वीरगन्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा अन्तर्राष्ट्रिय लागु पदार्थ तथा ओसार पसार विरुद्धको दिवसको अवसरमा आइतबार विधार्थीहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
गाँउपालिकाको स्वास्थ्य शाखाले दिपनरायण आदर्श नमुना माध्यमिक बिधालयको कक्षा १२ मा अध्ययनरत छात्रछात्राहरुसंग अन्तकरृया गरेको हो ।
कार्यक्रममा सहभागी विधार्थीहरुलाइ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार र ईलाका प्रहरी कार्यलय पटेर्वासुगौली प्रहरी निरिक्षक किशोर आचार्यले लागु औषधका किसिम , यसको प्रयोगबाट हुने हानी , यस विरुद्धका कानूनी कार्वाहीका प्रावधाानका बारेमा जानकारी गराएका थिए ।
प्रहरी निरिक्षक आचार्यकै अध्यक्षतामा भएको स्वास्थ्य चौकीका प्रमुखहरु, गाउँपालिकाका कर्मचारी लगायतको पनि सहभागीता रहेको स्थानीय सन्चारकर्मी रामकिशोर चौधरीले जानकारी दिए । मधेसखबर