वीरगंज । रुखमा डोरीको पासो लगाई आत्महत्या गर्न खोज्ने एक युवकको सकुशल उद्दार भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर बस्ने शेख जमिलका छोरा २६ वर्षका शेख राजा हुसेनले घरायसी विवादका कारण आत्महत्या गर्न खोजेको प्रहरीले जनाएको छ ।
घरमा घरमा कोहि नभएको समयमा घरबाट १५ मिटर टाढा रहेको निममको रुमा झुण्डिएर उनले आत्महत्या गर्न लागेको देखेपछि स्थानीय बालबालिकाले प्रहरीलाई खबर गरेका थिए ।
प्रमुख जिल्ला अधिकारीलगायत जिल्लाका सुरक्षा प्रमुखहरु समेतको टोली जिल्लाको अनुगमनमा खटी गएको समयमा सोही स्थानमा नजिकै खेलिरहेको बच्चाहरुले उहाहरुलाई देखि जानकारी गराए पश्चात निजको पासो फुकाई रुखबाट सकुशल उद्दार गरी उपचारको लागि अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।