• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सशस्त्र प्रहरी बल सातै प्रदेशमा खटायो

  • वीरगंज संजाल
  • १५ असार २०७९, बुधबार १८:४३
  • २२१३

    वीरगंज । विपद् व्यवस्थापनका लागि तालिम प्राप्त २०३४ जनशक्तिलाई सशस्त्र प्रहरी बलले देशभर खटाएको छ ।

    विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा विपद व्यवस्थापनको विशिष्टकृत तालिम लिएका ती जनशक्तिलाई सशस्त्र प्रहरीले मनसुनजन्य विपद्को प्रतिकार्यका लागि परिचालन गरेको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विदुर खड्काका अनुसार विपद् व्यवस्थापनका लागि तालिम प्राप्त जनशक्तिलाई काठमाडौं उपत्यकाभित्र दुई स्थानमा राखिएको छ । त्यसबाहेक ७ वटै प्रदेशमा प्रदेश स्तरीय विपद् उद्दार टिम खटाइएको उनले बताए । खड्काका अनुसार १० स्थानमा दक्ष तालिम प्राप्त जनशक्ति परिचालन गरेर तयारी अवस्थामा राखिएको छ । यसरी खटाइएकामध्ये ५६ जना गोताखोरको तालिम प्राप्त जनशक्ति छन् ।

    ‘विभिन्न क्षेत्रमा उत्पन्न हुनसक्ने प्रकोपको समयमा उद्दार गर्नका लागि उनीहरुलाई प्रदेश १ को सुनसरी, बागमतीको कुरिनटार, काठमाडौं उपत्यका, गण्डकी प्रदेशको पोखरा, लुम्बिनीको शमशेरगञ्ज र सुदूपश्चिमको कैलालीमा गरी ६ स्थानमा तयारी अवस्थामा राखिएको छ’ खड्काले भने । यसबाहेक सशस्त्र प्रहरीका हरेक युनिटमा जल उत्पन्न प्रकोपको प्रतिकार्यका लागि खोज तथा उद्दारका आधारभूत उपकरणसहित २४ सै घन्टा उद्दार टोली तयारी अवस्थामा रहने व्यवस्था गरिएको खड्काले बताए । उद्दारका लागि आवश्यक आधुनिक सामग्रीलाई प्रदेश स्तरीय विपद् उद्दार टिमले प्रयोग गर्ने गरी राखिएको छ । उपत्यकामा सिनामंगलस्थित २० नं. गणमा राखिएको खड्काले बताए । विशिष्टकृत तालिम नलिएका सशस्त्र प्रहरी कर्मचारीलाई पनि मनसुन लक्षित उद्दारका लागि समसामयिक विषयवस्तुमा अनुशिक्षण तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र प्रादेशिक आपतकालीन कार्य सञ्चालन केन्द्र तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रहरुमा पनि आवश्यकता अनुसार तथालिम प्राप्त कर्मचारीहरु परिचालन गरिएको खड्काले बताए । विभिन्न युनिटमा आवश्यकता अनुसार हेभी इक्युपमेन्टहरु पनि तयारी अवस्थामा राखिएका छन्’ उनले भने, ‘जिल्लागत रुपमा जोखिमयुक्त इलाका, स्थान, वस्ती लगायत अन्य महत्वपूर्ण संरचनाहरु पुल, राजमार्ग, लोकमार्ग लगायतको पहिचान गरेर राखिएको छ, जोखिमयुक्त समुदायलाई स्थानान्तरण गर्न परे तत्काल गर्न सकिने गरी योजना बनाइएको छ ।’पानीजन्य विपद्बाट उद्दारका लागि २४ वटा युनिटबाट २६ जिल्लामा रेस्क्यू बोट र १० वटा जिल्लामा १० वटा मोटरबोट राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    विपद् जोखिम व्यवस्थापन प्राधिकरणले यसवर्षको मनसुनमा २० लाख जनसंख्या प्रभावित हुनसक्ने प्रक्षेपण गरेको छ । जिल्लागत र प्रदेशगत रुपमा गरिएको अध्ययन अनुसार लगभग २० लाख जनसंख्या र ४ लाख २१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् । प्राधिकरणका अनुसार प्रदेश १ मा मात्रै ५ लाख ७० हजार, मधेशमा ४ लाख ६५ हजार, बाग्मतीमा १ लाख ४६ हजार, गण्डकीमा १ लाख १९ हजार, लुम्बिनीमा ३ लाख ७९ हजार, कर्णालीमा ५ लाख ४९ हजार र सुदूपश्चिममा २ लाख ६३ हजार जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ । यस वर्ष २२ जेठमा मनसुन भित्रिएको छ र जल तथा मौसम विज्ञान विभागले यो वर्ष सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको प्रक्षेपण गरेको छ । नेपालमा वर्षभरिमा हुने वर्षाको करिब ८० प्रतिशत असार, साउन, भदौ र असोज गरी चार महिनामा हुने गर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑