• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    बजेट भाषण २०८० / ८१ Live

    होमपेज / Breaking News

    जाडोमा यसरी गर्नुस् छालाको स्याहार

  • वीरगंज संजाल
  • १९ मंसिर २०७९, सोमबार १०:१६
  • १५२१

    वीरगंज । जाडोमा प्रायः ओठ सुक्खा हुने, हातखुट्टा फुट्ने, चिरा पर्ने समस्या धेरैमा देखिन्छ । राति अबेर बस्ने र बिहान ढिलासम्म सुत्ने बानीले छालासम्बन्धी मात्रै होइन, अन्य रोगसमेत निम्त्याउन भूमिका खेलिरहेको हुन्छ । अर्काेतर्फ, जाडो मौसममा हामीले कम पानी पिइरहेका हुन्छौँ, जसकारण पानीको कमीले छालामा विभिन्न समस्या देखा पर्छ । व्यस्त जीवनशैलीका कारण तनाव एवं थकान बढी हुन्छ । यसले पनि छालालाई असर गरिरहेको हुन्छ । सबैभन्दा ठूलो असर प्रदूषणले गर्छ । त्यसको प्रत्यक्ष असर अनुहारमा पनि देखिन्छ । धुवाँ–धुलोबाट बच्न लोसन, मोस्चराइजर लगाउनु जरुरी हुन्छ। आयली स्किन : आयली स्किन भएकाहरूले मनतातो पानी र नर्मल फेसवासले अनुहार धुनुपर्छ । आयली छालाका लागि छुट्टै जेलबेस मस्चराइजर क्रिम पनि पाइन्छ । यस्तो मोस्चराइजरले डन्डिफोर आउँदैन । बिहान मनतातो पानीले मात्रै मुख धुने गर्नुपर्छ, त्यसपछि सनब्लक नियमित लगाउनुपर्छ । यसले घाम र प्रदूषण दुवैबाट बचाउँछ । अर्काे, पर्याप्त पानी पिउने गर्नुपर्छ । फलफूल पनि खाने गर्नुपर्छ । सुन्तला, जुनार, भोगटेलगायतका फलफूल खानुपर्छ । यसले छालाको चिल्लोपन सन्तुलनको काम गर्छ । बाहिरबाट आएपछि साँझ फेसवास र मनतातो पानीले मुख धुने गर्नुपर्छ ।

    सुक्खा स्किन : जाडो मौसममा प्रायः धुवाँ–धुलोले सुक्खा छाला हुनेहरूलाई बढी असर गरिरहेको हुन्छ । सुक्खा छालालाई चिल्लो बनाउन मोस्चराइजर प्रयोग गर्नुपर्छ । चिकित्सकसँग परामर्श लिएर आफ्नो छालामा सुहाउँदो मोस्चराइजर लगाउनुपर्छ । धेरै चिसो र धेरै तातो पानीले धुनुहुँदैन । पर्याप्त पानी पिउने गर्नुपर्छ । बाहिर निस्कँदा मोस्चराइजर क्रिम र सनब्लक अनिवार्य लगाउनुुपर्छ । फलफूल खाने गर्नुपर्छ । यसले छालाको सुक्खापन सन्तुलनको काम गर्छ । डार्क स्किन : घर अथवा अफिसको काममा हामी लामो समयसम्म कम्प्युटर, ल्यापटप र मोबाइलमा व्यस्त हुन्छौँ । यी विद्युतीय उपकरणबाट आउने प्रकाशले छालालाई असर गर्छ । अफिसमा काम गर्ने अधिकांशको समय कम्प्युटरअगाडि बसेर बित्छ । यसबाट आँखावरपर डार्क सर्कल देखिन्छ । यसका लागि कम्प्युटरमै बसेका वेला दुई–दुई घन्टाको ग्यापमा मोस्चराइजर र सनब्लक लगाउन सकिन्छ अनुहार धोई राख्नुपर्दैन, टिस्यु पेपरले सफा गर्दा हुन्छ । टिस्यु पेपर तीनपटकसम्म प्रयोग गर्न सकिन्छ । स्किन केयर रुटिन

    बिहानको समय : बिहानको समयमा बाहिर हुँदा घाम र प्रदूषणबाट बच्नुपर्ने हुन्छ । त्यस्तै, छालालाई चिसो र घामबाट पनि जोगाउनुपर्ने हुन्छ । चिसोमा मनतातो पानीले मुख धुँदा राम्रो हुन्छ । त्यसपछि घरबाहिर निस्कनुअघि सन प्रोटेक्सन क्रिम लगाएर मात्र निस्कनुपर्छ । छालाको मोस्चराइज हराउँदै गएपछि चाउरी पर्ने तथा रुखो हुने समस्या हुन्छ । मोस्चराइजरले छालालाई नरम तथा पोषित बनाउँछ । यसबाट एउटा प्रोटेक्टिभ लेयर बन्छ, जसले प्रदूषणबाट बच्न सहयोग गर्छ । छालालाई चम्किलो बनाउने उपाय फेसियल पनि हो । साताको दुईपटक फेसियल गरेर अनुहारको मृत सेललाई माडेर फाल्न सकिन्छ । रातको समय : दिउँसो बाहिर हिँड्दा मेकअप गरिएको हुन्छ । सुत्नुअघि मेकअप पखाल्नुपर्छ । त्यसका लागि क्लिन्जिङ वा फेसवास प्रयोग गर्न सकिन्छ । राति सुत्दा पनि अनिवार्य मोस्चराइजर क्रिम अनिवार्य लगाउनुपर्छ । किनकि, रातमा हामी आरामसँग सुत्दा हाम्रो छालाले पनि रिपेयरिङको काम गरिरहेको हुन्छ । त्यसैले सुत्नुअघि राम्ररी अनुहार सफा गर्दा छाला चम्किलो रहन्छ । एन्टिएजिङ, दाग–धब्बालगायत समस्याबाट पनि मुक्त हुन सकिन्छ ।

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ
  • एमालेको केन्द्रीय सल्लाहकारमा शिव पटेल मनोनित
  • ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला
  • अझै पाँच दिन गर्मी बढ्ने , घरबाट बाहिर ननिस्किन सुझाव
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ

    एमालेको केन्द्रीय सल्लाहकारमा शिव पटेल मनोनित

    ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला

    अझै पाँच दिन गर्मी बढ्ने , घरबाट बाहिर ननिस्किन सुझाव

    पानीकाे समस्या समाधान गर्न वीरगंज महानगरले ४ हजार घरमा नि:शुल्क धारा जडान गर्दै

    वर्षा नहुँदा पर्सामा चापाकल सुक्न थाल्यो

    पर्साकाे गदियानीबाट २२ केजी गाँजा बरामद,तस्करहरु फरार

    दलितकाे अधिकारका लागि दलित जनप्रतिनिधिहरु नै जागरुक बन्नुपर्छ : प्रदेशसभा सदस्य पटेल

    आजको राशिफल

    वीरगंज नारायणी अस्पतालको बालरोग कक्षमा बेडको अभाव

    पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ

    एमालेको केन्द्रीय सल्लाहकारमा शिव पटेल मनोनित

    ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला

    अझै पाँच दिन गर्मी बढ्ने , घरबाट बाहिर ननिस्किन सुझाव

    पानीकाे समस्या समाधान गर्न वीरगंज महानगरले ४ हजार घरमा नि:शुल्क धारा जडान गर्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ

    News

    एमालेको केन्द्रीय सल्लाहकारमा शिव पटेल मनोनित

    News

    ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला

    News

    अझै पाँच दिन गर्मी बढ्ने , घरबाट बाहिर ननिस्किन सुझाव

    News

    पानीकाे समस्या समाधान गर्न वीरगंज महानगरले ४ हजार घरमा नि:शुल्क धारा जडान गर्दै


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑