• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ग्यासभन्दा विद्युतीय चुलोमा पकाउँदा आधा सस्तो

  • वीरगंज संजाल
  • Nov 19, 2021, 11:26 am
  • २३५७

    वीरगन्ज । एलपिजी ग्यासभन्दा बिजुलीले चल्ने इन्डक्सन चुलोमा खाना पकाउँदा ६५ प्रतिशत सस्तो हुने देखिएको छ। तर नियमित रूपमा बिजुली उपलब्ध नहुँदा अझै पनि विद्युतीय चुलोमा सर्वसाधारणको आकर्षण बढ्न सकेको छैन। ग्यासको तुलनामा विद्युतीय चुलोमा खाना पकाउँदा आधा जति सस्तो हुने भए पनि सहरी क्षेत्रमा इन्डक्सन प्रयोग व्यापक हुन सकेको छैन।

    त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका प्राध्यापक तथा ऊर्जाविद् अमृतमान नकर्मी विश्वविद्यालयको एक अध्ययनले ग्यासमा भन्दा विद्युतीय इन्डक्सन चुलोमा खाना पकाउँदा आधाभन्दा धेरै सस्तो पर्ने देखाएको बताउँछन्। ‘पाँच सदस्यको परिवारले ग्यासमा मासिक १६ सय ५० रूपैयाँ खर्च गर्छन्,’ उनले भने, ‘सोही परिवारले विद्युतीय चुलोमा खाना पकाए महिनाको हजार रूपैयाँले पुग्छ।’

    यो विवरण फ्युल इकोनोमिक्स अफ कुकिङ अनुसार निकालिएको हो। पछिल्लो समय विद्युत् नियमन आयोगले सार्वजनिक गरेको नयाँ विद्युत् महसुल दर र नेपाल आयल निगमले गत नोभेम्बर १० मा समायोजन गरेको ग्यासको नयाँ मूल्यबाट यो हिसाब निकालिएको हो।

    प्राध्यापक नकर्मी मट्टीतेलबाट खाना पकाउँदा भने मासिक १९ सय २० रूपैयाँ खर्च हुने बताउँछन्। ‘विद्युतीय चुलोबाट खाना पकाउँदा समयको लागत मात्रै होइन, आर्थिक रूपले पनि धेरै सस्तो पर्ने गर्छ,’ उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणले गुणस्तरीय र भरपर्दो बिजुली उपलब्ध गराए सहरी क्षेत्रका बासिन्दामा विद्युतीय चुलोप्रतिको आकर्षण बढाउन सकिन्थ्यो।’

    प्राध्यापक नकर्मीले विगतको तुलनामा विद्युत् महसुल केही घटेकाले पनि विद्युतीय चुलोमा खाना पकाउँदा ग्यासको आयात कम भएर व्यापार घाटा कम गर्न मदत पुग्ने बताउँछन्।

    विद्युत् प्राधिकरणले विद्युत् खपत बढाउन पर्याप्त मार्केटिङ गर्न नसकेको पनि उनले बताए। ‘प्राधिकरणले विद्युत् खपत बढाउने खालको मार्केटिङ गर्नै सकेको छैन,’ उनले भने, ‘प्राधिकरणको वितरण प्रणाली व्यवस्थित नभएकाले पनि आक्रामक मार्केटिङ गर्न नसकेको हो।’

    विश्वविद्यालयको अध्ययन अनुसार सन् २००० मा मट्टीतेलबाट पाँचजनाको परिवारलाई खाना पकाउँदा मासिक २७० रूपैयाँ लाग्थ्यो। त्यही बेला ग्यासमा पकाउँदा ४३० रूपैयाँ लाग्थ्यो। विद्युतीय चुलोमा पकाउँदा ६८० रूपैयाँ लाग्थ्यो।

    सन् २०१४ मा पाँचजनाको परिवारलाई मट्टीतेलमा खाना पकाउँदा मासिक १७ सय ६० रूपैयाँ लाग्थ्यो। ग्यासमा हजार ८० रूपैयाँ पथ्र्यो। विद्युतीय चुलोमा पकाउँदा ९६० रूपैयाँ पर्न जान्थ्यो। सन् २०१९ मा मट्टीतेलमा पकाउँदा १२ सय ४०,एलपिजी ग्यासमा पकाउँदा १४ सय ५० र विद्युतीय चुलोमा पकाउँदा ११ सय १५ रूपैयाँ पथ्र्यो। नागरिक दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
  • वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?
  • प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    News

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    News

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    News

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑