वीरगंज । गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले ठाकुरराम बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरेको छ । पुर्वप्रधानमन्त्री एंव नेपाली काँग्रेसका पुर्वसभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९९ औं जन्मजयन्तिको अवसरमा फाउण्डेशनले सोमबार क्याम्पस परिसरमा वृक्षारोपण गरेको हो ।
क्याम्पसको पुस्तकालय देखि छात्रावास सम्मको खाली जग्गामा आँप , अम्बा , लिच्ची ,जामुन, टिक र सत्तीसाल प्रजातिका २ सय ५० वटा विरुवा रोपिएको फाउण्डेशनका कोषाध्यक्ष मनोहर साहले जानकारी दिए ।
फाउण्डेशन पर्साका अध्यक्ष महम्मद शाहबुद्धिनको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा संविधानसभा सदस्यद्वय राजेन्द्र बहादुर अमात्य र अनिल रुंगटा, काँग्रेसका जिल्ला उपसभापति अशोक कुमार गुप्ता , काँग्रेसका महानगरसभापति मणिन्द्र्रलाल नेपाली श्रेष्ठ , क्षेत्रीय सभापति अरविन्द गुप्ता , ,पर्सागढी नगरपालिकाका पुर्वमेयर लोकनारायण यादव ,महाधिवेशन प्रतिनिधी दिना गुप्ता ,काँग्रेस महानगर सहसचिव दिपपक साह, काँग्रेस नेताहरु शम्भु चौहान, रोशन लामिछाने ,फाउडेशनका सचिव धिरज कुमार गुप्ता , सदस्यहरु दिलिपराज कार्की , प्रिति सिंह , दिपेश श्रीवास्तव, लगायतको सहभागीता रहेको थियोे । मधेश खबरबाट साभाल गरिएको