• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    अदालतले मृत ठहर गरेको बलात्कारीलाई सजाय दिलाइछाड्ने यी आमा

  • वीरगंज संजाल
  • Feb 15, 2023, 9:11 am
  • १०६५

    भारत । भारतको बिहारमा सन् २०१८ मा शिक्षक निरज मोदीले १२ वर्षीया विद्यार्थीलाई बलात्कार गरे । घटनाको १० दिनपछि उनीमाथि उजुरी पर्‍यो र मोदी २ महिना जेल बसेपछि रिहा भए ।

    अदालतमा मुद्दा जारी रहँदा निरज मोदीको मृत्युको कागजात पेश भयो । घटनाको एकमात्र अभियुक्तको मृत्यु भएको भन्दै अदालतले पनि मुद्दा खारेज गरिदियो । तर पीडितकी आमाले अदालतलाई झुक्याइएको दाबी गर्दै सत्य पत्ता लगाएरै छाड्ने अठोट लिइन्  र उनले पीडकलाई सजाय दिलाएर छोडिन् ।

    गत वर्ष फेब्रुअरीको झिसमिसे बिहान गंगा नदीको घाटमा मृत्यु संस्कारका लागि भन्दै दुई व्यक्ति आइपुगे । घाटमा दाउरा संकलन गरिरहेका उनीहरूले शव भने बोकेका थिएनन् । जब उनीहरू चिता जलाउने ठाउँमा पुगे घटनाले नाटकीय रूप लियो ।

    घाटमा दुई व्यक्तिले चिता तयार गरे । दुई मध्ये एक व्यक्ति चितामा सुते । अर्काले ती व्यक्तिको शरीरमाथि दाउरा थप्दै गए । चितामाथिको उनको तस्विर कैद गरियो ।

    चितामा बस्ने व्यक्ति थिए भारतका ३९ वर्षीय निरज मोदी । आफ्ना ज्युँदो छोरालाई चितामा सुताएर तस्बिर कैद गर्ने व्यक्ति थिए राजाराम मोदी ।

    निरजमाथि १२ वर्षीया आफ्नै विद्यार्थीलाई बलात्कारको अभियोग लागेको थियो । ऊखु खेतमा ती बालिकालाई करणी गरेका थिए ।  निराजले दृश्य कैद गरिएको भन्दै सार्वजनिक गर्ने धम्की पीडितलाई दिएका थिए ।

    घटनाको जानकारी पाए लगत्तै पीडित बालिकाकी आमाले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले तुरून्तै निरजलाई हिरासतमा लियो । प्रहरी हिरासतमा रहेका निरज दुई महिनापछि धरौटीमा रिहा भए । निरज धरौटीमा  छुटेपछि राजारामले यो कृत्य गरेका थिए ।

    छोराको तस्बिर कैद गरेपछि घाटमा दाउरा खरिद गरेको रसिद लिएर १ सय किलोमिटरको यात्रा तय गर्दै वकिल लिएर अदालत पुगे । आफ्नै निवासमा छोराको मृत्यु भएको भन्दै उनले प्रमाण स्वरुप चिताको तस्बिर र घाटको रसिद पेश गरे । फेब्रुअरीमा प्राप्त कागजातको आधारमा अदालतले फैसला गर्‍यो, ‘घटनाको एक मात्र अभियुक्तको मृत्यु भएकाले यो मुद्दाउपरको कारबाही अघि बढ्दैन ।’

    जिउँदा निरज मोदीलाई चितामा राखेर खिचिएको तस्वीर

    अदालतको फैसलालाई आधार मान्दै  स्थानीय निकायले पनि निरजको मृत्यु दर्ता बनाइदियो । प्राप्त दसिका आधारमा अदालतले निरजको मृत्युलाई सत्य साबित गरिदियो । पीडितकी आमाले मात्रै यो  विषय झुठो रहेको दाबी गरिरहिन् । ‘निरजको मृत्यु भएको सुन्नासाथ मलाई यो षडयन्त्र हो भन्ने लागिरह्यो,’ उनले भनिन्।

    यसरी सुरू भयो थप अनुसन्धान 

    भारतमा प्रत्येक १० मृतक मध्ये ७ जनाको मृत्यु गाउँमा नै हुनेगरेको तथ्यांक छ । यी मध्ये अधिकांशको मृत्यु शहरमा नभएर गाउँको घरमै हुनेगरेको तथ्यांक छ । भारतको ५४ वर्ष पुरानो कानुनले जन्म र मृत्यु दर्ता अनिवार्य गरेको छ । मृत्यु दर्ता गर्दा मृत्युको कारण खुलाउनुपर्ने कानुनमा उल्लेख छैन ।

    तर जब बिहारमा कसैको मृत्यु हुन्छ, परिवारका सदस्यले बायोमेट्रिक पहिचान नम्बर पञ्चायत वा गाउँ परिषद्लाई उपलब्ध गराउनुपर्छ । यसमा परिवारको सदस्यसँगै छिमेकका पाँच जनाको दस्तखत अनिवार्य हुन्छ ।

    यो प्रक्रिया पूरा गरेपछि कागजात जाँचबुझ गरेर गाउँ परिषद्ले एक सातामा मृत्यु दर्ता प्रमाणपत्र उपलब्ध गराउँछ । ‘हाम्रो गाउँको जनघनत्व निकै बाक्लो छ । तर हरेकले हरेकलाई पहिचान गर्छन् । गाउँमा कसैको मृत्युबारे कोही बेखबर हुने कुरै हुँदैन । सबैलाई सबैको विषयमा सूचना हुन्छ,’ पीडित पक्षका वकिल जयन करन गुप्ता भन्छन् ।

    राजाराम मोदीले पनि छोराको बायोमेट्रिक पहिचान नम्बर गाउँपरिषद्लाई उपलब्ध गराउनका लागि पाँच जनाको हस्ताक्षर तयार गरे । उनले पेश गरेको कागजातमा मृत्युको कुनै कारण उल्लेख छैन । घाटमा दाउरा खरिद गरेको रसिदमा भने रोगका कारण मृत्यु भएको उल्लेख थियो ।

    २७ फेब्रुअरीमा राजारामले छोराको मृत्यु भएको कागजात अदालतमा बुझाएका थिए । मे महिनामा अदालतले मुद्दा खारेज भएको सूचना दिएको जानकारी करनले पीडित पक्षलाई जानकारी गराए । ‘एउटा शिक्षकको मृत्यु हुँदा पूरै गाउँ कसरी बेखबर हुनसक्छ ? मृत्यु नै भएको हो भने मृत्यु पछिको संस्कार किन गरिएन र कसैले पनि निरजको मृत्युको चर्चा किन गरिरहेको छैन ?’ पीडितकी आमाले वकिललाई प्रश्न गरिन् ।

    अदालतले निरजको मृत्यु भएको भन्दै मुद्दा खारेज गरिदिएपछि पीडितकी आमाले गाउँका प्रत्येक घरमा सोधखोज गरिन् । कसैले पनि निरजको मृत्यु भएको कुरा  दाबी गर्न सकेनन् । त्यसपछि पीडितकी आमा अदालत पुगेर मुद्दामाथि अनुसन्धानको आदेश दिन अनुरोध गरिन् । तर न्यायाधीशहरूले निरज जीवित रहेको प्रमाण ल्याउन भने ।

    मे महिनाको मध्येमा पीडितकी आमाले स्थानीय निकायका अधिकारीहरूविरुद्ध उजुरी दिइन् । फर्जी कागजातको आधारमा निरजको मृत्यु दर्ता गरेको दाबी सहित उनले अनुसन्धानको माग गरिन् ।

    यो उजुरीपछि अनुसन्धानले तीव्रता पायो । प्रहरी प्रशासनले गाउँ परिषद्लाई उजुरीबारे जानकारी गरायो । त्यसपछि निरजको मृत्युको थप कागजात ल्याउन निर्देशन दियो । गाउँ परिषद्ले २ सय ५० घरधुरीमा सोधपुछ गर्‍यो । कसैले पनि निरजको मृत्युबारे सूचना दिन सकेनन् । कोही आफन्तको मृत्युपछि नजिककाहरूले शोकमा कपाल खौरिनुपर्ने चलन छ । तर निरजको मृत्यु भएको भनिए पनि कसैले कपाल खौरिएको पाइएन । ‘नातेदारहरूलाई पनि निरजको मृत्युबारे कुनै खबर भएको पाइएन,’ प्रहरीका अनुसन्धान अधिकृत रोहित कुमार पासवानले भने ।

    ‘मैले गाउँ परिषद् र न्यायिक अधिकारीहरूलाई सत्य पत्ता लगाउन दबाब दिइरहेँ । सत्य बाहिर आएपछि पीडकले सजाय पायो यसमा म खुशी छु,’  पीडितकी आमा भन्छिन्, ‘तर मेरो छोरीको जीवन त अन्धकारमय छ । अब उसको जीवनमा कहिले उज्यालो छाउला मलाई यो प्रश्नले सधैँ  घोचिरहन्छ ।’

    गाउँमा सोधपुछपछि गाउँपरिषद्ले राजाराम मोदीलाई सोधपुछ गर्‍यो । उनले पनि छोराको  मृत्युबारे थप तथ्य पेश गर्न सकेनन् । ‘राजारामले सन्तोषजनक जवाफ नै दिन सकेनन्,’ गाउँ परिषद्का सचिव धर्मेन्द्र कुमारले भने।

    निरज मोदीको मृत्यु सत्य नरहेको र उनको मृत्यु दर्ताको प्रमाणपत्र फर्जी रहेको गाउँ परिषद्को अनुसन्धानले निष्कर्ष निकाल्यो । निरज स्वयंले आफ्नो मृत्युदर्ताका लागि पाँच जना विद्यार्थीका अभिभावकलाई झुक्याएर पहिले नै हस्ताक्षर गराएको पाइयो । विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि हस्ताक्षर चाहिने भन्दै उनले बायोमेट्रिक पहिचान नम्बर उल्लेख गर्न लगाएर पाँच जनाको हस्ताक्षर संकलन गरेको अनुसन्धानबाट पत्ता लाग्यो ।

    २३ मेमा निरजको मृत्यु दर्ता खारेज भयो । प्रहरीले निरजको बुवालाई फर्जी कागजात पेश गरेकोमा गिरफ्तार गर्‍यो । ‘मेरो  सेवा अवधिभर मैले अहिलेसम्म यस्तो घटनाको अनुसन्धान गरेको थिइनँ । जयरामले  राम्रै चाल चालेका थिए । तर अपराधीले केही न केही कमजोरी गर्छ भन्ने चाल पाएका थिएनन्,’ प्रहरीका अनुसन्धान अधिकृत पासवानले भने ।

    गत जुलाईमा अभियुक्तलाई कानुनी सजायबाट छुटकारा दिलाउन झुक्याउने काम भएको भन्दै अदालतले फेरि मुद्दा अघि बढायो । आमाले अदालतमा पुगेर निरन्तर निरजको गिरफ्तारीको आदेश दिन माग गरिरहिन् । कागजी रूपमा मृत्यु भएको नौ महिनापछि निरज मोदी स्वयं अदालतमा उपस्थित भए । अदालतमा उपस्थित भएर मोदीले इन्कारी बयान दिए ।

    गत महिना मात्रै अदालतले निरज मोदीलाई दोषी ठहर गर्दै १४ वर्ष जेल सजायको फैसला सुनायो । पीडित पक्षलाई क्षतिपूर्ति स्वरूप ३ लाख रूपैयाँ उपलब्ध गराउन आदेश दियो । अहिले  छोरोको फर्जी मृत्युप्रमाण पत्र पेश गर्ने राजाराम पनि सात वर्षका लागि जेलमा छन् । ‘सन् २०१८ मा  त्यो पिपाशुले मेरी छोरीको अस्मिता लुटेको थियो । म न्यायका लागि तीन वर्ष धाएँ । तर अकस्मात उसको वकिलले उसको मृत्युको प्रमाण अदालतमा बुझाएर मुद्दा बन्द गरिदियो । यो कसरी हुनसक्छ ?’ पीडितकी आमाले भनिन् ।

    पीडितकी आमाका अनुसार निरजको मृत्युका कागजात झूठा रहेको प्रमाणित गर्नका लागि धेरै खर्च लाग्ने वकिलले बताएका थिए । जेलबाट बाहिर निस्किएपछि फेरि बदला लिन सक्ने भन्दै त्रास पनि देखाए । ‘मैले जतिसुकै पैसा लागोस् सत्य पत्ता लगाएर छोड्छु भन्ने अठोट लिएँ,’ पीडितकी आमाले भनिन् ।

    पीडित पक्ष निकै ग्रामीण इलाकामा बस्छन् । त्यहाँ रोजगारी पनि नभएकाले बुवा दक्षिणी प्रान्तमा कमाउनका लागि गएका छन् । त्यहाँबाट पठाएको पैसाले उनीहरूको गुजारा चलेको छ ।

    सन् २०१९मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका शतप्रतिशत गाउँमा दिसापिसाबका लागि शौचालयको प्रबन्ध भएको दाबी गरेका थिए । तर अझै पनि विवशता उस्तै छ । बलात्कृत बालिका पनि शौचका लागि ऊखु बारी पुगेकी थिइन् । त्यही मौकामा निरज मोदी पछाडिबाट आएर बालिकाको मुख थुनेर जबरजस्ती करणी गरेका थिए । ‘त्यस घटनापछि मेरी छोरीको जीवन नै अन्धकारमय छ,’ पीडितकी आमा भन्छिन् ।

    घटनाको १० दिनपछि मात्रै पीडितले आमालाई सुनाएकी थिइन् । त्यसलगत्तै आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित बालिकाले निरजले स्कुलमा पनि आफूलाई धेरै पिट्ने गरेको बयान प्रहरीलाई दिइन् ।

    निरज गिरफ्तार भएपछि मात्रै बालिका स्कुल गएकी थिइन् । दुई महिनासम्म बालिका स्कुल गए पनि निरज धरौटीमा रिहा भएपछि जेल सजाय नसुनाउँदाको अवधिसम्म उनी स्कुल जान सकिनन् ।‘मेरी छोरीको विद्यार्थी जीवन समाप्त भइसक्यो । मलाई डर छ अब ऊ बाहिर पनि जान सक्दिनँ र उसको विवाह पनि हुनेछैन,’ पीडितकी आमाले भनिन् ।

    पीडकलाई सजाय दिलाएर घर फर्किए पनि पीडितकी आमा पिरोलिएकी छन् । ‘मैले गाउँ परिषद् र न्यायिक अधिकारीहरूलाई सत्य पत्ता लगाउन दबाब दिइरहेँ । सत्य बाहिर आएपछि पीडकले सजाय पायो यसमा म खुशी छु,’  पीडितकी आमा भन्छिन्, ‘तर मेरो छोरीको जीवन त अन्धकारमय छ । अब उसको जीवनमा कहिले उज्यालो छाउला मलाई यो प्रश्नले सधैँ  घोचिरहन्छ ।’

    • बीबीसी हिन्दीबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गृहपृष्ठसमाचारभोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले भोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहपृष्ठसमाचारभोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले भोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    गृहपृष्ठसमाचारभोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले भोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गृहपृष्ठसमाचारभोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले भोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले

    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑