वीरगंज । अश्लील शीर्षक राखेर भिडियो बनाउने ‘फोर रियल टीभी’का सञ्चालक परेका छन् । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–७ घर भई काठमाडौं बौद्ध तीनचुले बस्दै आएका २२ वर्षीय प्रवेश लामा छन् ।
उनलाई साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो । उनले युटुब च्यानलमार्फत अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने किसिमका भिडियोहरू बनाएर युटुबलगायत समाजिक सञ्जालमा पोस्ट गरेको ब्युरोले जनाएको छ ।
उनीमाथि अनसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको छ ।