वीरगंज । रुसको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
रुसको मध्य क्षेत्रमा रहेको विद्यालयमा भएको गोलीकाण्डमा अरु २४ जना घाइते भएको रुसी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजेभ्स्कमा करिब एक हजार विद्यार्थी अध्ययनरत विद्यालयमा गोलीकाण्ड भएको हो । मृत्यु हुनेमा ११ जना बालबालिका समेत छन् ।
यस्तै दुई शिक्षक र दुई सुरक्षागार्डको पनि मृत्यु भएको छ । आक्रमणकारीले आफैलाई पनि गोली हानेका छन् । उनको पनि मृत्यु भएको जनाइएको छ । आक्रमणकारी सोही विद्यालयका पूर्व विद्यार्थी हुन् । घाइते हुनेमा अधिकांश बालबालिका छन् । घाइते मध्ये दुई जनामात्रै वयश्क हुन् ।