काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य चोकमा आज दिउँसो सवारी साधन आवगमनमा केही अवरोध देखिएको छ ।
ट्राफिक व्यवस्थापनको क्रममा केही समय रोकिनु पर्ने अवस्था रहेको ट्राफिक प्रहरी कन्ट्रोल रुमले जनाएको छ । गौशाला, चावहिल, महाराजगंज, नैकाप, सतुंगल, कुपण्डोल, थापाथली, माइतीघर, त्रिपुरेश्वरमा केही समय रोकिनु पर्ने अवस्था छ ।
कालीमाटी, टेकु, केशरमहल, लैनचौर, कोटेश्वर, लोकनथली, चोकमा पनि सवारी साधन रोकिनु पर्ने अवस्था रहेको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाको अन्य स्थान तथा नाकाहरूको सवारी आवागमन भने सामान्य रहेको छ ।