वीरगंज । ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा कम्तिमा २९ जनाको मृत्यु भएको छ । दर्जनौं यात्रु घाइते भएको बीबीसले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक छ ।मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रुवाहक रेल र मालबाहक रेल ठोक्किएका थिए ।
रेल ठोक्किएपछि डिब्बाहरू छुट्टिएका थिए। तीनवटा डब्बामा आगो लागेको थियो । आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरूको टोली खटिएका थिए । सीएनएनले २९ जनाको मृत्यु भएको र कम्तिमा ८५ जना घाइते रहेको जनाएको छ ।
भिडियो फुटेजहरूमा दुर्घटनास्थलमा धुवाँको बाक्लो मुस्लो उडेको र रेलका डिब्बामा आगो दन्किएको देखिन्छ । हेड क्याम्प लगाएका उद्धारकर्ताहरूले धुवाँको मुस्लोमा छिरेर रेलमा च्यापिएका घाइतेहरूको उद्धार गरेका थिए ।