• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  accident

    ६ महिनामा हात्तीको आक्रमणमा ५ को मृत्यु

  • वीरगंज संजाल
  • Mar 26, 2023, 3:15 pm
  • ५७३

    वीरगञ्ज । गत सोमबार रौतहटमा घाँस काट्न गएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भयो । चन्द्रपुर–धन्सारखण्डअन्तर्गत जंगलमा गएकी चन्द्रपुर नगरपालिका–४ का ४९ वर्षीय मीना मगरको घटनास्थलमै मृत्यु भएको हो । समूहमा गएका अन्यले भागेर ज्यान जोगाएका थिए । मगरलाई आक्रमण गर्ने हात्ती थियो, यमगज । पछिल्लो ६ महिनामा यमगजको आक्रमणमा परी ५ जनाको ज्यान गइसकेको छ । यमगजले बारामा २, रौतहटमा २ र मकवानपुरमा १ जनाएको ज्यान लिएको हो ।पर्सा राष्ट्रिय निकुञ्जका अनुसार १४ वर्षे किशोर हात्ती यमगज हिंस्रक देखिएको छ । यो हात्ती अहिले रौतहटको जंगलसैया क्षेत्रमा रहेको निकुञ्जको भनाइ छ । बारा, पर्सा, रौतहट र मकवानपुरको वन क्षेत्रमा आतंक मच्चाइरहेको यमगज बाराको टांगियाबस्ती क्षेत्रको राष्ट्रिय वन छोडेर जंगलसैया पुगेको हो । यमगजकै कारण निकुञ्जको हात्तीसारका ८ ढोईलाई सुरुमा रामभौरीभाठा र त्यसपछि प्रतापपुर पोष्टमा लगेर राखिएको छ ।रौतहटको वाग्मती, गैडाटार, महेशपुरसम्म पुगिसकेको यमगज आफ्नो पुरानै थातथलोतर्फ फर्कने अनुमान बिपरित हाल बारा र रौतहटको वन क्षेत्रमा रमाइरहेको छ । निकुञ्जकर्मी यमगज रौतहटबाट पूर्व लाग्ने वा पश्चिमतिरै फर्किने तत्कालै अनुमान गर्न नसकिने निकुञ्जका सूचना अधिकृत सूर्य खड्का बताउँछन् ।

    ‘यमगजले १० महिनायता रौतहटदेखि मकवानपुरसम्म ४ जिल्लाको विभिन्न स्थानमा आफ्नो उपस्थिति देखाएको छ, बढी समय निकुञ्जमा रमाएको थियो,’ उनले भने, ‘अहिले निकुञ्जको बाहिरी क्षेत्र बारा र रौतहटको राष्ट्रिय वन क्षेत्रमा छ ।’तत्कालै यमगजलाई धपाउने वा डार्ट गरेर बेहोस बनाई अन्यत्र लग्ने योजना पनि नरहेको उनले बताए । ‘हामीले यसअघि नै यमगजको दारा काटेर शान्त बनाउने प्रयास गरिसकेका छौं,’ उनले भने, ‘तैपनि उसको मात घटेको छैन ।’ निकुञ्जका पूर्व प्रमुख अशोक रामले असारको अन्तिम साता यमगजसंगै पर्सा निकुञ्जसम्म आइपुगेका ५ हात्तीमध्ये २ वटा फर्किसकेको बताए । तर अझै ३ वटा हात्ती भने निकुञ्ज र यसको वरपरको राष्ट्रिय वन क्षेत्रमै बसेको उनी बताउँछन् । २ वटा हात्ती पर्साबाट पूर्व फर्कने क्रममा हालै सिन्धुली र सिरहामा १÷१ जनाको ज्यान लिएको थियो ।असारको तेस्रो साता झापा, कोशी टप्पु हुँदै पूर्वबाट यमगजसहित ५ वटा हात्ती पर्सा निकुञ्जसम्म पुगेका थिए । पूर्वबाट सप्तरी, धनुषा, सर्लाही, रौतहट र बाराको टांगिया बस्ती हुँदै निकुञ्ज क्षेत्रमा ती हात्ती प्रवेश गरेका थिए । जंगली हात्तीको समूहले बर्सेनि झापादेखि चितवन राष्ट्रिय निकुञ्जसम्मको लामो यात्रा गर्ने र एउटा निश्चित समय पछि पुनः फर्कने गरेका छन् ।

    तर यस बर्ष भने झापाबाट आएकामध्ये ३ वटा हात्ती लामो समय यतै बसेकाले उनीहरू यतैको रैथाने बन्न सक्ने सम्भावना रहेको राम बताउछन् । प्रायः असारको अन्त्यतिर हात्तीको समूह धान र मकै बाली खादै मानव बस्तीको छेउछेउ चुरे पवर्तको सिरानको आफ्नो परम्परागत मार्ग प्रयोग गरेर यसरी लामो यात्रा गर्ने गरेको उनले बताए । हाल यमगज, मकुना र दारे गरी ३ वटा हात्ती यतै छन् । यम पन्चकका दिन बाराको अमलेखगन्जमा एउटा महिलाको ज्यान लिएकाले उक्त जंगली हात्तीको नाम यमगज राखिएको हो । लामो समयदेखि उदण्डता मच्चाउदै आएको यमगजले निकुञ्जको अमलेखगन्ज हात्तीसारका ८ पोथी हात्तीको पछि लाग्न नछाडेपछि २ महिना अघि निकुञ्जको रामभौरीभाठाबाट ती हात्तीलाई मकवानपुरको प्रतापपुर पोस्टमा स्थानान्तरण गरिएको छ । निकुञ्ज प्रशासनले मंसिरको पहिलो साता ती ८ वटै हात्तीलाई अमलेखगन्जस्थित हात्तीसारबाट स्थानान्तरण गरी त्यहाँबाट २५ किमि पश्चिममा रहेको निकुञ्जको कोर एरिया मानिने पर्साको रामभौरीभाठामा लगेर राखेको थियो ।तर त्यहा झाडै २ महिना राख्दा पनि यमगज ती ढोईकै वरिपरि बस्ने, चराउन नदिने र उनीहरूको रासन पनि खोसेर खाने गरेकाले निकुञ्ज प्रशासनले ढोईहरूलाई प्रतापपुर पोस्टमा स्थानान्तरण गरेको हो । ढोईहरूको पछिपछि प्रतापपुर पोस्टसम्म पनि पुगेको यमगज अर्को मत्ता हात्तीसँग २ पटक जुधेको थियो । त्यसपछि भागेको यमगज पर्सा, बारा र मकवानपुर र रौतहटको विभिन्न क्षेत्रमा घुमिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑