• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गहुँको बिउ लिन हिँडेका मनपापी ७ महिनादेखि भारतको जेलमा

  • वीरगंज संजाल
  • १२ असार २०७९, आईतवार १८:२५
  • २२३३

    वीरगंज । असारको महिना छ। गाउँलेहरू खेतीको काममा छन्। गोबरमल फिँजाइएका खेत केही जोतिएका र केही जोतिने क्रमम छन्। यस वर्ष सधैंभन्दा छिटो मनसुन सुरू भएको भनिए पनि रोपाइँ हुने गरी पानी परेको छैन। फाटफुट मात्रै रोपाइँ हुँदै छ। सुख्खाले कैलारी गाउँपालिकाका किसानका खेत उजाड देखिएका छन्। खेतभन्दा बढी उजाडिएको छ मनपापी चौधरीको परिवार। पोहोर यतिन्जेलमा मनपापीका परिवारले खेत हराभरा बनाएको थियो। बोटमा राम्ररी बाला लागेको थियो। तर काट्ने बेलामा परेको झरीले क्षति पुर्‍याइदियो। मनपापीको धान बोटमै नष्ट भयो। यसपालि उनीहरूको अवस्था अझै नाजुक भएको छ। हिउँदे खेतीका लागि गहुँको बिउ लिन भारत गएका मनपापीलाई वनका कर्मचारीले उतै थुनिदिए। कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५, बड्कीपलियाका बासिन्दा हुन् मनपापी। घरमा उनकी श्रीमती आशादेवी र २३ वर्षीया छोरी किरण छन्। सात महिना भयो, मनपापी भारतको लखिमपुरमा जेलमै छन्। भारतसँगको सीमानजिकै मोहना नदी किनारका बासिन्दाहरू पुस्तौंदेखि किनमेलका लागि नजिकका भारतीय बजार जाने गरेका छन्। खुर्सानी, आलु, प्याजदेखि गहुँ र अरू खाद्यान्न, कपडा, सोडा साबुन लगायत सबै जोहो गर्ने पारि बजारबाटै हो। सीमा क्षेत्रका नेपालीहरू तुलनात्मक रूपमा पारिको बजार सस्तो मान्छन्। अर्को कारण पनि छ, धेरै जसोलाई पारि जान नजिक पर्छ। नेपालमा नजिकमा बजार छैन। ‘सस्तो र नजिकै भएकाले नेपालीहरू किनमेलका लागि पारि जान्छन्,’ बड्कीपलिया टोलका सचिव प्रभात चौधरी भन्छन्। किनमेल मात्र होइन, गाईबस्नु चराउन, माछा मार्न, सुकेका दाउरा र घाँस ल्याउन पनि भारतीय भूमिकै भर पर्छन्। यस बापत नेपालीहरू प्रत्येक वर्ष माघमा प्रतिघर भारू पाँच सय रूपैयाँका दरले पैसा तिर्छन्। गाउँलेहरू पैसा उठाएर आफ्नो भलमन्सालाई दिन्छन्। गाउँमा परम्परागत रूपमा चुनिएको नेतालाई भलमन्सा भनिन्छ। गाउँको रेखदेख जिम्मा भलमन्साको काँधमा हुन्छ। भलमन्साले नै पारिका वन कर्मचारीलाई पैसा बुझाइदिन्छन्। बड्कीपलियाका १३० घरधुरीले यस वर्ष पनि उक्त रूकम बुझाएका छन्। भारतीय वन कर्मचारी यो रकमलाई ‘तिरो’ भन्छन्। मनपापीले पनि भारतीय वन कर्मचारीलाई तिरो तिरेका थिए। तर किन हो, उनलाई तिनै वन कर्मचारीले जेल हालेको छोरी किरण बताउँछन्।

    बड्कीपलिया बस्ती। तस्बिरः सविता बुढा/सेतोपाटी
    ‘पोहोर मंसिरमा गहुँको बिउ किन्न बुवा मोहनपुर घाट तरेर पारि भारत पुग्नुभयो,’ उनले भनिन्, ‘यही घाट भएर अरू पनि नेपाली गहुँ र मल किन्न गएका थिए। अहिले पनि जान्छन्। बिहान सात बजे घरबाट निस्कनुभएको बुवालाई दुधवा राष्ट्रिय निकुञ्ज हेर्ने भारतीय वन कर्मचारीले समातेको छ भन्ने खबर त्यसै दिन अबेर आइपुग्यो।’ किरणका अनुसार उनका बुवासँगै गएका चार-पाँच जनालाई कर्मचारीहरूले एक-दुई झापड हानेर छाडिदिए। मनपापीलाई भने समातेर लगे भन्ने उनले सुनिन्। बाटोमा ढुकेर बसेका ती वन कर्मचारीले आफूहरूलाई झैं केही बेरमा मनपापीलाई पनि छोड्लान् भन्ने साथीहरूले ठाने। उनका परिवारजन पनि आइहाल्लान् भनेर ढुक्क भए। रातभर पनि नफर्केपछि उनको खोजी सुरू भयो।
    ‘गाउँका मान्छे लिएर गयौं। पारि मेरा केही साथीहरू छन्। वनका ठाउँठाउँका स्टेसनहरूमा खोज्यौं, केही पनि पत्ता लागेन,’ किरणले भनिन्, ‘पछि एक जनाले वनबाट लखिमपुरको जेलचलान हुनेमा बुबाको पनि नाम रहेको र जेल हालेको थाहा भयो।’ मनपापी किन जेल परे, कसैलाई थाहा भएन। उनलाई वनका कर्मचारीले समातेपछि वन कार्यालय परिसरको रक्तचन्दनको रूखनेर आरा समात्न लगाई फोटा खिचाएको र त्यही रक्तचन्दन काटेको आरोपमा जेल हालेको स्थानीय नेपालीहरूको भनाइ छ। ‘बुबालाई रक्तचन्दन तस्करी गरेको आरोपमा लखिमपुर जेलमा पठाएको हामीले थाहा पायौं। त्यसपछि तुरुन्तै मैले बुबालाई भेट्न जान खोजेँ,’ किरणले भनिन्, ‘त्यस बेला कोरोनाको निहुँ देखाएर भेट्न दिएनन्।’ उनले भारू एक सय रूपैयाँ तिरेर फोनमा कुरा गर्न चाहिँ पाइन्। उनले बुबासँगको संवाद सुनाइन्, ‘बुबाले मलाई फसाएर जेलमा हालेका हुन्। जसरी पनि यहाँबाट निकाल, छिटो छुटाऊ भन्नुभयो।’ बुबालाई छुटाउन किरणले आफन्तहरूको सहयोगमा निकै प्रयास गरिन्। उनीहरूले पारि एक जना ‘प्रधान’ लाई भेटेर सहयोगका लागि आग्रह गरे। प्रधानले एक जना वकिल चिनाइदिए। ‘सुरूमा एक जना वकिलले पाँच हजार भारू लियो। हामीलाई त पैसा खोज्न पनि गाह्रो हुन्छ। वकिललाई भारू बनाएर दिनुपर्छ,’ किरणले भनिन्, ‘हामीले सात वटा सहकारीबाट ऋण पनि लिएका छौं। केही साथीहरूले अलिअलि सरसपाट पनि दिए।’ किरणको बिहे गर्न उनका बुबाले फुपाजुलाई केही रकम बचतका लागि दिएका थिए। त्यो सबै सकियो। मुद्दा लड्दै हालसम्म भारू साढे तीन लाख सकिएको किरणकी आमा आशादेवीले बताइन्। कुरा गर्दागर्दै आशादेवीका आँखा भरिए। पीडाको स्वरमा उनले भनिन्, ‘अहिले कसरी खेती लाउने, कसरी छोरीहरूलाई पढाउने, हाम्रो त केही पनि छैन।’ मनपापी चौधरीकी छोरी किरण र श्रीमती आशादेवी छिमेकीहरूका साथमा। तस्बिरः सविता बुढा/सेतोपाटी बुबा भारतमा पक्राउ परेको समय किरण धनगढीमा बसेर स्नातक पढ्दै थिइन्। पहिलो वर्षको पढाइ चल्दै थियो। अहिले उनले घर हेर्नु पर्छ।

    मुद्दाका लागि भारत गइरहनुपर्छ। अहिले उनको पढाइ छुटेको छ। ‘पारि एसएसबी (भातीय सीमा सुरक्षा बल) ले कहाँ जाँदैछौ, किन जाँदैछौ, कहिले फर्किन्छौ भनेर हैरान पार्छन्। एक घन्टा हिँडेपछि बल्ल अटोरिक्सा पाइन्छ, कहिले त त्यो पनि पाइँदैन,’ किरण भन्छिन्, ‘त्यहाँको जेलमा ठीक ११ बजे पुग्नुपर्छ, यहाँबाट लखिमपुर पुग्न तीन घन्टा लाग्छ।’ किरणका अनुसार बाटोमा जंगल पर्छ। गाउँबाट पुरुष साथी लिएर जानुपर्छ। एक जनाको भारू तीन सय तिर्नुपर्छ। जसरी पनि जानु पर्ने बध्याता हुन्छ। ‘पहिलो वकिलले बीचमै काम छाडिदियो। अर्कोले भारू २० हजार लिएर मुद्दा लडिदिन्छु भन्यो। पछि उसले पनि सहयोग गरेन,’ उनले भनिन्, ‘अहिले तेस्रो वकिलसँग सहयोग लिँदैछौं। अहिलेको वकिललाई भारू डेढ लाख बुझाइ सक्यौं। वकिलले जमानत भइसक्यो, एक-दुई दिनमा छुट्छन् भनेको पनि कति महिना भइसक्यो।’ बुबा भारतमा थुनिएपछि किरणको पढाइ छुट्यो। खेती राम्ररी गर्न पाएको छैन। किरणका बुबा मनपापी गाउँका ‘भगत’ थिए। थारू समुदायमा भगतले हिंसा, चोरी, कसैसँग झगडा गर्नु हुँदैन भन्ने परम्परागत विश्वास छ। भगतले रक्सी र माछामासु पनि खानु हुँदैन। मनपापीले यी सबै नियम पालना गरेका थिए। स्थानीय बासिन्दा छेदुराम चौधरीका अनुसार भारतीय वन कर्मचारीले धेरैलाई फसाउँछन्। केही दिनमा छाड्छन् तर मनपापीलाई जेलमै हालिदिए। मनपापीकै गाउँका बजारू चौधरीलाई माछा मार्दै गरेको अवस्थामा केही दिनअघि समातेका थिए। भारतको भूमिमा ढडिया (माछा मार्ने जाली) लगाएको आरोपमा उनको फोटो खिचेर जेल पठाउने धम्की दिए। आखिरमा बजारू भारू ४० हजार तिरेर छुटे। केही महिनाअघि अर्का एक जनालाई पनि भारतको चन्दनचौकी बजार जाँदै गर्दा बाटोमै रोकेर जनावरलाई थापेको पासो भएको ठाउँमा पुर्‍याइयो। पासोसँगै फोटो खिचेर जेल पठाइदिन्छौं भने। ती व्यक्ति भारू तीन लाख तिरेर छुटे। मनपापीकी श्रीमती आशादेवी पनि जति पैसा तिरेर भए पनि मनपापीलाई जेलबाट छुटाउन तयार रहेको बताउँछिन्। उनले भनिन्, ‘ऋण पाउने जति ठाउँबाट लिइसक्यौं। घर जग्गा बेचेर भए पनि छुटाउनै पर्‍यो।’ कैलारी गाउँपालिकाका पूर्वअध्यक्ष लाजुराम चौधरीका अनुसार वडा नम्बर ३, ५ र ७ का केही गाउँ भारतसँग जोडिएका छन्। नेपालीका गाईबस्तु पारि पुग्छन्। ती गाईबस्तु भारतीयले समाउँछन् र तिनका धनीलाई बोलाएर काम लगाउँछन्। वन प्रयोग गरेको भनेर पैसा तिराउँछन्। कहिलेकाहीँ नेपाली र भारतीयबीच झडप पनि हुने लाजुराम बताउँछन्। नेपालतिर पुल बनाउन पनि भारतीयले नदिएको उनको भनाइ छ। सीमा क्षेत्रमा यस्ता समस्या हुन नदिन सरकारले सिमाना प्रष्ट पार्नु पर्ने स्थानीय चुल्लुराम चौधरीको भनाइ छ । उनले भने, ‘सिमाना प्रष्ट भए हामी गाईभैंसी चराउने, माछा मार्ने, दाउरा खोज्ने सबै काम आफ्नैमा गरौंला।’ नेपालमै बजार व्यवस्था गर्न र मल उपलब्ध गराइदिन पनि उनको माग छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑