• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ३४६ ओटा सिमकार्ड किनेर वनएक्स बेटमा सट्टेबाजी !

  • वीरगंज संजाल
  • ९ चैत्र २०७९, बिहीबार १३:३५
  • १२७७

    काडमाडौं । रुसी अनलाइन बेटिङ प्लेटफर्म वनएक्स बेटका लागि एजेन्टका रुपमा काम गर्ने ६ जनालाई गत सोमबार नेपाल प्रहरीले पक्राउ गरेको छ । केही महिनादेखि वनएक्सबेटमा संलग्न उनीहरूले ९ करोडभन्दा बढीको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कुनै पनि प्रकारको जुवा तथा बाजीजन्य क्रियाकलापलाई नेपालमा गैरकानूनी मानिन्छ । तर सट्टेबाजीका घटना भने निरन्तर बढिरहेका छन् । प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेपनि धेरै व्यक्तिको सम्पर्क र पहुँचमा प्रहरी पुग्न सकिरहेको छैन । सोमबार वनएक्स बेटका ६ जना एजेन्ट पक्राउ परेको घटनाले अर्को तरङ्ग ल्याएको छ । पक्राउ परेका व्यक्तिहरूले सट्टेबाजी गराउन सयौंको संख्यामा सिमकार्ड प्रयोग गरेको पाइएको छ । को-को पक्राउ परे ?
    पक्राउ पर्नेमा जुम्ला जिल्ला चन्दननाथ नगरपालिका वडा नं. ६ खलङ्गा घर भई हाल जिल्ला भक्तपुर लोकन्थली बस्ने २३ वर्षीय दिलीप सिंह कठायत, जुम्ला चन्दननाथ नगरपालिका वडा नं. १० गैरीगाउँ घर भई हाल जिल्ला भक्तपुर लोकन्थली बस्ने २३ वर्षीय भुपालराज न्यौपाने, जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ५ तलिवाडा घर भई हाल जिल्ला भक्तपुर गठ्ठाघर बस्ने १९ वर्षीय नयनराज भण्डारी र सर्लाही बलरा नगरपालिका वडा नं. ५ घर भई हाल काठमाडौं महानगरपालिका वडा न. ३२ बस्ने २८ वर्षीय वरुणकुमार सिंह रहेका छन् ।

    त्यस्तै काठमाडाैं महानगरपालिका वडा नं. ३२ बस्ने ३२ वर्षीय वासुदेव पाण्डे र काभ्रेपलाञ्चोक मादनकुडारी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौं बालुवाटार बस्ने २६ वर्षीया शिवानी तामाङ पनि पक्राउ परेका छन् । पक्राउ परेका मध्ये दिलिप सिंह कठायतले विगत एक वर्षदेखि, भुपालराज न्यौपानेले विगत ९ महिनादेखि, नयनराज भण्डारीले विगत ६ महिनादेखि, वरुण कुमार सिंहले ६ महिनादेखि, शिवानी तामाङले आफ्नै नाममा खाता खोली रोशन गुरुङ नाम गरेका व्यक्तिलाई उक्त खाता चलाउन दिई विगत ८ महिनादेखि र वासुदेव पाण्डेले विगत एक महिनादेखि वनएक्स बेटमा सट्टेबाजी गर्ने एजेन्टको रुपमा कार्य गर्न थालेको प्रहरीले जनाएको छ । सट्टेबाजी गराउन सयौं सिमको दुरुपयोग रकम संकलन र भुक्तानी गरेको आधारमा कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिहरूको नाममा डिजिटल वालेट अकाउन्ट खोली कारोबार गर्ने गरेको पाइएको छ । सो क्रममा पक्राउ परेका व्यक्तिहरूबाट विभिन्न सेवाप्रदायकहरूको गरी कूल ३४६ ओटा सिम कार्ड बरामद भएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका दिलीप सिंह कठायत, भूपालराज न्यौपाने र नयनराज भण्डारीले आफ्नै नाममा रहेको ८ वटा र आफ्नो बहिनीको नामको दुई ओटा, ‘INFIWAVE’ नामको नक्कली कम्पनीको खडा गरी उक्त नाममा दुई वटा कर्पोरेट खाता गरी कूल १२ वटा खाता सञ्चालन गरी बेटिङ कारोबार गरेको पाइएको छ । उक्त १२ वटा खातामध्ये कारोबार विवरण प्राप्त भएको नौ ओटा खातामार्फत हालसम्म सात करोड ७७ लाख ८७ हजार ३२८ रुपैयाँ बराबरको बेटिङ कारोबार गरेको देखिएको र बाँकी तीन वटा खाताको विवरण प्राप्त हुने क्रममा रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका दिलीप सिंह कठायतको डेरा कोठाबाट बेटिङको रकम संकलन प्रयोजनका लागि वालेट खोल्न प्रयोग हुने एनसेलको सिम ६३ थान, एनटीसीको सिम १९ थान तथा स्मार्टसेलको एउटा गरी जम्मा ८३ थान सिमकार्ड बरामद गरिएको छ । त्यस्तै भूपालराज न्यौपानेको साथबाट एनसेलको ९१ थान, एनटीसीको ४७ थान गरी कूल १३८ थान सिमकार्ड बरामद गरिएको छ । त्यस्तै नयनराज भण्डारीको साथबाट एनसेल को ११६ थान, एनटीसीको ६ थानसहित जम्मा १२३ थान सिमकार्ड बरामद गरिएको छ । यसरी प्रविधिको प्रयोग बढ्दै गर्दा दुरुपयोग पनि सँगै बढिरहेको छ । सट्टेबाजीको नाममा व्यक्तिका परिचयपत्र हरुको समेत दुरुपयोग भइरहेको घटना बाहिरिएको छ । नियामक राष्ट्र बैंकले जुवा तथा बाजीजन्य गैरकानूनी कार्यहरूको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ, मोबाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन पनि अनुमतिप्राप्त संस्थाहरूलाई​ निर्देशन दिएपनि यस्ता गतिविधि नियन्त्रमा आउन सकेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑