वीरगंज । पर्सा क्षेत्र नम्बर १ सांसद प्रदीप यादव संघीय सरकारको मन्त्री बन्ने निश्चित भएको छ । यादवलाइ वन तथा वातावरण मन्त्रीकाे जीम्मा दिइएकाे छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मेगेन्द्रकुमार सिंह यादव, भौतिक पुर्वाधार तथा यातायातमा मोहम्मद इस्तियाक राई र वन तथा वातावरणमा प्रदीप यादवलाई नियुक्त गरेकी हुन् ।