• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा पर्यटन र हवाई सेवा

  • वीरगंज संजाल
  • १७ असार २०७९, शुक्रबार १४:१४
  • १९२५

    वीरगंज । नेपालमा पर्यटन व्यवसायले थोरै भए पनि गति लिन थालेको छ । संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभइनहुने एउटा माध्यम पर्यटन पनि हो र पर्यटनलाई बढावा दिने मुख्य साधन यातायात हो । यातायातबिना पर्यटन विकासको कल्पनै गर्न सकिँदैन । यातायातको असुविधाकै कारणले गर्दा पहाडी क्षेत्रहरूमा विकासको गति अत्यन्त मन्द हुन्छ । यस्ता क्षेत्रहरूमा यातायातका स्थल साधनहरू विकट पहाडी क्षेत्रहरूमा पु¥याउन अत्यन्त कठिन र जोखिमपूर्ण हुन्छ । त्यसैले त्यस्ता क्षेत्रहरूमा हवाई साधनको व्यवस्था गर्नु आवश्यक पर्छ । तर, हवाई साधनको व्यवस्था गर्न पनि महँगो पर्छ । नियमित उडान गराउन विविध समस्याका कारणले गर्दा अत्यन्त कठिन हुने भए तापनि त्यस्ता देशहरूमा स्थल यातायातभन्दा हवाई यातायात नै चाँडै व्यवस्था गर्न सकिन्छ । अत्यन्तै न्यून भूभाग मात्र सुगम र अत्यधिक भूभाग दुर्गम रहेको हाम्रो राष्ट्रमा अझैसम्म पनि कतिपय सुगम मानिने ठाउँहरूमा समेत यातायात सेवा पु¥याउन सकिएको छैन । हिमाली र पहाडी भेगमा पर्ने धेरैजसो स्थानहरू यातायातको सुविधाबाट वञ्चित रहेका छन् । यो स्थिति राष्ट्रकै लागि लाजलाग्दो कुरा हो । विकासको गतिलाई तीव्र बनाउने हो भने नेपालका हिमाली र पहाडी भेगका सबै ठाउँमा यातायातको विस्तार गर्नु अत्यावश्यक देखिन्छ । हिमाली प्रदेशमा राजमार्गको निर्माण गर्नुपर्ने प्रस्ताव भर्खरै आएको छ । सरकारको इच्छाशक्ति, विश्वसनीयता र जन परिचालन हुने हो भने यो काम कठिन र असम्भव हुँदै होइन । नेपालको पर्यटन विकासमा यातायातका यस्ता पक्षहरूले अहम् भूमिका खेल्न सक्छन् । नेपालको भू–धरातललाई दृष्टिगत गर्दा हवाई यातायातलाई पर्यटन प्रवद्र्धनका लागि प्रयोग गर्नु हाम्रो आवश्यकता र चुनौती दुवै हो । यसका लागि सरकारी नियन्त्रणको नेपाल वायुसेवा निगम (तत्कालीन शाही नेपाल वायुसेवा निगम) लाई सबल बनाउनु प्रथम कर्तव्य हुन आउँछ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्नु मात्र होइन, यातायातको सुविधा नभएका ठाउँहरूमा उपभोग्य वस्तुको ढुवानी गर्नु पनि हवाई सेवाको कर्तव्य हो । हाम्रो जस्तो हिमालै हिमाल र पहाडै पहाडले भरिएको मुलुकमा विदेशी पर्यटकहरूलाई भिœयाउन सक्नु र उनीहरूबाट विदेशी मुद्रा प्रशस्त आर्जन गर्न सक्नु हाम्रो राष्ट्रको प्रमुख कर्तव्य हो । यो कर्तव्यको निर्वाह गर्ने प्रमुख माध्यम नै हवाई सेवा हो । पर्यटन उद्योग नै देशविकासको मेरुदण्ड भएको हुनाले र पर्यटन उद्योगको विकास हवाई सेवाको क्रियाकलापमा नै निर्भर रहेको हुनाले यसको उचित संरक्षण र व्यवस्थापन गर्नु अत्यावश्यक छ । अनि मात्र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न र राष्ट्रको उन्नति गर्न हामीलाई सजिलो पर्नेछ । एकातिर नीति निर्माण तहमा रहेका व्यक्तिहरूको अदूरदर्शिताको कारणले गर्दा आन्तरिक तथा बाह्य दुवै प्रकारका पर्यटकहरूले समुचित सेवा पाउन सकिरहेका छैनन् भने अर्कातिर नेपालभित्रको आन्तरिक राजनीतिक द्वन्द्वबाहेक सीधा बाटो नपाएर पनि विदेशी पर्यटकहरू नेपाल आउन पाइरहेका छैनन् । अहिले परिस्थिति केही फेरिएको र राजनीतिक परिस्थिति पनि केही सङ्लो भएकाले अब पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य रूपमा वृद्धि हुने आशा सबैमा पलाएको छ । नेपाल वायुसेवा निगमले ६ वर्षअघिदेखि दोहा उडान थालेको र हालसालै मात्र रियाद उडान गरेपश्चात् विश्वका ठूला–ठूला वायुसेवा निगमहरूले उडान गर्ने दोहा, रियादसँग सीधा हवाई सम्पर्क भएकाले युरोप र अमेरिकाका पर्यटकहरू नेपाल आउन सजिलो भएको हुँदा पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य रूपमा अन्य देश भएर नेपालमा आउने पर्यटकहरूलाई सबैभन्दा महँगो भाडादर पर्न आए तापनि पर्यटन आगमनमा वृद्धि हुने आशा पलाउनु पनि स्वाभाविकै हो । खाडी राष्ट्रहरूमा काम गरिरहेका करिब १० लाख नेपाली मजदुरको आवतजावतमा पनि यो उडानले सुविधा पु¥याएको छ । दोहा, रियादसँग सीधा हवाई सम्पर्क भइरहेको कारणले गर्दा विदेशी पर्यटकहरूले भारत हुँदै नेपाल आउनुपर्ने बाध्यता पनि हट्न गएको छ । राष्ट्रका लागि यसलाई ठूलो उपलब्धि मान्नुपर्छ । पर्यटन व्यवसायका लागि सबैभन्दा ठूलो वरदान बनेको हवाई सेवाले विश्वलाई साँघुरो पार्दै लगी एउटा सानो गाउँमा परिणत गराउन अहम् भूमिका खेलेको छ ।

    यसैले गर्दा विश्वमा हवाईयात्रुको सङ्ख्यामा क्रमशः बढोत्तरी भइरहेको छ । अहिले प्रत्येक वर्ष दसौं लाखभन्दा बढी व्यक्तिले आन्तरिक हवाई यात्रा गरिरहेका छन् । हवाई सेवाकै कारणले पर्यटनलगायत सबै मुख्य बजारले उच्च वृद्धि हासिल गरेका छन् । हवाई सेवाकै कारणले चीन, हङकङ, इटाली र जर्मनीले आफ्ना उत्पादनहरू दोब्बरकै सङ्ख्यामा वृद्धि गरिसकेका छन् । विश्व पर्यटन बजारको आम्दानीमा वृद्धि भई ८ सय अर्ब डलरको हाराहारीमा पुगिसकेको छ । दक्षिण एसियाले कुल आम्दानीको १ प्रतिशत मात्र पाउन सके तापनि यसबाट युरोप र अमेरिकाको आम्दानीमा मनग्य वृद्धि भएको छ । चीनले पनि उल्लेखनीय वृद्धिको अभिलेख राखिसकेको छ । नेपालले पनि हवाई सेवाबाट आयआर्जन गर्ने त गरिरहेको छ, तर राजनीतिक द्वन्द्व, राजनीतिक हस्तक्षेप र समुचित व्यवस्थापनको अभावका कारण अपेक्षित लाभ लिन सकिरहेको छैन । विदेशी पर्यटकहरूको सङ्ख्यामा गिरावट आई भारतबाट नेपाल आउने पर्यटकमा समेत प्रशस्त सङ्ख्यामा कमी आइदिएकाले पनि नेपाललाई केही समस्या देखा परेको छ । अहिले वार्षिक सालाखाला १ सय ८० लाख डलरमात्र पर्यटन व्यवसायबाट नेपालले आम्दानी गर्ने गरेको छ । सन् १९९० को दशकदेखि हवाई यात्रुको सङ्ख्या विश्वमा नै बढिरहेको छ । हवाई यात्रुको सङ्ख्या बढेपछि सडक यात्रुको सङ्ख्याचाहिँ घटिरहेको छ । सडक यात्राले भन्दा हवाई यात्राले पर्यटकलाई बढी सुविधा दिएको कारणले यस्तो भएको हुन सक्छ । हवाई यात्राको प्रतिशत लगातार बढिरहेझैँ सडक यात्राको प्रतिशतचाहिँ लगातार घटिरहेछ । हवाई यातायातका क्षेत्रमा यो शुभसङ्केत हो । युरोपबाहेक अरू सबै क्षेत्रको पर्यटक परिवहनमा हवाई यातायातको प्रयोग ५० प्रतिशतभन्दा बढी नै हुने गरेको छ । विश्वभरका कुल १.५ अर्ब पर्यटकले हवाई यातायातमार्फत आफ्नो यात्रा तय गर्ने गरेका छन् । उता एसिया र प्रशान्त क्षेत्रका हवाई सेवाहरूले आफ्नो परिवहन क्षमता झन्डै १० प्रतिशतले बढाएका छन् । यिनलाई ८० प्रतिशतको विश्वव्यापी अनुमानको भन्दा अलि बढी नै अर्थात् ८५ प्रतिशत यात्रुभार प्राप्त भइरहेको छ । विश्वको हवाई यातायातको विकासको क्रमसँगसँगै हवाई यात्राको लागत कम गर्ने पद्धतितिर पनि ध्यान दिन थालिएको छ । आगामी दिनहरूमा हवाई सेवा र पर्यटनमा अरू चाप थपिई चर्को प्रतिस्पर्धा हुने स्थिति भएकाले लागत कम गर्नेतर्फ ध्यान जान थाल्नु स्वाभाविक पनि हो । यस क्षेत्रमा ठूला–ठूला एयरक्राफ्टजस्ता बोइङ ७७७ देखि एयरबस ३३० सम्म अन्तर्राष्ट्रिय एयरपोर्टमा जहाजहरू उत्रिन थालेका छन् । अब बढ्दो परिवहन धान्न विमानस्थलहरूको आफ्नो धावनमार्गलाई पनि अझै वृद्धि गर्नुपर्ने भएको छ । यसका साथसाथै द्रुत टिकेटिङ र उच्च अनुगमनको सुविधा पनि पूरा गर्नुपर्ने भएको छ र पर्यटकीय कागजातको द्रुत व्यवस्थापनको जरुरीसमेत पर्ने भएको छ । इन्टरनेटको व्यापक प्रयोग गरी समयानुकूल हुनु पनि आवश्यक छ भने ट्राभल एजेन्टहरूले प्रविधियुक्त हुनु पनि जरुरी छ । औजार व्यवस्थापन त्यसैअनुसार नियोजित हुनुपर्ने अर्को आवश्यकता हो । वैकल्पिक वा इच्छाधीन सेवाहरूको पर्याप्तताले गर्दा सोहीअनुरूप यात्रुहरूले पनि बढी मोलाहिजा र बार्गेनिङ गर्ने हुनाले त्यसप्रतिको भूमिका पनि साँच्चै महŒवपूर्ण हुने कुरा स्पष्टै छ । परिस्थिति यसरी अघि बढ्दै गइरहेको भए तापनि अस्वस्थ प्रतिस्पर्धाले गर्दा हवाई सेवाकै क्षमता घटाएको अनुभव पनि गर्नुपरेको छ । लागतको तुलनामा गुणस्तरीय सेवा घट्तै गइरहेको अनुभव पनि हुन थालेको छ । आन्तरिक सेवा अपरेटरहरूले गठबन्धनतर्फ ध्यान नपु¥याएकाले यो समस्या खडा भएको भनाइ सम्बन्धित विज्ञहरू व्यक्त गर्न थालेका छन् । युक्तिसङ्गत र रामो वित्तीय नीति लिएर द्वेष र दम्भलाई हटाउने हो भने तथा अनियमितताले कुनै अस्तव्यस्तता नल्याओस् भन्ने हेतुले सम्बन्धित सरकारहरूले आकाशमा नियम लगाउने हो भने यो समस्याबाट मुक्ति पाउन सकिन्छ भन्ने खालका सुझावहरू सम्बन्धित सरकारहरूलाई दिन थालिएको पनि छ । नेपालको पर्यटन व्यवसायलाई अग्रगति दिनका लागि नेपाल वायुसेवा निगम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, निजी स्तरका हवाई कम्पनीहरू तथा विभिन्न ट्राभल एजेन्सी, यातायात व्यवसायी र होटलहरूको महŒवपूर्ण भूमिका रहेको कुरामा कुनै शङ्का छैन । अन्य विभिन्न सङ्घ संस्थाहरूको पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सम्बन्ध रहेको छ । तर, सम्बन्धित सम्पूर्ण निकायहरूका बीचमा आवश्यक समन्वय र सामञ्जस्य हुन नसक्ता त्यसले पर्यटन व्यवसायलाई असर पारेको छ र अस्वस्थ प्रतिस्पर्धाको कारणले आफ्नो लक्ष्य प्राप्तिका लागि कठिनाइ भइरहेको छ । सरकारी नीति–निर्धारण गर्नेहरू, चालक दल, हवाई कम्पनीमा काम गर्ने कर्मचारीहरू, हवाई कम्पनीका मालिकहरू, सरकारी निगमको व्यवस्थापन पक्षसँग सम्बन्धित व्यक्तिहरू र उड्डयनसँग सम्बन्धित व्यक्तिहरूका दृष्टिकोणहरूमा समन्वय र सामञ्जस्य ल्याउन नसकेसम्म (ट्रेकिङ एजेन्सी, नेपाल पर्वतारोहण संघ, होटल एसोसिएट्सहरूको बीचको असामञ्जस्यताजस्तै) र राष्ट्रिय हितमा ती सबैलाई प्रयोग गर्न नसकेसम्म आन्तरिक र बाह्य दुवै पर्यटनको एवं पर्यटन व्यवसायको समेत भविष्य उज्ज्वल बनाउन अत्यन्त कठिन पर्ने कुरामा कुनै विवाद हुन सक्तैन । नेपालको अधिकांश भूभाग पहाड र पर्वतले भरिएको छ । त्यसैले यहाँ उड्डयनको विशेष महŒव छ । नेपालमा हाल ६० वटा विमानस्थल छन् र तीमध्ये २५ वटा विमानस्थलको कालोपत्र भइरहेको छ र ३५ वटा कच्ची विमानस्थलहरू छन् । जसमध्ये राति पनि सातवटा एयरपोर्टमा उडान गर्न सक्ने भएका छन, ती सबै विमानस्थलहरूलाई संरक्षण गरेर समुचित ढङ्गले उपयोग गर्ने हो भने त्यसले नेपालको पर्यटन क्षेत्रलाई धेरै फाइदा पु¥याउने छ । आगामी दिनहरूमा नेपालमा विदेशी पर्यटकहरूको सङ्ख्या बढ्ने कुरा निश्चितप्रायः भएकाले विमानस्थलहरूलाई जुनसुकै समयमा पनि प्रयोग गर्न सकिने स्थितिमा राखिरहनु आवश्यक छ । त्यसबाहेक नेपालमा पूर्ण रूपले व्यवस्थित रहेको अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्त आवश्यक भइसकेको छ । यस कुरामा कसैमा विवाद नरहे तापनि निजगढमा तेस्रो विमानस्थल बन्नुपर्छ । लुम्बिनी र पोखराबाहेक ती विमानस्थलहरूलाई विमानस्थलका रूपमा कार्यलाई जतिसक्दो छिटो निर्माण गरी विकास गरिनु पनि आवश्यक छ ।

    अर्कातिर नेपाल वायुसेवा निगमले पर्यटकहरूको कमी हुने जुनसुकै मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्नुको सट्टा पर्यटकहरू बढी हुने मुलुकहरूसँग बढी सम्बन्ध विस्तार गर्ने हो भने ४० वटा मुलुकको सट्टा त्योभन्दा कम मुलुकसँग भएको द्विपक्षीय हवाई सम्झौताले पनि नेपालको पर्यटन व्यवसायलाई ठूलो टेवा पुग्नेछ । नेपालका बारेमा समाचारहरू सम्प्रेषण गर्दा नवीन पद्धतिअनुरूप आकर्षक रूपबाट विदेशीहरूलाई समाचार–सम्प्रेषण गर्नु आवश्यक छ । विदेशमा रहेका निगमका कार्यालयहरूको व्यवस्थापन र अन्य पक्षमा कुनै कमजोरी रहेका छन् भने तिनलाई सुधार गरेर ती कार्यालयहरूमार्फत निगम र नेपालका विषयमा उचित र जानकारीमूलक समाचारहरू सम्प्रेषण, प्रचारप्रसार गर्न सकिन्छ । ती कार्यालयहरूको प्रभावकारी भूमिकाबाट पनि नेपालले प्रशस्त वैदेशिक मुद्रा आर्जन गर्ने सम्भावना रहन्छ । सरकारले पर्यटन उद्योगलाई मुलुकमा अन्य उद्योगसरह प्रेरणा, न्यायिक सुरक्षा र सुविधा उपलब्ध गराई पूर्ण मान्यता दिनुपर्छ एवं निजी क्षेत्रसँगको कार्यगत सम्बन्ध सुदृढ बनाउँदै सरकारले मुलुकमा सर्वसाधारण जनता, उद्योग एवं पर्यटन क्षेत्रमा शान्ति–सुरक्षाको प्रत्याभूति दिनुपर्छ । पर्यटनसँग सम्बद्ध व्यावसायिक सेवालाई प्रस्ट रूपले परिभाषित गरी एक–अर्काको क्षेत्रमा अनधिकृत रूपमा गर्ने गरेका व्यावसायिक क्रियाकलापहरूको अविलम्ब अन्त्य गराउनेतर्फ पनि सरकारले संवेदनशील हुनु आवश्यक छ । नेपालभित्र रहेका गन्तव्य स्थलहरूमध्ये सम्बन्धित व्यवसायीहरूबाट समुचित सम्भाव्यता अध्ययन गराई नयाँ गन्तव्यस्थलहरूको प्रतिवेदन तयार पारी तिनलाई प्रचार–प्रसार गराउने हो भने त्यसले पनि धेरै फाइदा पु¥याउनेछ । पर्यटन–प्रवद्र्धन गर्दा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई मात्र होइन, क्षेत्रीय प्रतिस्पर्धालाई पनि ध्यान दिँदै तदनुरूपको नीति–निर्माण गर्नुका साथै अन्य सम्भावित मुलुकहरूमा बजार प्रवद्र्धन गर्नुपर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक स्वरूप एवं सुविधाको विकासका लागि अविलम्ब उपयुक्त कदमहरू चालिनुपर्छ र खुला आकाश नीतिलाई कागजमा मात्र सीमित नराखी नियमित उडानहरूलाई प्राथमिकता दिई थप सुविधा र सहुलियत प्रदान गरिनुपर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले (हाल पार्किङ गरेर राखेको स्थान) पूर्वतर्फको खाली जग्गालाई आन्तरिक उडान गर्न सानातिना जहाजलाई उडान गर्न सक्ने गरी व्यवस्थित गर्न सकिन्छ । गुह्येश्वरीतर्फ हाल पार्किङ गरिराखेका जहाजहरू राख्न सकिन्छ र नेपाल आयल निगमको तेल भण्डारलाई तीनकुनेतर्फ सार्न सकिन्छ भने दक्षिणतर्फको हालको एयरपोर्टलाई लम्बाइतर्फ गरी १० वटा विमान पार्किङ क्षेत्रबाट १५ देखि २० वटासम्म विमान व्यवस्थित तवरले राख्न सकिन्छ । तसर्थ प्राधिकरणले यसतर्फ पनि तत्काल ध्यान पु¥याउनु आवश्यक छ, साथै हाल सञ्चालन गर्दै आइरहेको धावनमार्गलाई लम्ब्याउन पनि अति अवाश्यकता भइसकेको छ । नेपाल सरकारले अर्को स्थानको बजेट काटेरै भए पनि सक्दो चाँडै तीनकुनेबाट जडीबुटीसम्म अन्डर ग्राउन्ड भूमि मार्ग तयार गर्नुपर्र्नेछ । आन्तरिक हवाई उडानमा यात्रुहरूको सुरक्षाको सक्दो चाँडो प्रत्याभूति दिनुका साथै निजी क्षेत्रबाट सञ्चालन हुने हवाई कम्पनीहरूलाई थप इजाजत दिनेतर्फ नियन्त्रण गर्ने र सरकारमा दर्ता नगरी अनधिकृत रूपले चलाइएका हवाई कम्पनीहरूलाई कडा कारबाही गरिने र प्राधिकरणमा उडान र पार्किङ क्षेत्र अनुमति लिई र पार्किङ गर्नुपर्ने स्थानमा पार्किङ नगर्ने र उडान पनि नगरी निजी क्षेत्रका हवाई कम्पनीले कार्य गर्दै आइरहेको हुनाले काठमाडौं विमानस्थलमा पार्किङको चाप हुँदै गइरहेको छ । त्यसकारण त्यस्ता निजी कम्पनीलाई जे–जस्तो अनुमति लिएको छ सोहीअनुसार कार्य गर्न लगाउनु प्राधिकरणको व्यवस्था हुनु जरुरी छ । आन्तरिक उडान सेवाहरूबीचको अस्वस्थकर प्रतिस्पर्धा हट्न जानेछ । तर, यसका लागि समयानुकूल, दिगो र दीर्घकालीन परिप्रेक्ष्यमा राष्ट्रिय पर्यटननीति बनाउनु अपेक्षित छ । निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित सङ्घ संस्थाहरूको समानुपातिक प्रतिनिधित्वका आधारमा उच्चस्तरीय अधिकारसम्पन्न र नेपाल पर्यटन बोर्डसँग त्यसले सामञ्जस्य राखी काम गर्नु पनि आवश्यक छ । सरकारले सबैको सहमति र सामञ्जस्यमा राष्ट्रिय पर्यटन नीति बनाई त्यसलाई कडाइका साथ लागू गर्ने हो भने नेपालमा पर्यटन क्षेत्रको विकास नहुने कुरै छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑