• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओझेलमा परेको छिमेक र फ्रि–तिब्बत आन्दोलन !

  • वीरगंज संजाल
  • १८ असार २०७९, शनिबार १२:५३
  • २३०१

    चीनभन्दा पनि धेरै पुरानो र एैतिहासिक सम्बन्ध नेपाल–तिब्बत बिचको हो । दक्षिण जस्तै उत्तरसँगको सम्बन्ध पनि ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक समानतामा आधिरित सम्बन्ध थियो, तिब्बत स्वतन्त्र हुँदासम्म । जुन अहिले ओझेलमा परेको छ । नेपाल र तिब्बत बिचको सम्बन्धलाई चिनसँग कुनै प्रकारले तुलना गर्न सकिँदैन । तिब्बतसँगको सौहार्दता, मित्रता र सहयोग दुवै देशका सिमावर्ती जनता बिचका अनुयाश्रीत सम्बन्धको रुपमा इतिहासकालदेखि नै रहँदै आएको थियो । जुन चिनको तिब्बती अतिक्रमणपछि धरापमा गरेको हो । एतिहासकालमा नेपालको उत्तरी व्यापार सिल्क रोडको माध्यमबाट आफगानिस्तानसम्मको तिब्बतबाटै भए पनि अहिलेको उत्तरी नाकाहरु चिनिया मर्जीमा खुलने र बन्द हुने गरेका छन् । काठमाडौँका राजा अंशुबर्माकी छोरी भृकुटीको बिबाह तिब्बती राजा स्रोङचोङ गम्पोसँग भएको देखिनै नेपालको तिब्बतसँगको बैबाहिक सम्बन्ध रहेको इतिहास छ । स्यामुकापुझैं उत्तरी छिमेकसँगको इतिहासको चिनारी बोकेको अर्को प्रतीक हो – नेपाली वाणिज्य दूतावास । नेपाल–तिब्बत व्यापारलाई सहजीकरण गर्ने उद्देश्यले सन् १८५६ मा भाखोरमै खोलिएको थियो । जो अहिले पनि तिब्बत भरिको एक मात्र विदेशी कूटनीतिक नियोगको रूपमा क्रियाशील छ । तर त्यो अचेल भाखोरमा छैन । अलि पर दलाई लामाको समर प्यालेस रहेको नोर्बुलिंकामा सारिएको छ । तिब्बतमा कुनै बेला नेपाली मुद्रा पनि चल्थ्यो । तिब्बतका नेपालीलाई दसैं र ल्होसारका बेला चामल, घिउ, मैदा आदि बाँड्ने चलन वाणिज्य दूतावासले बसालेको रहेछ । नेपालको उत्तरि छिमेक आफैमा स्वतन्त्र मुलुक थियो, जसको नेपालसँगको सम्बन्ध वास्तविक स्वतन्त्रमा अधारित थियो । तर सन् १९४९ मा चीनीया कम्युनिस्टको आक्रमण पछि उक्त हिमाली क्षेत्रको परिस्थति फेरियो अनि विवादित इतिहासको जग त्यहीँबाट सुरु भएको हो । राष्ट्र र राष्ट्रियताको लागि दशकौंदेखि हुँदै आएको यो आन्दोलन किन हुने गर्छ र यसलाई कसरी हेरिनु पर्छ ? भन्ने प्रश्न विश्व समुदाय बिच चाँसोको विषय रहेको छ । सन् १९६० देखि तिब्बती बौद्ध भिक्षुहरुले तिब्बतमा आन्दोलन गरिरहेका छन् । आन्दोलनको स्वरुप र मागहरु चाहिँ राष्ट्र, राष्ट्रियता र पहिचारको लागि धार्मिक दृष्टिकोणससँगै राजनीतिक दृष्टिकोणले प्रेरित भएको देखिन्छ ।आन्दोलनको समर्थनमा विश्व समुदायका गायक र ‘पप स्टार’ एवं हलिउडका कलाकारहरुले समेत सहभागीता जनाउँदै फरक कार्यक्रमहरु गर्दै आएका छन् । यसका समर्थकहरुले चीनमा हुने गरेका अन्तर्राष्ट्रिय महत्वका कार्यक्रमहरु बहिस्कार गर्ने माग समेत हुँदै आएका छन् । जस्तै २००८ को अगस्त महिनामा चीनमा भएको ओलम्पिक खेलपनि बहिस्कार गर्नुपर्छ भन्ने तर्क आएको थियो ।

    सन् १९५० अक्टुबर ७ तारिखमा माओत्सेतुङको सेना तिब्बत पस्यो । चिनीया सैनिकले अक्टुबर १९ मा चाम्डु सहर बाहिरको क्षेत्र आफ्नो नियन्त्रणमा लिएपछि तिब्बतीहरुको राष्ट्रियता धरापमा परेको हो । झन्डै आठ महिनासम्म चीनको कब्जा र बढ्दो दबावमाझ तिब्बतका धार्मिक नेता दलाईलामा सन १९५९ मा आफ्नो मातृभूमि छाडेर भागेपछि शरणार्थी बन्न पुगेका हुन् । त्यसपछि चिनले आफ्नो अधिपत्य स्थापित गर्न विभिन्न षडयन्त्र रचदै तिब्बतको आन्दोलन दबाउन तिब्बतमा अभियान चलाउँदै आएको छ । नोबेल शान्ति पुरस्कार विजेता दलाई लामा चिनले दाबी गर्दै आएको सन्धिलाई अमान्य मान्छन् । त्यो आफूले गरेको हस्ताक्षर एउटा असहाय सरकारमाथि दबाव दिएर इच्छाविपरीत गराइएको सन्धि मात्रै भएको बताउने गरेका छन् । १५ बर्षको उमेरमा चिनले आफ्नो घेरामा परेर गरेको सम्झौतालाई निर्वासित तिब्बती समुदाय त्यसलाई ‘आक्रमण र कब्जा’ को संज्ञा दिँदै आएको छ ।
    चीनमाथि दबाव बढाउँदै अमेरिकी संसद्ले तिब्बतको समर्थनमा विधेयक पारित गरेपछि अमेरिका चिनबिचको सम्बन्ध चिसिएको छ । तिब्बती नीति र समर्थन अधिनियम (टीपीएसए) लाई अमेरिको दुबै सदनले १ दशमलव ४ ट्रिलियन डालर सरकारी खर्चको विधेयक पास गरेको छ । यो अधिनियमले चिनको त्यस्ता सबै अधिकारिहरुको आर्थिक विजामा प्रतिबन्ध लगाउछ, जसले दलाई लामाको उत्तराधिकारको बिषममा हस्तक्षेपकारी भूमिका निभाउछन् । साथै यस कानुनको अनुसार चीन अब अमेरिकामा कुनैपनि नयाँ कन्सुलेट खोलनु भन्दा पहिला ल्हासामा अमेरिकाको कन्सुलेट स्थापित गर्न स्वीकृती दिनु पर्दछ । अमेरिकी सदनको यो निर्णयले केन्द्रीय तिब्बती प्रशासनलाई हौस्याएको छ । प्रशासनका राष्ट्रपति लोबसांगले यसलाई ‘तब्बती नगरिकहरुको लागी यो ऐतिहासिक घटना हो’ भनेका छन् । चीनसँगको मित्रताको प्रयासमा सिथिल बनेको तिब्बती आंदोलनको पक्षमा उभिएर दशकौंपछि आफूले गरेको ठूलो गल्तीलाई अमेरिकी सरकारले सच्याएको छ । परिणमस्वरुप वैश्विक भू–राजनीतिक परिदृश्य ठूलो परिवर्तन देख्न थालिएको छ । यता नेपालमा पनि अमेरिकी प्रतिनिधिको भ्रमण बाक्लिएको छ । अमेरिकी विदेश मन्त्रालयमा नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेशमन्त्री उज्रा जियाको भ्रमणले तिब्बती आन्दोलनलाई मलजलगरी फर्केकी छन् । अमेरिकी प्रशासनको तिब्बती मामिला हेर्ने संयोजक समेत रहेकी जिया नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५औँ वर्षका अवसरमा नेपाल आएकी थिइन् । यद्दपी दलाई लामासँग भेट गरेर उपविदेशमन्त्री जिया नेपाल भ्रमणमा आउँदा चिनियाँ पक्षले पनि गहिरो चासो व्यक्त थियो । तर अमेरिकाको अगाडि चिनको खासै चलेको छैन । एमसिसी मुद्दामा पनि चीन र अमेरिकाबीच वक्तव्यबाजी भएकै हो । भारत भन्दा पनि चीनको धेरै चिन्ता अमेरिका वा अरू पश्चिमा मुलुकहरूबाट भएको चिनियाहरु भन्दै आएका छन । ‘साउथ चाइना सी, इन्डो–प्यासिफिक क्षेत्रमा विस्तार भएको अमेरिकी प्रभाव र नेपालमा एमसिसी पारित भएपछिको निश्चयनै वैश्वीक राजनितिको केमेस्ट्रीमा ठुलो परिवर्तन आएको हो । भूकम्प पछि चिनको अपरेशन ‘दलाई लामा’ तिब्बतको आन्दोलनलाई दबाउन चिनले समयसमय चलाउँदै आएको विभिन्न आभियान भूकम्प पछि पनि जारी राखेको छ । चिनीया राष्ट्रपतिले १५ हजार तिब्बतीहरुलाई स्थानान्तरको योजना तिब्बतमा लागु गरेका छन । उनले उच्च पहाडि भूमागमा रहेका तिब्बतीहरुलाई कोलोनी बनाएर सार्ने योजना हालै तिब्बतमा लागु गरेका छन । जसको मुख्य उदेश्य तिब्बतीहरुलाई नियन्त्रण गर्नु नै हो । सिगात्सेमा अहिले नेपाल बुझ्ने र नेपाली बोल्ने ठुलो जमात बढेको छ । दुई वर्षअघिको भूकम्प पछि खासाका सबै बासिन्दालाई सिगात्से सारेर उतै बसोबास गराइएको छ । टेन्टमा रहेका तिब्बतीहरुलाई हाउजिङमा सारिएको छ । तिनलाई राजीखुसीले भने पक्कै लगिएको छैन । भुइँचालोले खासालाई चिराचिरा पारे पछि, त्यसबेला उद्धार गर्न आएका चिनियाँ सुरक्षाकर्मीले घर–घरमा दलाई लामाका तस्बिर र ‘फ्री तिब्बत’ गतिविधिका प्रमाण फेला पारेको कारण जबर्जस्ती ४५० किमि टाढाको सिगात्से पुर्‍याइएको हो । सिगात्सेका घरमा दलाई लामा छैनन्, त्यहाका घरमा सी जिनपिङका तस्बिर टाँगन लगाइएको छ । त्यति मात्र होइन उनलाई खासा पहिर्‍याएको पनि छ । तर त्यो इच्छाले हो कि देखाउन मात्र– त्यो भने प्रश्नकै बिषय छ ? खासाका तिब्बतीलाई बेखुसी व्यक्त गर्ने अधिकार पनि छैन् । थातथलो छाड्नु परेको पीडा मनभित्र पक्कै होला, तर अवसर र सम्भावनाको अभावसगै चिनिया सेनाको दमनले पनि उनीहरुलाई मौनबास बस्न बाध्य बनाएको छ । उसबेला खासाबाट ‘उठाइएको’ समूहमा तिब्बती मात्र रहेनछन्, त्यहाँ काम गर्न गएका र त्यतै बस्ने गरेका सिन्धुपाल्चोक र काभ्रेका नेपाली पनि करिब ५० जना छन ।

    विवादको आरम्भ
    हिमालयको उत्तरमा रहेको तिब्बत १२ लाख वर्ग किलोमिटर क्षेत्रमा फैलिएको आफैमा सार्भौम स्वतन्त्र राज्य हो । त्यसको इतिहासमा कयौँ आरोह–अवारोह छन् । सन् १९५१ को क्रममा पहिलो विद्रोह भयो । तिब्बतीहरूले चिनियाँ शासन मान्न अस्वीकार गरे । विद्रोह बढ्दै गयो र हजारौँ मानिसले ज्यानको आहुती समेत दिए । चीनको जनमुक्ति सेनाको हस्तक्षेपसँगै दुई साता चलेको भयङ्कर हिंसा पछि विद्रोह दबाउन चीन सफल भयो । चिनियाँ सेना बलियो थियो ।परिणामस्वरुप दलाई लामा देश छाडेर भारतमा शरण लिन बाध्य भए । त्यस दिनलाई तिब्बतनहरु एउटा दुःखद दिन मान्नेगरेका छन । त्योदिनदेखि तिब्बती नागरिकहरुको मुटुमा राष्ट्रियता अपहरितको घाउ बनाएको छ, जुन असन्तोषको घाउ अहिलेसम्म पुरिएको छैन । त्यही दिन तिब्बती नागरिकहरुले आफ्नो स्वतन्त्रता आधिकारिक रूपमा गुमाएका हुन । सन् १९५६ देखि सन् १९५९ को मार्च १० सम्म तिब्बतीहरूको आक्रोश उच्च थियो । जसको बिरोधमा अहिलेसम्म फ्रि तिब्बत आन्दोलन निरन्तर हुँदै आएको छ । सङ्घर्ष कसरी सुरु भयो? तेह्रौँ शताब्दीमा तिब्बत मङ्गोल साम्राज्यको भाग थियो । तर पछि प्रायः स्वायत्त रह्यो । सन् १८५० मा रुस र ब्रिटेनबीच मध्यएशियामा आधिपत्य जमाउने प्रतिस्पर्धा सुरु भयो र तिब्बत सरकारले विदेशीका निम्ति आफ्नो सीमा बन्द ग गर्‍यो, उनीहरूको प्रवेशमा प्रतिबन्ध लगायो।तर सन् १९६५ मा ब्रिटेनले धेरै चतुरतापूर्वक त्यस क्षेत्रको नक्साङ्कन गर्न सुरु गर्‍यो । सन् १९०४ मा दलाई लामाले कोर्नेल फ्रान्सिस यङ्हस्ब्यान्डको नेतृत्वमा चलिरहेको ब्रिटिश सैन्य अभियानलाई खोलिदिए । त्यसपछि संयुक्त अधिराज्य ब्रिटेनले कुनै पनि रुसी प्रस्ताव रोक्नका निम्ति तिब्बतलाई एउटा व्यापार सम्झौतामा हस्ताक्षर गर्न बाध्य पार्‍यो । दुई वर्षपछि ब्रिटेन र चीनबीच एउटा सन्धिमा हस्ताक्षर भयो जसमा ब्रिटेनले तिब्बतसँग जोडिएको मुद्दामा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता चीनसँग जनायो । उक्त सन्धिले तिब्बतमाथि चीनको कब्जालाई अनुमति दियो । सन् १९०८ र १९०९ बीच चीनले १३ औँ दलाई लामालाई बहाल गर्‍यो तर चीनले तिब्बतमा आफ्नो सेना पठाएपछि भागेर भारत गए । सन् १९१२ एप्रिलमा चिनियाँ सेनाले तिब्बती शासनका अगाडि घुँडा टेके किनकि त्यस बेला चीनमा तात्कालिक सत्ताको अन्त्य भई रिपब्लिक अफ चाइनको उदय भएको थियो । जब चीनको सेना देश फर्कियो अनि दलाई लामा पनि तिब्बत फर्किए। तिब्बतको निर्वासित सरकारका भनाइमा चीनले सन् १९१३ मा तिब्बतलाई पूर्वस्वतन्त्र देशको रूपमा मान्यता दिएको थियो । तिब्बतको आफनै खालको ‘राष्ट्रियता र पहिचान’ तिब्बतको राष्ट्रियता आधुनिकता भन्दा पनि परम्परागत खालको छ । उसँग विश्वको सबैभन्दा भिन्न किसिमको संस्कृति छ । त्यहाँको भाषा, धर्म र राजनीतिक प्रणाली निकै अनौठो छ । सन् १९१३ मे महिनामा १३ औँ दलाई लामाले तिब्बत एउटा स्वतन्त्र देश भएको घोषणा गरेका थिए । त्यसको आफ्नै राष्ट्रिय झण्डा, मुद्रा, राहदानी र सेना थियो । कैयौँ वर्ष स्वतन्त्र रुपमा चलेर्को तिब्बती सरकार माथी निर्ममता पूर्वक दमन गरियो । चीनको शासनकालमा १२ लाख भन्दाबढी तिब्बतीहरुको हत्या गरिएको दलाइलामा सरकारले भन्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑