• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज महानगरमा गठबन्धनको प्रतिवद्दता सार्वजनिक

  • वीरगंज संजाल
  • २३ बैशाख २०७९, शुक्रबार १६:५९
  • ८१२५

    वीरगञ्ज । अत्यधिक करबाट आत्तिएका नगरबासीलाई राहत दिनेगरी पाँच दलिय गठबन्धनको चुनावी प्रतिबद्दता पत्र सार्वजनिक भएको छ । वीरगञ्ज महानगरको मेयर र उपमेयर पदका उम्मेदवारद्वय राजेशमान सिंह र ईम्तीयाज आलमको प्रतिबद्धता पत्रमा करको पुनरावलोकन गरी कर घटाईने जनाईएको छ । वीरगञ्ज नगरपालिकाको रुपमा स्थापित भएयता कहिल्यै तिर्नु नपरेको सरसफाई शूल्क महानगरले उठाईरहेकोले उक्त शूल्क खारेज गरिने पत्रमा उल्लेख छ ।

    शुक्रवार सार्वजनिक गरिएको साझा प्रतिबद्धता अनुसार महानगरपालिकाले उठाउँदै आएको पिठिया कर खारेज गरिनेछ जनाईएको छ । पानी र विजुलीको न्युनतम शुल्क तिर्न नसक्ने गरीब तथा विपन्न नागरिकको महसुल वीरगञ्ज महानगरले व्यहोर्ने र कृषी योग्य जग्गामा मालपोत बाहेकको कर हटाउने उल्लेख गरीएको छ । विविध कारणले कृषकको बालि तथा पशुधन नष्ट हुँदा राहत पाउने गरी निशुल्क कृषि तथा पशुधन विमाको कार्यक्रम पनि अघि सारीएको छ । सरकारी स्वास्थ्य सेवाको गुणस्तर बृद्दि गर्दै सुलभ दरको स्वास्थ्य सेवामा जोड दिने र न्युनतम शुल्क तिर्न नसक्ने गरीब तथा विपन्न परिवारको निशुल्क स्वास्थ्य विमाको योजना अघी सारीएको छ । सुसासनलाई सेवा प्रवाहको मुल मन्त्र बनाईने जनाएको गठबन्धनले भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउँदै प्रशासनिक खर्च कटौती गरी बिकास बजेटमा बृद्दि गर्ने बताएको छ ।

    महानगरको प्रमुख समस्याको रुपमा रहेको फोहर मैला व्यवस्थापन, नाला सफाई र लामखुट्टे नियन्त्रणका लागि एक महिने सरसफाई घरदैलो अभियान नै चलाउने जनाईएको छ भने सफाईकर्मी आए÷नआएको र फोहोर संकलन भए÷नभएको गुनासो सुन्न संयन्त्र बनाउने प्रतिबद्दता पत्रमा उल्लेख गरीएको छ । डुबान समस्याको स्थायी समाधान, बजार क्षेत्रमा नयाँ शौचालय निर्माण, बृक्षरोपण, पार्क निर्माण, कालो झोला नियन्त्रण, अब्यवस्थीत तार व्यवस्थापन र सिर्सिया नदिको प्रदुषण नियन्त्रण जस्ता विषयलाई प्राथमिकताको साथ पेश गरीएको छ ।

    अव्यवस्थीत ट्राफिकलाई व्यवस्थापन गर्न महानगरको छुट्टै ट्राफिक प्रहरीको स्थापना, फुटपाथ व्यवस्थापन, छाडा चौपाया नियन्त्रण तथा भाडाका सवारीको रुट तथा संख्याको सिमा निर्धारण गरीने गठबन्धनले बताएको छ । शिक्षाको पहुँच बाहिर रहेका बालबालिकाको लागि विद्यालय भर्ना अभियान गर्नुका साथै सरकारी विद्यालयको गुणस्तर बृद्दि, शिक्षकलाई तालिम र विद्यार्थीलाई नैतिक शिक्षामा जोड दिईएको छ । भएका सामुदायीक तथा सरकारी विद्यालयमा प्राविधिक शिक्षामा जोड दिँदै नयाँ पुर्ण प्राविधिक विद्यालय स्थापना गरीने जनाईएको छ । गरिब तथा विपन्न नागरिकका लागि निशुल्क सेवा आयोगको तैयारी कक्षा सञ्चालन गर्नुका साथै ग्रामिण क्षेत्रमा कन्या मावि तथा कलेजको स्थापना गर्ने योजना अघि सारीएको छ । ठाकुरराम क्याम्पसको पुर्वाधार विकासमा सहयोग गर्नुका साथै वीरगञ्ज विश्वविद्यालय निर्माणको पहल गरीने प्रतिबद्दता पत्रमा उल्लेख छ ।

    गठबन्धनले वीरगञ्जलाई मेडिकल हबको रुपमा बिकास गर्दै प्रत्येक वडामा एकजना स्वास्थ्य सहायक, नर्स र बर्थिंग सेन्टरसहितको स्वास्थ्य चौकी निर्माण गर्ने, निशुल्क आँखा अप्रेशन र सहुलीयत दरको एम्बुलेन्स सेवा उपलब्ध गराउने जनाएको छ । पुर्वाधार विकासमा नेपालमै नमुना हुने गरी व्यवस्थीत गोदाम, पार्किङ लगाएतको सुविधा सहितको ट्रान्सपोर्ट नगर स्थापना गर्ने, घण्टाघरमा ओभर ब्रिज निर्माण, चक्रपथमार्फत वीरगञ्ज महानगरका ३२ वटै वडालाई सडकसञ्जालमा जोड्ने योजना पनि घोषण पत्रमा समेटिएको छ । त्यस्तै युवालाई स्वरोजगार बनाउनेदेखि उद्योगमैत्री नीति निर्माण, बन्द रहेका वीरगञ्ज चिनी कारखाना, कृषि औजार केन्द्र लगायतलाई सञ्चालन गर्न पहल गर्ने योजना समावेश गरिएको छ । श्रम सम्मान परियोजना सञ्चालन गर्ने, सिप विकास तालिम केन्द्रको स्थापना, व्यवसायीक क्षेत्रको विवाद समाधान गर्न विवाद समाधान तथा व्यापार कल्याण बोर्डको स्थापना गर्ने जनाईएको छ ।
    महिलालाई पुरुष समान ज्याला, हिंसा पिडीत महिला तथा बालबालिकालाई निशुल्क कानुनी परामर्श सेवा, गर्भवती महिलालाई पोषण भत्ता, निशुल्क ग्यास चुल्हो वितरण जस्ता कार्यक्रमहरु पनि प्रतिबद्दता पत्रमा समेटिएको छ । खेल मैदानको स्तरोन्नती, खेलाडिलाई प्रोत्साहन भत्ता, रोजगारी र सम्मानको विषयलाई पनि गठबन्धनले प्राथमिकतामा राखेको छ । शहिद परिवारको सदस्यमध्य एकजनालाई महानगरमा रोजगारी, वीरगञ्जमा साहित्य महोत्सवको आयोजना, कमजोर आर्थीक अवस्थाका जेष्ठ नागरीकलाई आस्था अनुसार धार्मीक भ्रमणको व्यवस्था गर्ने जनाईएको छ । यसका साथै चौथो अंगको रुपमा रहेको पत्रकारको क्षमता अभिबृद्दिका लागि अध्ययन भ्रमण र फेलोसिपको व्यवस्था गर्ने उल्लेख छ । पत्रकारलाई दुर्घट्ना तथा स्वास्थ्य विमा, लोककल्याणकारी विज्ञापन र उत्कृष्ट कार्य गर्ने पत्रकारलाई पुरस्कार तथा सम्मान व्यवस्था गर्ने लगाएतको विषय गठबन्धनको प्रतिबद्दता पत्रमा समेटिएको छ ।

    नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाको गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार राजेशमान सिंह, उपमेयर पदका उम्मेदवार ईम्तीयाज आलम, नेकपा माओवादी केन्द्र पर्साका अध्यक्ष रामदरश कुशवाहा, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, नेकपा एकिकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा, पर्सा क्षेत्र नम्बर १ का संघिय सांसद प्रदिप यादव, जनार्दन यादव, प्रदेश सांसद जन्नत अंसारी, कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, नेता श्याम पोखरेल, रामआश्रय राम लगाएतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑