वीरगंज । भारतीय दुतावासमा कार्यरत भारतीय सुरक्षागार्डले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।
लैनचौरस्थित दुतावासमा कार्यालय समयमै सुरक्षागार्ड ३२ वर्षीय दीपक सिंहले आत्महत्या गरेका हुन् । उनी इन्डियन आर्मीको कमान्डो भएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए ।
दूतावासको घटनामा भारतीय पक्षले नै अनुसन्धान गरी शवको जिम्मा लिने बताइएको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । करिब आठ वर्ष अघि दूतावासमा यसैगरी सिपाहीले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका थिए ।