• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शीर्ष १० धनाढ्यको सूचीबाट बाहिरिए गौतम अडानी, सम्पत्तिमा भारी गिरावट

  • वीरगंज संजाल
  • १७ माघ २०७९, मंगलवार १६:५४
  • २२८९

    सन् २०२२ मा, विश्वका सबै अर्बपतिहरूमध्ये सबैभन्दा बढी कमाउने भारतीय उद्योगपति गौतम अडानीका लागि नयाँ वर्ष २०२३ को पहिलो महिनामा नै हानिकारक सावित भएको छ।

    अमेरिकी अनुसन्धान फर्मको एक रिपोर्ट सनार्वजनिक भएपछि उनको सम्पत्तिमा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट आएको छ ।अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको प्रतिवेदनबाट भारतीय उद्योगपति गौतम अडानी वेल्थको साम्राज्यमा देखिएको उथलपुथल रोकिने नाम लिइरहेको छैन । यसले उनको नेटवर्थलाई प्रत्यक्ष असर गरिरहेको छ ।

    २०२३ जनवरी २४ मा यो प्रतिवेदन सार्वजनिक भएपछि उनको कम्पनीको शेयरमा सुनामी आइरहेको छ। एसियाका सबैभन्दा धनी व्यक्ति तथा अदानी समूहका अध्यक्ष गौतम अडानी लामो समयदेखि शीर्ष १० अर्बपतिको सूचीमा चौथो स्थानमा थिए तर अहिले उनी १० धनी व्यक्तिहरुको सूचीबाट बाहिरिएका छन् ।

    आर्थिक क्षेत्रको सञ्चारमाध्यम ब्लूमबर्ग म्यागजिनका अनुसार अडानी ११ औं स्थानमा पुगेका छन् । उक्त सूचीलाई मंगलबार नै अपडेट गरिएको हो ।

    अमेरिकी वित्तीय फर्म हिडनबर्ग रिचर्सको रिपोर्ट सार्वजनिक भएपश्चात निरन्तर ओरालो लागेको अडानीको सम्पत्तिमा असर परिरहेको छ । अडानी र अडानीको व्यापारिक समूहसँग सम्बन्धित कम्पनीहरुको सेयर मूल्यमा निरन्तर गिरावट आउँदा यसले अडानीलाई संसारकै धनीहरुको सूचीबाट तल झारेको छ ।

    रिपोर्टले प्रत्यक्ष रुपमा अडानीको निजी सम्पत्तिमाथि पनि प्रभाव पारिरहेको छ । पछिल्ला केही दिनमा संसारका सबैभन्दा शीर्ष धनी व्यक्तिहरुमध्ये रहेका अडानी निरन्तर यो सूचीमा तल झरिरहेका छन् ।

    अडानी हिडनबर्ग रिपोर्ट सार्वजनिक हुनुभन्दा अघि संसारकै तेस्रो धनी व्यक्तिका रुपमा फोर्ब्स म्यागजिनको लिस्टमा थिए । गत शुक्रबार तेस्रो स्थानमा रहेका उनी रिपोर्ट सार्वजनिक भएपश्चात निरन्तर आरोलो झरिरहेका छन् । अहिले फोर्ब्सको सूचीमा उनी सातौं स्थानमा रहेका छन् ।

    २४ जनवरीमा हिडनबर्ग रिपोर्ट सार्वजनिक भएपश्चात अडानीले ६५ अर्ब डलर नोक्सान व्यहोरेका छन् । तर अडानी समूहले उक्त रिपोर्ट गलत भएको बताइरहेको छ ।

    हिन्डनबर्ग रिपोर्ट आउनु अघि, गौतम अडानी करिब १२१ बिलियन डलरको कुल सम्पत्तिको साथ शीर्ष १० अर्बपतिहरूको सूचीमा चौथो नम्बरमा थिए।

    उक्त रिर्पोट सार्वजनिक पछि अदानी समूह (अदानी फर्म्स) को कम्पनीहरुमा तीव्र गिरावट सुरु भएको र भोलिपल्टैको दुई दिनमै अदानीको नेटवर्थबाट २६ अर्ब डलरभन्दा बढीको गिरावट भएको छ ।

    सम्पत्तिमा गिरावटको सबैभन्दा खराब चरणको साक्षी रहेका ६० वर्षीय उद्योगपति चौथो नम्बरबाट १० धनाढ्यको सूचीबाट बाहिरिएका छैनन्, एकै दिनमा सबैभन्दा बढी सम्पत्ति गुमाउने अर्बपति पनि बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑