• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जितपुरसीमरा उपमहानगरमा प्रकृया मिचेर कर्मचारी भर्ना

  • वीरगंज संजाल
  • ६ माघ २०७९, शुक्रबार ०९:२५
  • ४०८९

    बारा । बाराकाे जितपुरसीमरा उपमहानगरपालिकाले कानुनी प्रकिया मिचेर कर्मचारी भर्ना गरेको भन्दै स्थानीय भजुनारायाण थारुले अख्तियारमा उजुरी दिएका छन् । जितपुरसीमरा उपमहानगरपालिका वडा नं १४ का थारुले कर्मचारी भर्नासम्बन्धी कार्यविधि मिचेर मुखको भरमा प्राविधिक कर्मचारी छनोट गरिएको भन्दै आयोगमा उजुरी दिएका हुन् ।‘राजनीतिक पहुँच र आर्थिक चलखेलमा कर्मचारी भर्ना भएको छ, लिखित परीक्षा भएको भए हाम्रो कुनै गुनासो थिएन, यहाँ मुखको भरमा मान्छे लिएको छ,स्थानीयलाई प्राथमिकता दिनुपर्नेमा अन्य जिल्लाको मान्छे छनोट भएको छ,’ थारुले भने । उनका छोरा अमन चौधरी भैरहवास्थित एक निजी औषधी उद्योगमा सहायक व्यवस्थापकको रुपमा काम गर्दछन् । फार्मेसीमा स्तात्तक उत्तीर्ण गरेका भजुनारायण थारुका छोरा अमन चौधरीले उपमहानगर फार्मेसी सहायकमा आवेदन दिएका थिए । ‘सकेसम्म यो तुरुन्तै रोकेर सबैले लिखित र प्रयोगात्मक परीक्षा दिनुपर्यो भन्ने हाम्रो माग हो, मौखिक हिसाबले छनोट गरेकोमा मलाई चिक्त नबुझेर अख्तियारमा उजुरी हालेको छु, अव हेरौँ स्थानीय तहले के गर्छ,’ उनले भने ।

    जितपुरसिमरा उपमहानगरपालिकाले गत कात्तिक तेस्रो साता सार्वजनिक सूचना निकालेर अधिकृत नवौँ तहको १ जना चिकित्सक, आठौ ँतहको ३ जना मेडिकल अधिकृत, सहायक पाचौँ तहको स्टाफनर्स ३ जना, एनेस्थेसिया सहायक, फार्मेसी सहायक, पशु चिकित्सक र कृषि अधिकृत १–१ जना प्राविधिक जनशक्तीको लागि आवेदन माग गरेको थियो ।प्राविधिक कर्मचारी छनोटका लागि ‘करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्वन्धि कार्यविधि २०७५’ को दफा नं ४ मा प्राविधिक तर्फ ईन्जिनियर, स्वास्थ्य तथा पशु चिकित्सक लगायत अन्य क्षेत्रका लागि आवश्यक पर्ने व्यवसायिक प्रमाणपत्र (लाइसेन्स) प्राप्त गरेका व्यक्तिले मात्रै आवेदन दिन सक्नेछन् र छनोटका लागि लिखित, प्रयोगात्मक र अन्य परिक्षाको समेत व्यवस्था गरिएको छ । तर,उपमहानगरले आफैले बनाएको कानुनी मापदण्ड विपरीत लिखित र प्रयोगात्मक परीक्षा बिना नै कर्मचारी छनोट गरेको भन्दै विवाद भएको हो ।कर्मचारी छनोटका लागि प्रकाशित सूचनाको पहिलो बुदाँमा परिक्षाको किसिम अन्तर्वार्ता भनि उल्लेख छ भने तल्लो बुदाँमा परीक्षा कार्यक्रम र अन्तरवार्ता हुने मितिपछि प्रकाशन गरिनेछ भनि उल्लेख गरिएको छ ।

    उपमहानगरका प्रवक्ता तथा वडाध्यक्ष भोजराज खत्रीले उपमहानगरले आफैले बनाएको कानुन विपरित कर्मचारी भर्ना गरेकोले यस्लाई स्थगित गरेर नयाँ प्रकियाबाट कर्मचारी छनोट गनुपर्ने बताएका छन् ।करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्न उपमहानगरले निमार्ण गरेको निर्देशिकाको दफा ५ ले प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा विषय विज्ञ सहित ३ जना छनोट समितिमा रहने ब्यवस्था छ । उपमहानगरका प्रवक्ता खत्रीले भने मिलेमतोमा प्रमुख प्रशासकिय अधिकृत अनुपस्थित भएर ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख जनकरराज पन्तले अन्तरवार्ता लिएर कर्मचारी छनोट गरेको बताएका छन् ।यता, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख जनकराज पन्तले भने अन्तरवार्ता समितिमा आफू नरहेको र पर्यवेक्षक रुपमा मात्रै उपस्थित रहेको बताएका छन् । ‘कसरी परीक्षा सञ्चालन गरिरहेका छन् भन्ने कुरा हामीले सतही रुपमा मात्रै हेर्ने हो, अन्तरवार्ताको नम्बर दिने ठाँउमा हाम्रो प्रत्यक्ष संग्लनता छैन’ ईप्रका प्रमुख पन्तले भने । प्रकिया मिचेर कर्मचारी छनोट गरेको विषयमा विवाद सिर्जना भएपनि उपमहानगरले पुस २८ गते नतिजा समेत प्रकाशन गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑