• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नासाले पहिलोपटक पृथ्वीतर्फ आउन सक्ने खतरनाक क्षुद्रग्रहको दिशा मोड्दै

  • वीरगंज संजाल
  • Dec 1, 2021, 8:12 am
  • ३३६९

    बीबीसी । कुनै दिन पृथ्वीतर्फ आउन सक्ने एउटा खतरनाक एस्टेरोइड अर्थात् क्षुद्रग्रहको दिशा मोड्ने ‘डार्ट मिसन’ नासाले लन्च गरेको छ ।अन्तरिक्षमा तैरिरहेको उक्त विशाल चट्टानलाई पृथ्वीसँग ठोक्किनबाट रोक्न कत्तिको कठिन रहेछ भन्ने यस मिसनले पत्ता लगाउनेछ । पृथ्वीलाई कसरी जोगाउन सकिन्छ भन्नेबारे यसले धेरै कुरा सिकाउने अपेक्षा गरिएको छ ।सौर्य प्रणाली निर्माण हुँदा बाँकी बचेका चट्टानलगायत अंशहरू क्षुद्रग्रह हुन् । अन्तरिक्षको चट्टान सूर्य वरपरको मार्गबाट पृथ्वी घुमिरहेकै समयमा एकै ठाउँ आइपुगेर ठोक्किनु एकदमै दुर्लभ कुरा मानिन्छ । त्यसैले पनि हालका लागि सो क्षुद्रग्रह जोखिमपूर्ण नरहेको तर पछि यसले प्रभाव पार्न सक्ने खतरा कायमै रहेको बताइएको छ ।

    यस प्रकारले क्षुद्रग्रहको मार्ग बदल्ने यो मानव समुदायकै पहिलो प्रयास हुनेछ । यसमा प्रयोग गरिने यान सो चट्टानसँग ठोक्किनेछ र यानको रफ्तारले त्यसको मार्ग कुन स्तरमा बदल्न सक्छ भन्ने पत्ता लगाइनेछ ।अन्तरिक्षमा भएका केही सय मिटर चौडाइका चट्टान पृथ्वीमा ठोक्किने हो भने त्यसले एउटा पूरै महादेशभरि क्षति पुर्‍याउन सक्छ ।फेल्कन ९ रकेटलाई बोकेको उक्त यान बुधबार क्यालिफोर्नियाको स्पेस फोर्स बेसबाट उड्नेछ ।डार्ट मिसनले दुईवटा क्षुद्रग्रहलाई लक्षित गर्नेछ, जो एकार्काको वरपर घुमिरहेका छन् । यसमा यानले सानो चट्टानलाई ठक्कर दिनेछ । त्यो चट्टानलाई ‘डाइमोरफोस’को नाम दिइएको छ ।नासाको ग्रह रक्षा सहकार्य अफिसबाट केली फास्टले भनेका छन्, “डार्टले केबल डाइमोरफोसको मार्गलाई थोरैले मात्र परिवर्तन गर्ने प्रयास गर्नेछ । कुनै पनि क्षुद्रग्रहबारे अगाडि नै थाहा पाइयो भने त्यतिको बदलाव नै हाम्रो ग्रहलाई सुरक्षित राख्न पर्याप्त हुनेछ ।”

    यो डार्ट मिसन ३२ करोड ५० लाख डलरको लागतमा सञ्चालन गरिँदै छ । डाइमोरफोसको आकार १६० मिटर चौडाइ रहेको छ । तर, सानो भए पनि डाइमोरफोसकै आकारको वस्तु जोडसँग फुट्ने हो भने यसले एउटा साधारण आणविक बमभन्दा धेरै गुणा बढी ऊर्जा निकाल्न सक्छ ।यसले घना बस्ती भएको स्थलमा दशौँ हजारको ज्यान लिन सक्छ । त्यस्तै, ३०० मिटर या सोभन्दा ठूलो डाएमिटर भएका क्षुद्रग्रहले पूरै महादेशमा क्षति पु¥याउन सक्छन् । क्षुद्रग्रहको एक किलोमिटरभन्दा ठूलो चौडाइको हुने हो भने त त्यसले विश्वव्यापी प्रभाव पार्नेछ ।पृथ्वीको गुरुत्वाकर्षण छलिसकेपछि डार्टले सूर्यको वरपर आफ्नै पथ निर्धारण गर्नेछ । यसपछि यो पृथ्वीबाट ६७ लाख माइल्स टाढा यात्रा गर्नेछ । त्यहाँ यसको रफ्तार ६.६ किलोमिटर प्रतिसेकेन्ड हुनेछ । यो गतिले कुनै पनि वस्तुको मार्गलाई प्रतिसेकेन्ड एक मिलिमिटरले परिवर्तन गरिदिन सक्छ ।

    त्यसैले डाइमोरफोसको दिशा पनि ठूलो चट्टान (डाइडिमोस)को वरपर केवल एक प्रतिशतले मात्र परिवर्तन हुने प्रक्षेपण गरिएको छ । यो एकदमै सानो दिशा परिवर्तन भए पनि यसले पृथ्वीसँग ठक्कर खान सक्ने पथबाट वस्तुलाई बाहिर मोड्न सक्छ ।नासास्थित यस मिसनका वैज्ञानिक टम स्टेलर भन्छन्, “अन्तरिक्षमा ठूलोभन्दा साना क्षुद्रग्रह धेरै छन् । त्यसैले हामीले भविष्यमा कुनै क्षुद्रग्रहको सामना गर्नु परिहाल्यो भने त्यो यही आकारको हुनेछ भन्ने हाम्रो मान्यता छ ।”सन् २००५ मा नासालाई पृथ्वीनजिकका १४० मिटर चौडाइभन्दा ठूला क्षुद्रग्रह पत्ता लगाउन भनिएको थियो । र, अहिलेसम्म त्यस समूहमा पर्ने कुनै पनि क्षुद्रग्रह पृथ्वीका लागि तत्काल जोखिमपूर्ण नहुने बताइएको छ भने त्यस्ता ४० प्रतिशत वस्तु मात्र फेला परेका छन् ।डार्टले एउटा सानो क्यामरा पनि बोकेको हुनेछ, जसले यानलाई सही दिशामा ठक्कर दिन मद्दत गराउनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑