• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘कांग्रेसको अन्तरघात’ डरले सुरक्षित देखेनन् प्रचण्डले चितवन ?

  • वीरगंज संजाल
  • २० आश्विन २०७९, बिहीबार १८:२५
  • १९७७

    वीरगंज । “प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र, चितवन क्षेत्र नम्बर ३ परिवर्तन गरी अन्य जिल्लाबाट उमेदवार बन्ने समाचार सुन्नमा आएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ । मुलुक संविधान, लोकतन्त्र, शान्ति र विकासका लागि उहाँले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक हुन्छ । मंसिर ४ गते सम्पन्न हुने संघीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनुहुन अपिल गर्ने निर्णय गरिन्छ,” चितवनमा रहेका गठबन्धनका पाँच दलका स्थानीय नेताले दसैंको अघिल्लो दिन एक विज्ञप्ति जारी गर्दै यसरी अपिल गरे । कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले यस्तो अपिल गरेको हो । केही समयअघि पोखरा पुगेका माओवादी अध्यक्ष प्रचण्डले आफूले अहिले चितवनबाहेक अन्य क्षेत्रमा जाने विषयमा सोच्दा पनि नसोचेको बताएका थिए । माओवादीका एक प्रभावशाली नेताले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा भने, “अहिलेको अवस्थामा उहाँ चितवनभन्दा गोरखा जाने बढी सम्भावना छ तर अझै निर्णय भइसकेको भने छैन ।”उनको भनाइमा प्रचण्डका लागि चितवनभन्दा गोरखा बढी सुरक्षित छ । चितवनबाट प्रचण्डलाई भेट गर्न आएको एक टोलीसँग पनि प्रचण्डले कांग्रेसभित्रको विवादका कारण चितवन ‘आफ्ना लागि जोखिम’ रहेको टिप्पणी गरेका थिए ।

    “चितवनमा कांग्रेसमा कोइराला समूह बढी प्रभावशाली देखिन्छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने, “कांग्रेसको त्यो समूहले भित्रैबाट सहयोग गरेन भने चुनाव जित्न पनि कठिन हुन सक्छ । चुनाव त त्यहाँ बसेर जितिएला तर देशमा अन्य क्षेत्रमा यहाँको असर पर्न सक्छ । गोरखा भयो भने त्यहाँका साथीहरुले तपाइँ अन्य क्षेत्रमा हिँड्दा पनि हामी चुनाव जिताउछौँ भन्नुभएको छ ।” माओवादीका ती प्रभावशाली नेताले चितवनमा प्रचण्डलाई हराउन राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिको चलखेल बढी हुन्छ । “स्थानीय तहको चुनावमै रेणु दाहाललाई हराउन सिंगो शक्ति लागेको थियो, कैयौँ अन्तर्राष्ट्रिय समुदायका व्यक्तिहरु पनि उनलाई हराउन चितवन केन्द्रित भएका थिए तर सकेनन्,” उनले भने, “प्रचण्डविरुद्ध अहिले कोइराला समूह, नेकपा एमाले, राप्रपा, अन्य समूह लाग्ने देखेका छौँ ।” प्रचण्डलाई जिल्लाबाटै पराजित गर्न सकिए चुनावपछि बन्ने सरकारमा पनि सहज हुने कांग्रेसमा कोइराला समूहको आकलन रहेको ती नेताको टिप्पणी छ । यो विषयमा गठबन्धनको बैठकमा पनि छलफल भएको एक नेताले बताए । “गठबन्धनको बैठकमा प्रचण्डले गोरखा जाने मनसाय पनि व्यक्त गर्नुभएको छ,” कांग्रेसका एक नेताले भने, “शेरबहादुर देउवा र माधव नेपालले तपाइँले रोजेको ठाउँ जानुस् भन्नुभएको छ ।”त्यसैले प्रचण्ड गोरखा–२ मा जाने सम्भावना बढी भएको गठबन्धनका एक नेताले बताए । गोरखा–२ पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्र हो । “प्रचण्डले पनि गठबन्धनको बैठकमै गोरखा जान्छु होला भन्नुभएको छ । सहज जित र माओवादीको बलियो आधार भएकाले गोरखा जाने चाहना हुनसक्छ,” गठबन्धनका ती नेताले भने । बाबुराम भट्टराईले निर्वाचन नलड्ने घोषणा गरिसकेका छन् । यस्तो अवस्थामा प्रचण्ड त्यहाँ जाने सम्भावना बढेको हो । कांग्रेसका नेताले जस्तै माओवादीका एक पदाधिकारीले पनि चितवनमा जोखिम भएकाले जितको सहज सुनिश्चितताका लागि गोरखा पनि प्रचण्डको रोजाइमा परेको बताउँछन् ।

    ती पदाधिकारीले भने,“चिवतनका कांग्रेस कार्यकताले अन्तर्घात गर्नसक्ने सूचना हामीले पाएका छौं । यसबाहेक उहाँलाई हराउन राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिको सहकार्य पनि हुनसक्छ । हाम्रो सुप्रिमो नै हार्ने अवस्था आयो भने त्यसले पार्टी र राष्ट्रिय राजनीति नै संकटमा पर्छ भन्ने हाम्रो बुझाई हो ।”यसबाहेक खुफिया एजेन्सी, सुरक्षा निकायलगायतले पनि चितवनमा जोखिम हुनसक्ने सूचना दिएपछि उनी निर्वाचन क्षेत्र फेर्ने मनसायमा पुगेका हुन् ।पछिल्लो एक दशकमा सबैभन्दा बढी निर्वाचन क्षेत्र फेर्ने शीर्ष नेतामा प्रचण्ड पर्दछन् ।०७४ सालको चुनावमा गोरखा–२ मा तत्कालीन वाम गठबन्धनका उमेदवार बनेका माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ बाबुराम भट्टराईसँग पराजित भएका थिए ।श्रेष्ठ अहिले राष्ट्रिय सभा सदस्य छन् । माओवादीले राष्ट्रियसभामा भएकालाई उमेदवार नबनाउने भएपछि डा. बाबुरामले छाडेको अवस्थामा प्रचण्ड बलियो उमेदवार हुनेछन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गोरखा–२ अन्तर्गत वडामा माओवादीको जनमत बलियो देखिन्छ । माओवादीले २२ हजार २५०, कांग्रेसले २१ हजार ५७८, एमालेले ७ हजार ४८४, जसपाले ७ हजार ५०४ मत प्राप्त गरेको थियो । एमालेको प्रभाव निकै कम भएको हुँदा र अन्य शक्तिको चलखेल पनि कम हुन सक्ने आकलन गर्दै प्रचण्डको रोजाइ गोरखा भएको माओवादीको टिप्पणी छ । तर चितवन नजाने भन्ने अहिलेसम्म निर्णय भने भइसकेको छैन । कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले भने, “चितवन छाडिसकेको भनेर औपचारिकरुपमा यहाँ जानकारी गराइएको छैन । गोरखा जाने हल्ला हामीले पनि सुनेका छौँ ।”कोइराला चितवनका कांग्रेस नेता हुन् । गोरखा माओवादीले पनि प्रचण्डलाई आफ्नो जिल्लामा उमेदवार बन्न आग्रह गर्दै भेट गरिसकेको छ । “गोरखामा उमेदवार भएँ भने म अन्य निर्वाचन क्षेत्रमा पनि डुलेर गठबन्धनका अरु ८–१० उमेदवार जिताउन सक्छु,” प्रचण्डको भनाइ उद्धृत गर्दै गोरखाका एक स्थानीय नेताले भने, “चितवन हो भने त्यहीँ केन्द्रित हुनुपर्ने भयो । त्यहाँ अलि बढी केन्द्रित हुँदा अन्य क्षेत्रको अवस्था विग्रन सक्ने देखियो ।”

    चितवनमा प्रचण्डलाई कांग्रेसकै भर, नभए संकट

    दुईपटक प्रधानमन्त्री भइसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो समयको निर्वाचन क्षेत्र चितवनको क्षेत्र नम्बर–३ हो । यो निर्वाचिन क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्छन् । स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने यो निर्वाचन क्षेत्रमा माओवादी केन्द्र निकै कमजोर देखिन्छ ।

    गठबन्धन गरेर भरतपुमा महानगरपालिकाको प्रमुख माओवादीले जितेको थियो भने माडी नगरपालिका पराजित भएको थियो । भरतपुरमा माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालले निर्वाचत जितेकी थिइन् ।उनले यसअघि गरेका कामकै कारण निर्वाचन जित्न सहज भएको कतिपयको बुझाइ छ । तर धेरैजसोले गठबन्धनका कारण नै सहज भएको टिप्पणी पनि गर्छन् । चितवन–३ मा वडागत रुपमा सबैभन्दा धेरै एमालेसँग २९ हजार ७५३ मत रहेको छ । सबै वडामा उमेदवारी नदिएको कांग्रेसले २९ हजार ३ सय ५३ मत ल्याएर एमालेलाई टक्कर दिएको छ । माओवादीले भने १० हजार ९५८ मत पाएको छ । एकीकृत समाजवादीसँग ५ हजार ७३७ मत छ ।

    यसरी हेर्दा हालको सत्ता गठबन्धन बलियो त देखिन्छ तर कांग्रेसले अन्तरघात गरेमा भने प्रचण्डलाई जोखिम देखिन्छ । सत्ता गठबन्धनमा रहेको दल एकीकृत समाजवादीसहितको मत हेर्दा भने गठबन्धनको मत दायाँबायाँ नभए प्रचण्डलाई सहज देखिन्छ । तर, वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले र राप्रपाबीच तालमेल भएको थियो । यो निर्वाचनमा पनि एमाले र राप्रपाबीच तालमेलको तयारी छ । केन्द्रबाटै तालमेलको तयारी गरिएको दुवै पार्टीका नेताहरु बताउँछन् । राप्रपाले स्थानीय तहमा वडागत रुपमा ६ हजार ९९८ मत ल्याएको छ । स्वतन्त्रसहित साना दलहरूसँग २ हजार ५०५ मत रहेको छ । गठबन्धनमा रहेका दलहरु जसपा र राष्ट्रिय जनमोर्चासँग जम्मा १२२ मत रहेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । एमालेले राप्रपा र स्वतन्त्रसहित साना दलको मत थप्न सक्यो भने उसँग ३९ हजार २५९ मत पुग्नेछ । जबकि प्रचण्डलाई कांग्रेस, एकीकृत समाजवादी, जसपा र जनमोर्चासहितको गठबन्धनले सहयोग गरे ४६ हजार १७० मत पुग्ने देखिन्छ । गठबन्धनको मत एमालेको भन्दा ६ हजार ९११ मात्रै बढी हो ।

    त्यसमा यसपल्ट कांग्रेसले अन्तरघात गर्ने, स्वतन्त्र उमेदवारले मत काट्दा प्रचण्डलाई सहज देखिँदैन । २०७४ मा भएको निर्वाचनमा प्रचण्ड वाम गठबन्धनको सहयोगमा यहीँबाट चुनाव लडेका थिए । उनले ४८ हजार २७६ मत ल्याएका थिए । कांग्रेसले राप्रपाका विक्रम पाण्डेलाई सघाउँदा ३८ हजार ९३५ मत आएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑