• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेरिका र दक्षिण कोरियाले पनि गरे क्षेप्यास्त्र प्रक्षेपण

  • वीरगंज संजाल
  • १९ आश्विन २०७९, बुधबार ०८:११
  • १७४५

    वीरगंज | उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेसँगै त्यसको जवाफमा अमेरिका र दक्षिण कोरियाले पनि मिसाइल प्रक्षेपण गरेका छन् । मंगलबार मात्र उत्तर कोरियाले जापानी आकाशमाथिबाट परिक्षण गरेको इन्टरमिडियट रेन्ज ब्यालेस्टिक मिसाइल (आईआरबीएम) यसअघिका मिसाइलको तुलनामा धेरै शक्तिशाली भएको अमेरिकाले बताएको छ । उक्त मिसाइल उत्तर कोरियाको पेनिन्सुला र जापानी भूभागको बीचमा अवस्थित समुद्रमा खसालिएको थियो ।

    प्योङयाङले गरेको उक्त परीक्षण जापानको आकाशमाथिबाट गरिएको सन् २०१७ पछिकै यो पहिलो मिसाइल परीक्षण भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । उत्तर कोरियाद्वारा गरिएको ब्यालेस्टिक मिसाइल परीक्षणको जवाफमा अमेरिकाले पनि अमेरिकाद्वारा निर्मित ‘आर्मी टेक्टिकल मिसाइल सिस्टम’ नामक मिसाइल प्रक्षेपण गरेको छ । बुधबार सीएनएनसँग बोल्दै अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले उत्तरले गर्न सक्ने सम्भावित आक्रमणको सामना गर्ने सैन्य क्षमता आफूहरूसँग भएको र त्यसको जवाफ दिन आफूहरू तयार रहेको भन्ने देखाउनका लागि उक्त मिसाइल प्रक्षेपण गरिएको बताएका छन् ।

    दक्षिण कोरियाद्वारा प्रक्षेपण गरिएको मिसाइल भने प्रक्षेपण गरिएको केही समयमै दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि ब्यालेस्टिक र परमाणु हतियारको परीक्षण गर्न प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले भने पटक-पटक यस्ता क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।
    जापानी प्रधानमन्त्री फुमिओ किशिदाले उत्तर कोरियाली कार्यको कडा शब्द भर्त्सना गरेका छन् । उनले त्यस कार्यलाई ‘हिंस्रक’ कार्यको संज्ञा दिएका छन् । सो घटनापछि जापानले राष्ट्रिय सुरक्षा परिषद्को बैठकसमेत बोलाएको थियो ।

    उत्तर कोरियाले जापान र अमेरिकाको ध्यानाकर्षण गर्नका लागि मिसाइल प्रहार गरेको बताइएको छ । दुवै देशले उत्तर कोरियाका नेता किम जोङ उनलाई कुनै महत्त्व नदिएपछि जापानी आकाशमा मिसाइल प्रहार गरेको हुन सक्ने जापानी अधिकारीहरूले बताएका छन् । उत्तर कोरियाले गरेको परीक्षणलाई लिएर जापान सरकारलगायत अन्य मुलुकका सरकारले समेत चासो देखाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑