वीरगंज । एकदिनकै वर्षामा जनकपुरधाम डुबानमा परेकाे छ। सर्वसाधारणको घर मात्र नभई यहाँका जनप्रतिनिधिकै घर डुबानमा परेको छ।
भारी वर्षाका कारण मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जलमग्न हुँदा वडा नम्बर- १० स्थित नव निर्वाचित उपप्रमुख किशोरी साहको घर पनि डुबानमा परेको हो। शाहकाे बेडरुममा समेत पानी पसेको छ। हरेक वर्ष यसैगरी घर डुबानमा परे पनि तत्कालीन मेयर लालकिशोर साहलाई समस्या सुनाउँदा पनि कुनै सुनुवाइ नगरिएको साहको गुनासो छ।
अहिले आफू उपप्रमुख जितेपछि मेयर मनोज साहलाई भनेर नाला सफाइ गर्न लगाए पनि डुबान भने यथावत् रहेको उनको भनाइ छ। जनकपुरधाममा अहिले पनि वर्षा भने जारी नै रहेको छ। मौसम विभागले आगामी तीन दिनसम्म वर्षा हुने सम्भावना रहेको बताइसकेको छ।