दिलका कुरा गर्नु छ यता
दिलका कुरा गर्नु छ यता आएर बस न
तिमिलाई भेट्न मन छ मेरो समय मिलाएर आउँ न
तिमिलाई भेट्न आउँछु म गाउँमा
आउन आउँ तिमि मेरो छेउमा
तिम्रो सुन्दर रूप हेर्ने इच्छा मेरो भयो
मिठो बोली तिम्रो सुन्नलाई हतार भयो
आउँ है बिहानी पख मेरो घरमा
तिमिलाई भेटेपछि मेरो मन रमाउँछ खुसीमा
भेट्छु भन्छु बस्नु परेको छ धेरै टाढा
तिम्रै नाममा चल्छ मेरो ढुकढुकी सारा
बसेकी छौ मैले दिएको गहनाहरू लगाएर
तिमि सँगै जान्छु म घर पैदल हिँडेर
दिलका कुरा गर्नु छ यता आएर बस न
तिमिलाई भेट्न मन छ मेरो समय मिलाएर आउँ न
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी