• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सैन्य परेडबिना उत्तर कोरियाले संस्थापक नेताको जन्मजयन्ती मनाएपछि विश्व नै चकित

  • वीरगंज संजाल
  • ३ बैशाख २०७९, शनिबार १४:०५
  • ३१०१

    उत्तर कोरियाले सैन्य परेड बिना शनिबार उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ती मनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले देशका संस्थापक नेताको जन्मदिन मनाउन आयोजित भव्य सार्वजनिक समारोहको निरीक्षण गरेको राज्य सञ्चालित सञ्चारमाध्यममा सम्प्रेषित तस्बिरहरूमा देखिएको थियो ।

    अमेरिका, युरोप र अन्य धेरै मुलुकले सैनिक शक्तिको प्रदर्शन बिना जन्मजयन्ती बित्नुलाई आश्चर्यका रूपमा लिएका छन् । यो वार्षिकोत्सव अनुमान गरेभन्दा शान्तिपूर्ण तर भव्य भएको उनीहरूको भनाइ छ ।

    आणविक हतियार सम्पन्न यस देशमा ‘सूर्य दिवस’ भनेर चिनिने, वर्तमान नेता किम जोङ उनका हजुरबुबा, किम इल सुङको अप्रिल १५ मा मनाइने जन्मोत्सव प्योङयाङको राजनीतिक पात्रोमा सबैभन्दा महत्वपूर्ण मितिहरू मध्ये एक हो ।

    विश्लेषकहरुका साथै दक्षिण कोरियाली तथा अमेरिकी अधिकारीहरूले यस अवसरमा उत्तर कोरियाले सैनिक परेड तथा आणविक परीक्षणसमेत गर्ने व्यापक अनुमान गरेका थिए । तर शुक्रबार भएको उक्त उत्सवमा नागरिक परेड, सामूहिक नृत्य र आतिशबाजीबाहेक सैन्य गतिविधि नगरिँदा उनीहरूको अनुमान तथा प्रक्षेपण गलत सावित बन्न पुग्यो ।

    राज्य सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) द्वारा जारी गरिएका तस्वीरहरुमा किम जोङ उनले बरण्डाबाट अवलोकन गरेको, राजधानीको किम इल सुङ चौकलगायतका क्षेत्रमा हजारौँ रंगीबिरंगी पहिरन लगाएका मानिसहरू देखाइएको छ ।

    केसीएनएले भनेको छ, ‘उत्तर कोरियाली संस्थापक नेता किम इल सुङको जन्मदिवसमा नागरिकहरूले समाजवादी नाराहरू लेखिएका ब्यानर र झण्डा तथा देशको विशाल राष्ट्रिय झन्डा बोकेर मजदुर, किसान र नर्तकीहरू तथा अन्य व्यक्तिहरूको लस्कर किम इल सुङ चौकबाट अघि बढेको थियो ।’

    किम परिवारका तीन पुस्ताले सन् १९४८ देखि उत्तर कोरियाको नेतृत्व गरेका छन् ।

    नेता किमले उक्त दिन किम इल सुङ र उनका छोरा तथा उत्तराधिकारी किम जोङ इलको मृत शरीर राखिएको स्थान ‘कुमसुसान प्यालेस अफ द सन’ को भ्रमण गरी उनीहरूप्रति श्रद्धा प्रकट गरेका पनि केसीएनएले जनाएको छ ।

    त्यसअघि नयाँ अपार्टमेन्ट परिसरहरू खोल्ने, हल्का समारोहहरू र पुष्प श्रद्धा सहित राज्य नियन्त्रित सञ्चारमाध्यममा उत्सवको निरन्तर प्रसारण भइरहेको सियोलको इवा वुमन्स युनिभर्सिटीका अन्तर्राष्ट्रिय अध्ययनका सहयोगी प्राध्यापक लिफ एरिक इस्लीले बताए ।

    उनले भने, ‘किम शासनलाई सैन्य परेडभन्दा राष्ट्रिय गौरव र वैधताका स्रोतहरूको आवश्यकता पर्दछ । त्यसकारण, संस्थापकको जन्मदिनको अवसरमा मनाइने जनउत्सवले एउटा यस्तो अर्थतन्त्रलाई चित्रण गर्ने कोसिस गरियो जसले एकदमै कमजोर अर्थतन्त्र र सैनिक शासन नभै उत्तर कोरियामा शान्ति र आर्थिक सुधारले गति पाएको झलक दियो।’

    यो वार्षिकोत्सव उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको तीन हप्तापछि भएको हो । यो सन् २०१७ देखि किमको सबैभन्दा शक्तिशाली हतियारलाई पूर्ण क्षमतामा पहिलो पटक प्रहार गरिएको थियो ।

    समारोहमा सैन्य गतिविधिको अभ्यास नहुँदैमा ‘उत्तर कोरिया सैन्य हतियार निर्माणबाट पछि हटेको मान्न नहुने’ इस्लीले बताए ।

    भूउपग्रहको तस्वीरहरुले पुङगी–री आणविक परीक्षण स्थलको सुरुङमा नयाँ गतिविधि हुने देखाएको छ । किम र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१८ मा शिखर वार्ता अघि नै उक्त स्थल ध्वस्त भएको उत्तर कोरियाले जनाएको थियो ।

    दक्षिण कोरियाली अधिकारीहरूले प्योङयाङले अझै पनि सैन्य परेड गर्न वा अप्रिल २५ तारिख वा त्यसको आसपासमा हतियार परीक्षण गर्न सक्ने बताएका छन् । उत्तर कोरियाले अप्रिल २५ लाई कोरियाली जनसेनाको स्थापनाको वार्षिकोत्सवका रूपमा मनाउने गर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑