वीरगंज । बारा जिल्लाको सूवर्ण गाउन्पालिकामा शुक्रबार दिउँसो चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बर्षासँगै चट्याङ पर्दा सूवर्ण गाउँपालिका वडा नम्बर ७ समफुलुवास्थित आफ्नो खेतमा काम गरिरहेका २० वर्षीय धिरज प्रसाद यादवको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
बारा प्रहरीका प्रवक्त एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेश थापाका अनुसार खेतमा काम गरिरहेको बेला अचानक चट्याङ् लागि यादवको घटनामै मृत्यु भएको थियो।चट्याङबाट अन्य एक बालिकासहिग दुईजना घाइते पनि भएको डिएसपी थापाले बताए । उनीहरु पनि यादवसँगै खेतमा काम गरिरहेका थिए ।
घाइते हुनेमा स्थानीय २८ वर्षीय नेतालाल पण्डित र भरोशा यादवकी छोरी ८ वर्षीय छोरी रुवी कुमारी रहेका छन् । घाइतेहरुको हाल स्थानीय अस्पतालमा उपचार चलिरहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।