कम्पनी एकल प्रालि, एकल स्वामित्व (एकमात्र संस्थापक÷शेयरधनी सदस्य) रहेको र बहुल प्रालि, एक जनाभन्दा बढी १०१ जनासम्म शेयर सदस्य रहेको गरी दुई प्रकारका हुन्छन् । एकल प्रालिमा साधारणसभा गर्न अनिवार्य हुँदैन । मुनाफा वितरण नगर्ने कम्पनी कुनै पेशा वा व्यवसायको विकास तथा प्रवद्र्धन गर्न वा कुनै खास पेशा वा व्यवसायमा लागेका व्यक्तिहरूको सामूहिक हक–हितको संरक्षण गर्न वा कुनै शैक्षिक, प्राज्ञिक, सामाजिक, परोपकारी वा सार्वजनिक उपयोगिता वा कल्याणकारी उद्देश्य प्राप्तिका लागि लाभांश बाँडी लिन नपाउने शर्तमा स्थापना हुने कम्पनी नै मुनाफा वितरण नगर्ने कम्पनी हुन् ।

    यस्ता कम्पनीका संस्थापक सदस्यहरू कम्तीमा पाँचजना र बढीमा जतिसुकै हुन सक्ने व्यवस्था छ । यस्तो कम्पनी संस्थापना गर्न शेयर पूँजी आवश्यक पर्दैन र यस्ता कम्पनी मुनाफा वितरण गर्ने कम्पनीमा गाभिन सक्दैनन् । तर मुनाफा आर्जन गर्न भने सक्दछन् । विदेशी कम्पनी नेपाल राज्यबाहिर संस्थापित कम्पनी विदेशी कम्पनी हुन्, जसले नेपाल राज्यभित्र काम गर्नको लागि कुनै विदेशी कम्पनी वा प्रचलित कानूनबमोजिम अधिकार प्राप्त कुनै निकायबाट स्वीकृति लिनुपर्ने भए स्वीकृति लिई छनोट भएका वा कुनै निकायसँग करार गरेका हुन्छन् । यस्ता कम्पनीले नेपालमा शाखा खोली करारबमोजिम आफ्नो रजिस्टर्ड कार्यालय रहेको वा संस्थापना भएको मुलुकमा जुन प्रकारको व्यवसाय वा कारोबार गरिरहेको छ, सोही प्रकृतिको व्यवसाय वा कारोबारमात्र गर्न पाउने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑