• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किन बिग्रन्छ बालबालिकाको दाँत, कसरी जोगाउने?

  • वीरगंज संजाल
  • २१ आश्विन २०७९, शुक्रबार ०८:००
  • १९६१

    वीरगंज । कलंकी बस्ने टामिरा जोशीको दाँत राम्रोसँग उम्रियो तर त्यो धेरै समय टिक्न नपाई कालो हुन थाल्यो। सुरूआती चरणमा थोरै देखिएको दाँतको कालो दिन दुईगुणा, रात चौगुणाका दरले बढ्न थाल्यो। उनका अभिभावकले अगाडिको दाँत पूरै कालो भएपछि गुलियो खानेकुरा खुवाउन बन्द गराए। विस्तारै उनको दाँतले चपाउन बन्द गर्‍यो, दुख्न पनि थाल्यो। समस्या निकै बढेपछि मात्रै उनलाई उपचारका लागि लगियो। अहिले उनको माथिल्लो दाँत सबै झरेको छ, नयाँ पलाउने क्रम जारी छ। केही ठाउँमा नयाँ दाँत उम्रने ठाउँमा मासु पलाएपछि दन्त चिकित्सकले उपचार गरिरहेका छन्।टामिराको भाइ टिष्टानको दाँत पनि विस्तारै दिदीको जस्तै बन्दै गइरहेको छ। उनको परिवारले यसलाई वंशाणुगत समस्या पो हो कि भन्ने शंका गरेका छन्। निषेधाज्ञाका कारण चिकित्सकलाई देखाउन नपाएको ती अभिभावकको भनाइ छ।कालिमाटीका सात वर्षीय कृपेश श्रेष्ठको पनि दाँत बिग्रिएको छ। उनको परिवार दूधे दाँत बिग्रिएर केही नहुने भन्दै ढुक्कसँग बसेको छ। आमा कमला श्रेष्ठले भनिन्, ‘पहिलो दाँत बिग्रिए पनि दोस्रो दाँत आउला, राम्रो आइहाल्छ भनेर उपचार गराएका छैनौं।’कृपेशकी आमा कमलाले भनेजस्तो नयाँ दाँत आउँदा समस्या हल नहुने, झनै बल्झने बताउँछिन् दन्त चिकित्सक सूर्या थापा। ‘बालबालिकाले कस्तो खाना खाइरहेका छन्, उनीहरूको स्वास्थ्य अवस्था कस्तो छ भनेर बुझ्न उनीहरूको दाँत हेरे पुग्छ,’ मोडलसमेत रहेकी थापाले भनिन्।

    उनका अनुसार, नराम्रा खाना बालबालिकाले खाएका छन् भने उनीहरूको दाँतमा किरा लाग्न सुरू गरिहाल्छ। खराब दाँतकै कारण बालबालिकामा पेटको समस्यादेखि अन्य विभिन्न समस्या देखिन सुरू गर्छ।उनले भनिन्, ‘मानिसको मुख सफा र स्वस्थ नहुँदा नै विभिन्न रोगको सुरूआत हुन्छ। स्वस्थ खाना खाएको छ तर किरा लागेको दाँतले उक्त खाना चपाएको छ भने त्यो रोगरहित छ भन्न सकिँदैन।’अन्य रोगका चिकित्सककहाँ पुग्दा आधा रोग निको भएको अनुभूति गर्ने बिरामी दाँतको डाक्टरसँग भने डराउँछन्। किनभने, दाँतको समस्या निकै पीडादायी रोग हो। यसलाई अन्य रोगको तुलनामा महँगो रोगका रूपमा पनि लिइन्छ।‘ठूला मानिस नै दाँतको समस्या खप्न नसकेपछि डेन्टिष्टकहाँ पुग्छन् भने बालबालिकाको त कुरै छाडौं,’ थापाले भनिन्, ‘अहिलेसम्म मेरो बच्चाको दाँत हल्का कालो भयो भनेर मकहाँ कुनै अभिभावक आएका छैनन्।’ समस्या अन्तिम अवस्थामा पुगेपछि मात्रै आफूकहाँ उपचारका लागि आउने गरेको उनको भनाइ छ।

    किन बिग्रिन्छ बालबालिकाको दाँत?
    दन्त चिकित्सक थापा बालबालिकाको दाँत बिग्रिनुको मुख्य कारण जंक फुड र गुलिया खानेकुरा भएको बताउँछिन्। ‘हिजोआज जंक फुड र गुलिया खानेकुरा बालबालिकालाई अधिक मात्रामा खुवाइन्छ, दाँत बिग्रनुको मुख्य कारण यही हो,’ उनले भनिन्।थापाका अनुसार जंक फुड या गुलिया चकलेट लामो समयसम्म दाँतमा अड्कन्छ। यसले तुरुन्तै दाँतमा अड्केका जंक फुडका टुक्रालाई एसिडमा परिणत गर्छ र दाँत गलाउन सुरू गर्छ।

    सूर्या थापा, दन्त चिकित्सक
    दूधे बालबालिकाको दाँतसमेत खराब भइरहेकोबारे उनले भनिन्, ‘कतिपय बच्चालाई बोतलमा राखिएको दूध चुसाएर या आमाले स्तनपान गराएरै सुताउने चलन छ, यो बच्चाको दाँतका लागि हानिकारक छ। यसलाई मेडिकल भाषामा ‘अर्ली चाइल्डहुड क्यारिज वा नर्सिङ बोतल क्यारिज’ भनिन्छ।’थापाका अनुसार पहिलो चरणमा आएका दाँत बिग्रिए पनि अभिभावकले अर्को दाँत राम्रो आउने आशामा उपचार गराउँदैनन्। बालबालिकाको दाँत खराब हुनुमा यसले पनि भूमिका खेल्छ।बालबालिकाको दाँत पहिलो चरणमा खराब बनेको छ भने नयाँ दाँत पलाउने समय नहुँदै झर्न थाल्छ। दन्त चिकित्सक थापाले भनिन्, ‘यसरी नयाँ आउनेभन्दा पहिले नै झर्दा पछि आउने दाँतले बाटो पहिल्याउन सक्दैन। जसले गर्दा नयाँ दाँत आउँदा बाङ्गो-टेडो बनेर आउने, खप्टिने या फिट्टा भएर आउने हुन्छ।’आजभोलि अधिकांश स्कूल पढ्ने बालबालिकाका दाँत तारले बाँधेको भेटिनुको कारण दूधे दाँतलाई हेलचेक्र्याइँ गर्दाको परिणाम भएको उनले बताइन्। यसबाहेक वंशाणुगत कारणले पनि दाँत खराब बन्छ। कतिपय अवस्थामा बालबालिकाको दाँत नियमितरूपमा ब्रसिङ र फ्ल्सिङको अभावमा पनि खराब बन्नसक्छ।

    कसरी जोगाउने त?
    दन्त चिकित्सक थापा यसको सबैभन्दा गतिलो उपाय बालबालिकालाई गुलियो र जंक फुडबाट टाढा राख्नुपर्ने बताउँछिन्। ‘दिनमा तपाईंको बच्चाले एक/एक घण्टामा जंक फुड या गुलियो खान्छ भने त्यसलाई लम्ब्याएर दिनमा एकचोटी मात्रै दिने गर्नुहोस्। बच्चाले जंक फुड या गुलियो खाइसकेपछि राम्रोसँग कुल्ला गर्ने या ब्रस गर्ने बानी बसाल्नुहोस्,’ उनले भनिन्।दाँतमा कुनै समस्या नहुँदा पनि हरेक छ महिनामा चिकित्सकलाई देखाउनुपर्ने चिकित्सक थापाको सुझाव छ। यसो गर्दा बालबालिकाको दाँत स्वस्थ राख्न सकिने उनको भनाइ छ।गुलियो खानेकुरा बालबालिकालाई मात्रै हैन, ठूला मानिसलाई समेत मनपर्छ। ‘यसको गतिलो उपाय भनेको खाना खाइसकेपछि डिजर्डको रूपमा गुलिया खानेकुराको प्रयोग गर्नु हो,’ उनले भनिन्, ‘खाना खाइसकेपछि गुलिया खानेकुरा खान्छन्, अनि दाँत माझ्छन्, यसले दाँतमा कुनै समस्या पुर्‍याउँदैन।’बालबालिकाको दाँत छ महिनामा एकपटक दन्त चिकित्सकलाई देखाउनुपर्ने हुन्छ। तर, समस्या जटिल बनेपछि मात्रै आउने गरेको थापाले बताइन्।‘दूधे बालबालिका जसको एक/दुई वटा मात्रै दाँत आएका छन्, उनीहरूलाई सुताउनुअघि नरम कपडा र पानीले सफा गरिदिनुपर्छ। दाँत सफा भइसकेपछि दूध खुवाउनु हुँदैन,’ थापाले भनिन्, ‘यदि बच्चाको दूध चुसेर मात्रै निदाउने बानी छ भने बोतलमा पानी दिन सकिन्छ। यसले बच्चाको दाँतलाई फाइदा गर्छ।’बालबालिकाको दाँत स्वस्थ राख्ने अर्को उपाय भनेको बिहान, बेलुकी अनिवार्य ब्रस गर्नु हो। थापा भन्छिन्, ‘बालबालिकाको दाँत माझ्नका लागि मञ्जन र ब्रस छुट्टै पाइन्छ। चिकित्सकको सल्लाहमा त्यस्ता ब्रस र मञ्जन दिन सकिन्छ।’बालबालिकालाई बदाम, काजुजस्ता खानेकुरा खुवाउँदा दाँतका लागि पनि फाइदाजनक हुने उनले बताइन्। ‘यदि तपाईंको बच्चाले थुक्न जान्ने भएको छ भने सुगर फ्रि चुइगम दिन सकिन्छ, यसले दाँतलाई फाइदा गर्छ,’ उनले भनिन्।दाँतमा कुनै समस्या नहुँदा पनि हरेक छ महिनामा चिकित्सकलाई देखाउनुपर्ने चिकित्सक थापाको सुझाव छ। यसो गर्दा बालबालिकाको दाँत स्वस्थ राख्न सकिने उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न
  • लागुऔषधसहित प्रहरी जवान पक्राउ
  • नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण
  • भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    घण्टाघरको ट्राफिक लाइट सञ्चालनमा नआउँदा ट्राफिक प्रहरीप्रति मेयर सिंहको आक्रोश

    बिराटनगरमा जतुवा खानेपानी तथा सरसफाइ आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण, सेवा शुभारम्भ

    पर्सा जिल्लामा संघीय मन्त्री राजकुमार गुप्ता र व्यवसायी प्रतिनिधिबीच भेटघाट तथा अन्तरक्रिया सम्पन्न

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    News

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    News

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    News

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    News

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑