वीरगंज । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नै पार्टीका उम्मेदवारलाई असहयोग गर्ने पार्टीका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गरी पार्टीका उम्मेदवारलाई असहयोग गरेमा पार्टीको साधारण सदस्य समेत खारेज हुने गरि कारबाही गर्ने जनाएका छन् ।
कसैले पद वा जिम्मेवारीमा बसेर निष्क्रिय भई दिएमा, यस अवस्थामा काम गर्नुभन्दा अनावश्यक बखेडा र झैझगडा निकालेमा, दुष्प्रचार गरेमा, आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग नगरी अन्य उम्मेदवारको प्रचारप्रसार गरेमा त्यस्ता सदस्यहरूमाथि साधारण सदस्यता समेत खारिज हुने गरी कडा कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।
यस्ता गतिविधिहरूमा कडा निगरानी गर्न र केन्द्रीय सचिवालयलाई सूचना उपलब्ध गराउन केन्द्रीय समितिदेखि बुथ समितिका सबै पदाधिकारीलाई उनले आग्रह गरेका छन् ।