काठमाडौं । सरकारले उत्पादनमूलक र निर्यातमूलक उद्योगको उत्पादन लागत घटाउने जनाएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसद्को दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उत्पादनमुलक र निर्यातमुलक उद्योगको उत्पादन लागत घटाइ निर्यात प्रवद्र्धन गरिने बताइन् ।
यस्ता उद्योगलाई औसत बाह्य उर्जा व्यापार दर भन्दा बढी नहुने गरी विद्युत महसुलमा सुहलियत दिने पनि नीति तथा कार्यक्रममा भनिएको छ ।