वीरगंज । ह्वीलचेयरमा वृद्ध महिलाको भेषमा आएका एक व्यक्तिले पेरिसको लुभ्रमा लियोनार्डो दा भिन्चीको प्रसिद्ध चित्र मोनालिसामा केक प्रहार गरेका छन् । यद्यपि यसबाट चित्रमा भने कुनै क्षति पुगेन । त्यसको सुरक्षात्मक सीसामा भने सेतो क्रिम लागेको थियो ।
विग र लिपस्टिक लगाएका ती व्यक्तिलाई घटनास्थलबाट बाहिर लग्दै गर्दा उनले ‘पृथ्वीको बारेमा सोच्न’ आग्रह गरेका थिए। आइतवारको घटनालाई प्रत्यक्षदर्शीहरूले ‘आश्चर्य चकित’ भनेर वर्णन गरेका छन् ।
अमेरिकाबाट लुभ्र आएका आगन्तुक ल्यूक सुन्डबर्ग यस घटनाका प्रत्यक्षदर्शी हुन् । उनी भन्छन्, ‘ह्वीलचेयरमा एउटी वृद्ध महिलाको लुगा लगाएका एक व्यक्ति दौडेर पेन्टिङतिर पुगेर र केक दल्नअघि मुक्का हान्न थाले ।’