काठमाडौं । सरकारले आगामी वर्ष थप ८०० किलोमिटर सडक निमार्ण र २५७ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कालिगण्डकी, कोशी र कर्णाली कोरिडोरको निर्माण एंव स्तरोन्नति कार्यलाई जारी राख्ने पनि बताइन् ।
कर्णाली कोरिडोरमा बाँकी ट्रयाक खोल्ने कार्य सम्पन्न गरी आगामी वर्ष हुल्लालाई सडक सञ्जालमा जोडिने पनि बताइन् । गल्छी, रसुवागढी सडकलाई २ लेनको कालोपत्रे सडकमा स्तरोन्नति गर्ने पनि बताइन् ।